२०८३ आश्विन १०, शनिबार १९:४०
२०८३ आश्विन १०, शनिबार १९:४०
हेटौंडा। हेटौंडास्थित श्री भुटनदेवी माध्यमिक विद्यालयको अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयनको प्रक्रिया अगाडि बढ्नुका साथै जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्तिसमेत वितरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त भेलामा शिक्षा क्षेत्रका प्रतिनिधि, पत्रकार तथा स्थानीय निकायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले भुटनदेवी स्कुल केवल पुरानो मात्र नभई ठूलो इतिहास बोकेको संस्था भएको बताउनुभयो। देशको समग्र व्यवस्था परिवर्तनमा यस विद्यालयका शिक्षकहरूको अतुलनीय योगदान रहेको स्मरण गराउँदै उहाँले भन्नुभयो, "हामी आज जुन व्यवस्थामा छौँ, त्यसमा यहाँका शिक्षकहरूको ठूलो योगदान…