२०८३ आश्विन १५, बिहीबार ०७:४१
२०८३ आश्विन १५, बिहीबार ०७:४१
हेटौंडा। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आयोजित एक विशेष कार्यक्रमका बीच आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको छ। नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्की र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीबीच मिति २०८३।०६।०५ मा सम्पन्न कार्यसम्पादन करारको आधारमा यो सम्झौता गरिएको हो। बागमती प्रदेश प्रहरी प्रमुख दिपक रेग्मीको उपस्थितिमा प्रदेश मातहतका १५ वटा प्रहरी कार्यालयका प्रमुखहरूसँग भौतिक उपस्थितिमै कार्यसम्पादन सम्झौता सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ताले गत आर्थिक वर्ष २०८२/०८३ मा हासिल गरिएका उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नुभएको थियो। समीक्षा अनुसार शान्ति सुरक्षा तथा प्रहरी कार्यतर्फ एलआरपी (LRP) मा १५ प्रतिशतले…