२०८३ भाद्र २४, बुधबार २०:३७
२०८३ भाद्र २४, बुधबार २०:३७
मकवानपुरगढी। नेकपा एमालेले पार्टीभित्र देखिएको निराशा चिर्दै संगठन पुनर्गठन र जनतासँगको सम्बन्ध पुनः जोड्न मकवानपुरगढीमा ‘मिसन पार्टी जागरण-२०८३’ अभियान तीव्रताका साथ अघि बढाएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र वर्तमान सरकारप्रतिको बढ्दो जनअसंतोषलाई राजनीतिक अवसरका रूपमा लिँदै एमालेले मकवानपुरगढी गाउँपालिकाबाट आफ्नो आन्तरिक सुदृढीकरण र भावी रणनीतिको खाका सार्वजनिक गरेको छ। कार्यक्रममा नेताहरूले विशेष गरी वर्तमान बालेन्द्र सरकारको कार्यशैली र ६ महिने कार्यकालको कडा आलोचना गरेका छन्। नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य एवं मकवानपुरगढीका केन्द्रीय प्रतिनिधि नवीन सिग्देलका अनुसार बालेन्द्र सरकारप्रतिको जनमोहभङ्ग भइसकेको छ। विपत् र संकटका बेला जनताले फेरि पनि एमालेकै नेतृत्व खोजिरहेको दाबी गर्दै उनले पार्टीमाथि लगाइएका सबै भ्रमहरू…