स्वास्थ्य

स्ववियु हेटौंडा क्याम्पसको आयोजनामा निःशुल्क आँखा शिविर: १९० विद्यार्थीले लिए प्रत्यक्ष सेवा

स्ववियु हेटौंडा क्याम्पसको आयोजनामा निःशुल्क आँखा शिविर: १९० विद्यार्थीले लिए प्रत्यक्ष सेवा

हेटौंडा। विद्यार्थीहरूको स्वास्थ्यप्रति संवेदनशीलता दर्शाउँदै हेटौंडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले एक दिवसीय निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। पछिल्लो समय डिजिटल उपकरणहरूको अत्यधिक प्रयोग र निरन्तरको अध्ययनका कारण विद्यार्थीहरूमा आँखासम्बन्धी समस्या बढ्दै गएकाले समयमै स्वास्थ्य सचेतना जगाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो। ​स्ववियु कार्यवाहक अध्यक्ष भरतमोहन देवकोटाको सभाध्यक्षतामा सम्पन्न उक्त शिविरमा क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धर प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला संयोजक नवराज शर्मा तथा क्याम्पस सहायक प्रमुख डा. लीलानाथ ढुंगेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी, अतिथिका रूपमा अनेरास्ववियु हेटौंडा नगर संयोजक रिजन जिसी र नेपाल पत्रकार महासंघ बागमती प्रदेश…
Read More
वृद्धवृद्धालाई मायाको स्पर्श: हेटौंडामा जुम्बा परिवारले मनायो विशेष खुसी

वृद्धवृद्धालाई मायाको स्पर्श: हेटौंडामा जुम्बा परिवारले मनायो विशेष खुसी

हेटौंडा, श्रावण १७ । शारीरिक सुगठन र स्वास्थ्यका लागि सँगै पसिना बगाउने एउटा समूह जब सामाजिक उत्तरदायित्वमा जोडिन्छ, तब समाजमा छुट्टै उत्साह थपिन्छ। यस्तै उदाहरणीय कार्य गर्दै हेटौंडा–९ मा रहेको पशुपतिनगर हेल्थ क्लबले आफ्नो नियमित अभ्यासलाई केवल चौर मात्र सीमित नराखी सेवाको भावमा रूपान्तरण गरेको छ। क्लबमा आबद्ध जुम्बा परिवारका सदस्यहरूले शनिबार हेटौंडा–१५ स्थित दिव्य सेवा निकेतन पुगेर त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरूसँग आत्मियता बाँड्दै विशेष समय बिताएका छन्। ​ज्येष्ठ नागरिकहरूको मुहारमा खुसी ल्याउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा निकेतनमा रहेका वृद्धवृद्धा बुवा-आमाहरूलाई एक छाक भोजन गराइएको थियो। साथै, श्रावण महिनाको विशेष अवसरलाई ध्यानमा राख्दै उपस्थित आमाहरूलाई साउने उपहारस्वरूप चुरा…
Read More
हेटौँडा-४ मा मधुमेहका बिरामी लक्षित निःशुल्क आँखा तथा पर्दा जाँच शिविर सञ्चालन

हेटौँडा-४ मा मधुमेहका बिरामी लक्षित निःशुल्क आँखा तथा पर्दा जाँच शिविर सञ्चालन

हेटौँडा, ६ साउन । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ स्थित मोहन बज्राचार्य आधारभूत स्वास्थ्य केन्द्रमा मधुमेह (डायबिटिज) का बिरामीहरूलाई लक्षित गरी निःशुल्क आँखा तथा पर्दा (रेटिना) जाँच शिविर आयोजना गरिएको छ। हेटौँडा-४ वडा कार्यालयको आयोजना तथा मोहन बज्राचार्य आधारभूत स्वास्थ्य केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको शिविरमा बिहानैदेखि स्थानीय सेवाग्राहीहरूको उपस्थिति रहेको छ। ​विशेषगरी मधुमेह भएका व्यक्तिहरूमा पछि गएर आँखाको पर्दामा गम्भीर समस्या (डायबिटिक रेटिनोप्याथी) देखिने जोखिम रहने भएकाले समयमै त्यसको पहिचान र रोकथाम गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। शिविरमा हेटौँडा सामुदायिक आँखा अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको छ भने 'क्योर ब्लाइन्ड्नेस प्रोजेक्ट' (Cure Blindness Project) को समेत सहयोग रहेको…
Read More
बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,६ सयभन्दा बढी नागरिक लाभान्वित

बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,६ सयभन्दा बढी नागरिक लाभान्वित

मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा, नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सह-आयोजनामा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेष सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको व्यवस्थापनमा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य परीक्षण शिविर शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका वरिष्ठ उपाध्यक्ष ध्रुव भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाईं, टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाका अध्यक्ष ध्रुव प्रसाद अधिकारी लगायतको विशेष…
Read More
सरसफाई र बृक्षरोपणसहित पालुङ जेसीजले वातावरण दिवस मनायो

सरसफाई र बृक्षरोपणसहित पालुङ जेसीजले वातावरण दिवस मनायो

मकवानपुर । ५४ औं बिश्व वातावरण दिवसको अवसरमा पालुङ जेसीज बर्ष २०२६ को आयोजनामा थाहा नगरपालिका वडा नं. ३ स्थित जेसीज सभाहल परिसर सरसफाई गर्नुका साथै बृक्षरोपाण गरिएको छ । पालुङ जेसीज बर्ष २०२६ का अध्यक्ष सञ्जय गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष निरज रायमाझी, महासचिव अञ्जय प्रधान, कोषाध्यक्ष उद्धव बिडारी, कानुनी सल्लाहकार स्मिता बिष्ट लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो । हरेका बर्ष जुन ५ तारिखको दिन संसरभर विश्व वातावरण दिवस माईदै आएको छ । यस वर्ष हाम्रो भविष्य, हाम्रोे जलवायु सबै प्रकृतिवाट प्रेरित छ, भन्ने नाराका साथ वातावरण दिवस मनाईएको हो ।
Read More
वातावरण दिवसको अवसरमा अखिल (क्रान्तिकारी)को बृक्षरोपण तथा सरसफाई

वातावरण दिवसको अवसरमा अखिल (क्रान्तिकारी)को बृक्षरोपण तथा सरसफाई

मकवानपुर । ५४ औँ विश्व वातावरण दिवसको अवसरमाअखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिको आयोजनामा मकवानपुरगढी स्थित शहीद रुद्र पाख्रिन स्मृति पार्क परिसरमा सरसफाई तथा वृक्षरोपण गरिएको छ । अखिल क्रान्तिकारी मकवानपुर संयोजक बुद्धराज अर्यालको अध्यक्षता एवम् नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सरसफाई तथा बक्षरोपण गरिएको हो । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीको बागमती प्रदेस समिति सदस्य विवेक राई, प्रदेस समिति सदस्य हेटौंडा उपमहानगर समिति संयोजक प्रदिप अर्याल, मकवानपुरगढी गाउँपालिका समिति सहसंयोजक राजन दाहाल, हेटौंडा वडा नं. ७ समिति संयोजक बासुदेब कटुवाल लगायत बिद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । पार्क परिसरमा बिभिन्न प्रजातीका फूल र फलफूलको…
Read More
हेटौंडा–८ मा वातावरण संरक्षण अभियान, ३८ समूहद्वारा फोहोर संकलन

हेटौंडा–८ मा वातावरण संरक्षण अभियान, ३८ समूहद्वारा फोहोर संकलन

मकवानपुर। हेटौंडा–८ मा आयोजित “फोहोर खोज चुनौती कार्यक्रम” अन्तर्गत १९ टोल विकास संस्थाका ३८ समूहले सहभागिता जनाउँदै २,२०० केजी अजैविक फोहोर संकलन गरेका छन्। विश्व वातावरण दिवस–२०८३ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको सहयोग, टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। उहाँले वातावरण संरक्षणका लागि समुदायस्तरका यस्ता अभियान प्रभावकारी हुने बताउनुभयो। प्रतियोगितामा कालिका टोल विकास संस्था प्रथम, विकास टोल (समूह A) द्वितीय तथा मनकामना टोल (समूह C) तृतीय भएका छन्। विजेता समूहलाई विश्व वातावरण दिवसको विशेष समारोहमा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
Read More
हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहत राख्न नमिल्ने जिकिर

हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहत राख्न नमिल्ने जिकिर

मकवानपुर । वि.सं. २०१६ सालमा तत्कालीन समयमा केन्द्रीय सरकारको प्रत्यक्ष लगानीमा स्थापाना र सञ्चालन गरिएको सरकारी हेटौंडा अस्पताल रहनुबाहेक संविधान र कानुनविपरीत, संघीय सरकार वा प्रदेश सरकारअन्तर्गत्बाहेक कुनै बहाना, छलछाममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत, स्वामित्व, सञ्चालन, व्यवस्थापनमा राख्न/रहन नमिने जिकिर गरिएको छ । नेपाल सरकारको सरकारी स्वास्थ्य सेवा प्रदान गर्ने हेटौंडा अस्पताललगायत वागमती प्रदेशभरका सरकारी अस्पताललाई प्रतिष्ठान मातहत हुने, प्रतिष्ठानले सञ्चालन गर्ने गरी कुनै पनि प्रदेश ऐन, कानुन, नियम, नियमावली बनाउने, प्रतिष्ठानले सरकारी सम्पत्ति प्रत्यक्ष, अप्रत्यक्ष वा जुनसुकै तवरले प्रतिष्ठानको बनाउने र सञ्चालन गर्ने अधिकार नेपालको संविधान र कुनै संघीय कानुनले प्रदान नगरेको भन्दै उत्प्रेषणयुक्त, परमादेशलगायत अन्य जो…
Read More

जापनिज पर्यटकलाई भीमफेदीमा स्वागत

मकवानपुर । जापानबाट नेपाल भ्रमणका लागि आएका पर्यटकलाई मकवानपुरको भीमफेदीमा स्वागत गरिएको छ । आईतबार प्राथमिक स्वास्थ केन्द्र भीमफेदीका संरक्षक तथा भीमफेदी गाउँपालीकाका अध्यक्ष हिदम लामाको उपस्थितिमा प्राथमिक स्वास्थ केन्द्र भीमफेदी स्वास्थ्य व्यवस्थापन समितिले स्वागत गरेको हो । कार्यक्रममा जापानिज टोलीले केही स्वास्थ्य परीक्षण सामग्री गाउँपालिकाको प्रशासन प्रमुख जीवन कुवंरलाई हस्तान्तरण गरेका थिए । समितिले आगन्तुक पर्यटकलाई सम्मान पत्रद्वारा धन्यवाद ज्ञापन गरेको हो । स्वास्थ्य विकास सहयोग समितिका सदस्य सुरेन्द्र थीकेले सञ्चालन गरेको कार्यक्रममा ऐतिहासिक हात्तीसार मत्स्य संग्राहलय अवलोकन गराइएको थियो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष संजिव श्रेष्ठ, स्वास्थ्य संयोजक रामनान थिङ, प्राथमिक स्वास्थ केन्द्रका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका र राष्ट्रिय स्वतन्त्र…
Read More

हेटौँडामा ३२ जनाले गरे रक्तदान

मकवानपुर । हेटौँडामा शनिबार ३२ जनाले रक्तदान गरेका छन् । भुटनदेवी क्लबको आयोजना र सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्रको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको हो। भुटनदेवी क्लबका अध्यक्ष राजु विष्टको सभाध्यक्षतामा भुटनदेवी मन्दिरको सभाहलमा कार्यक्रम भएको थियो । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाका वडाध्यक्ष फुर्वा दोर्जे तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । क्लबले यसै अवसरमा राष्ट्रिय फुटबल टिममा पर्न सफल मकवानपुरका खेलाडी छिरिङ लामालाई सम्मान समेत गरेको थियोे । कार्यक्रममा सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा बसपार्कका अध्यक्ष प्रदिप कँडेल , जिल्ला खेलकुद विकास समिति मकवानपुरका निवर्तमान अध्यक्ष भेष खड्की, जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामा, राष्ट्रिय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.