नव दृष्टि

नव दृष्टि

358 Posts
हेटौंडा–भीमफेदी–काठमाडौं सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकारको सक्रियता, सडक चौडा गर्नेदेखि प्रहरी चौकी स्थापनासम्मका निर्णय

हेटौंडा–भीमफेदी–काठमाडौं सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकारको सक्रियता, सडक चौडा गर्नेदेखि प्रहरी चौकी स्थापनासम्मका निर्णय

हेटौंडा । हेटौंडा–भीमफेदी–काठमाडौं सडकखण्डमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। २०८३ साल मङ्सिर १ गते मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा बसेको बैठकले सडक पूर्वाधार सुधार, सवारी साधनको प्राविधिक परीक्षण, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन तथा सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय गरेको हो। बैठकमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, प्रदेशसभा सदस्यहरू, प्रदेश सरकारका उच्चपदस्थ अधिकारी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा सम्बन्धित कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले हेटौंडा–भीमफेदी–देउराली सडकखण्डलाई फराकिलो बनाउने तथा आवश्यक स्थानमा सडक पुल निर्माण र व्यवस्थापनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सम्भाव्यता…
Read More
स्व. पवित्रा रेग्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एमाले बागमती प्रदेश संगठन कमिटीद्वारा शोकसभा सम्पन्न

स्व. पवित्रा रेग्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एमाले बागमती प्रदेश संगठन कमिटीद्वारा शोकसभा सम्पन्न

चितवन। नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीको आयोजनामा स्वर्गीय पवित्रा रेग्मीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसभा सम्पन्न भएको छ। कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो। नेपाल सरकारका पूर्व सहसचिव सूर्य शरण रेग्मीकी धर्मपत्नी, नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीअन्तर्गत साहित्य, कला तथा संस्कृति विभागका सचिव क. प्रकाश रेग्मी, प्रभाश रेग्मी र विनु रेग्मीकी ममतामयी माता तथा हितोमी रेग्मीकी सासूआमा स्व. पवित्रा रेग्मीको २०८३ साल कार्तिक २५ गते ७६ वर्षको उमेरमा आकस्मिक मस्तिष्कघातका कारण असामयिक निधन भएको थियो। उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकसभा आयोजना गरिएको हो। कार्यक्रममा नेकपा (एमाले)…
Read More
करको दर होइन, दायरा र उत्पादन बढाएर समृद्धि हासिल गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

करको दर होइन, दायरा र उत्पादन बढाएर समृद्धि हासिल गर्नुपर्छ : मुख्यमन्त्री थापा मगर

हेटौंडा, मंसिर १ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर वृद्धि गरेर मात्र राजस्व संकलन नबढ्ने भन्दै उत्पादन, लगानी र रोजगारी विस्तारमार्फत करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार आन्तरिक राजस्व कार्यालय हेटौंडाले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो। ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने यस वर्षको नारालाई औपचारिकतामा मात्र सीमित नराखी राज्य सञ्चालनको व्यवहारिक आधार बनाउनुपर्ने उहाँको भनाइ थियो। ​मुख्यमन्त्री थापा मगरले नागरिकमाथि अनावश्यक करको भार थोपर्नुभन्दा आर्थिक गतिविधि बढाएर कर तिर्न सक्ने क्षमतावान् नागरिक र…
Read More
हेटौँडा–१५ मा वडास्तरीय स्नुकर च्याम्पियनसिप सुरु, विजेताले ३० हजार पाउने

हेटौँडा–१५ मा वडास्तरीय स्नुकर च्याम्पियनसिप सुरु, विजेताले ३० हजार पाउने

हेटौँडा । गत भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका हेटौँडा–१५ निवासी स्वर्गीय सुमनलाल गोले र रमेश मगरको स्मृतिमा ‘१५ नं. वडास्तरीय स्नुकर च्याम्पियनसिप–२०८३’ सुरु भएको छ। हेटौँडा–१५ खेलकुद विकास समितिको आयोजनामा आज प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो। समितिका अध्यक्ष गोविन्द नेगीको सभाध्यक्षता तथा पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु भएको हो । ​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले विगतमा सहर र राजधानी केन्द्रित हुने खेलकुद प्रतियोगिताहरू पछिल्लो समय गाउँ र वडा तहसम्म विस्तार हुनु सकारात्मक पक्ष रहेको बताउनुभयो । वडाध्यक्ष सुनिल मोक्तानको सक्रियतामा हेटौँडा–१५ मा विभिन्न खेलकुद गतिविधि भइरहेको प्रशंसा गर्दै…
Read More
हेटौँडामा उल्लासपूर्ण वातावरणमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी मनाइयो छठ पर्व

हेटौँडामा उल्लासपूर्ण वातावरणमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी मनाइयो छठ पर्व

हेटौँडा । धार्मिक आस्था, कठोर अनुशासन र आपसी सद्भावको महान पर्व छठ मकवानपुरको हेटौँडामा पनि भव्यताका साथ मनाइएको छ। यस वर्षको छठ पर्वको मुख्य दिन व्रतालुहरूले हेटौँडास्थित राप्ती नदी किनारमा जम्मा भई अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्दै छठी माताको निष्ठापूर्वक पूजा–आराधना गरेका छन्। ​छठ पर्वलाई लक्षित गरेर राप्ती तटमा निर्माण गरिएका घाटहरूलाई άकर्षक रूपमा झिलीमिली पारेर सजाइएको थियो। आइतबार बिहानैदेखि छठघाटहरूमा व्रतालु तथा दर्शनार्थीहरूको बाक्लो चहलपहल देखिएको थियो भने साँझपख सूर्यलाई अर्घ्य दिने समयमा नदी किनारमा श्रद्धावान भक्तजनहरूको उल्लेख्य जनसागर नै उम्रेको थियो। ​व्रतालुहरूले पुरा दिन कठोर निर्जल र निराहार व्रत पालना गरेका थिए। साँझपख बाँसको टोकरी तथा सुपलीमा…
Read More
दिव्य सेवा निकेतनको देउसी भैलोबाट ७ लाख १४ हजार बढी सङ्कलन, स्वास्थ्य कोषमा जम्मा गरिने

दिव्य सेवा निकेतनको देउसी भैलोबाट ७ लाख १४ हजार बढी सङ्कलन, स्वास्थ्य कोषमा जम्मा गरिने

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलले आश्रित वृद्धवृद्धाहरूको स्वास्थ्य उपचार सहयोगार्थ सञ्चालन गरेको सामूहिक देउसी भैलो कार्यक्रम आज भव्यताका साथ समापन भएको छ। आश्रम परिसरमै मकवानपुरका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका अगुवा, जनप्रतिनिधि र आश्रयस्थलका ज्येष्ठ नागरिकहरूसँगै देउसी भैलो खेलेर कार्यक्रमको समापन गरिएको हो। ​हेटौँडा उपमहानगरपालिकाका विभिन्न १३ स्थानमा खेलिएको देउसी भैलो तथा देश–विदेशमा रहेका सहयोगी मनहरूबाट प्राप्त रकमसहित कुल ७ लाख १४ हजार २११ रुपैयाँ सङ्कलन भएको छ। उक्त सङ्कलित रकम ज्येष्ठ नागरिकहरूको दीगो स्वास्थ्य उपचारका लागि स्थापना गरिएको स्वास्थ्य सेवा कोषमा जम्मा गरिने आश्रयस्थलले जनाएको छ। ​यसै सन्दर्भमा दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक…
Read More
सुकुटे–२१ किलो सडक कालोपत्रेलाई बहुवर्षीय योजनामा समेटिने, मन्त्री पौडेलद्वारा स्थलगत अवलोकन

सुकुटे–२१ किलो सडक कालोपत्रेलाई बहुवर्षीय योजनामा समेटिने, मन्त्री पौडेलद्वारा स्थलगत अवलोकन

सिन्धुपाल्चोक, २८ कात्तिक । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले प्रदेश लोकमार्गअन्तर्गत पर्ने सुकुटे–मिलडाँडा–बाघभैरव–वाफल–लिसंखु–घ्याङडाँडा–२१ किलो सडकखण्डको स्तरोन्नति र कालोपत्रेका लागि बहुवर्षीय योजना अगाडि सारिने बताउनुभएको छ। निवर्तमान संघीय सांसद माधव सापकोटा, लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा तथा पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्राविधिकहरूसहित सुनकोसी गाउँपालिका–१ र २ तथा लिसंखुपाखर क्षेत्रको सडक अनुगमन गर्दै मन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाउनुभएको हो। ​अवलोकनका क्रममा मन्त्री पौडेलले यो सडकले स्थानीयको दैनिक आउजाउमा सहजता ल्याउनुका साथै समग्र भेगकै आर्थिक, सामाजिक र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। मुख्य लोकमार्गसँगै ग्रामीण भेगका शाखा बाटाहरूको समेत सुधार गरी स्थानीय कृषि उपज, बजार…
Read More
हेटौंडाबाट पेस्तोल र अटो सहित दुई जना पक्राउ

हेटौंडाबाट पेस्तोल र अटो सहित दुई जना पक्राउ

हेटौंडा, २८ कात्तिक । हेटौंडाबाट अवैध हतियार र अटो सहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुरबाट खटिएको संयुक्त टोलीले जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा सुरक्षा निकायले आवश्यक अनुसन्धान अगाडि बढाइरहेको छ। ​घटना विवरण अनुसार, मिति २०८३ साल कात्तिक २८ गते मध्याह्न अन्दाजी १२:१५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोल क्षेत्रमा सुरक्षा जाँच भइरहेको थियो। सशस्त्र प्रहरी निरीक्षक ऋषिराम पौडेलको कमाण्डमा खटिएको १० जनाको टोली र सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले बागमती प्रदेश ०३-००१ ह ११८१ नम्बरको अटोलाई रोकी जाँच गर्न खोजेको…
Read More
मकवानपुरको चिसपानीगढी ईभी दुर्घटना: चालकसहित १४ जनाको निधन, ६ घाइतेको उपचार र डिस्चार्ज

मकवानपुरको चिसपानीगढी ईभी दुर्घटना: चालकसहित १४ जनाको निधन, ६ घाइतेको उपचार र डिस्चार्ज

मकवानपुरको भिमफेदी गाउँपालिका–६ चिसपानीगढीस्थित सडक खण्डमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा परी चालकसहित १४ जनाको मर्मस्पर्शी निधन भएको छ। काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल खसेर भएको यस भीषण दुर्घटनामा १० जनाको घटनास्थलमै र खोजी तथा उद्धारका क्रममा फेला परेका थप ३ जनाको शव साँझ १८:०० बजे हेटौंडा अस्पताल ल्याई सनाखत गरिएको छ। यससँगै दुर्घटनामा ज्यान गुमाउनेहरूको कुल संख्या १४ पुगेको छ। ​मृत्यु हुनेहरूमा चालक सर्लाहीको कविलासी गाउँपालिका–८ बस्ने ३० वर्षीय रवि शंकर कुमार मण्डल, चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल बस्ने २६ वर्षीय बिकेश यादव, ३५ वर्षीय राकेश यादव, २८ वर्षीय छोटु राय भन्ने राम प्रसाद राय…
Read More
राष्ट्रिय युवा सङ्घ नेपाल मकवानपुरको आयोजनामा एमाले पार्टी कार्यालयमा देउसी भैलो तथा शुभकामना आदानप्रदान सम्पन्न

राष्ट्रिय युवा सङ्घ नेपाल मकवानपुरको आयोजनामा एमाले पार्टी कार्यालयमा देउसी भैलो तथा शुभकामना आदानप्रदान सम्पन्न

मकवानपुर, कार्तिक २४ — नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा राष्ट्रिय युवा सङ्घ नेपाल, मकवानपुरको आयोजनामा देउसी भैलो तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। मौलिक तिहार पर्वको सांस्कृतिक परम्परा जोगाउँदै आपसी सद्भाव साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले पार्टी कार्यालयमा छुट्टै उत्सवको रौनक ल्याएको थियो। ​राष्ट्रिय युवा सङ्घ नेपाल मकवानपुर जिल्ला संयोजक प्रीतम रानाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज रामेश्वोर राना प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले देउसी भैलो खेल्नुका साथै तिहारको शुभकामना साटासाट गरेका थिए। ​उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य महेश बर्तौला, केन्द्रीय लेखा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.