२०८३ भाद्र २६, शुक्रबार १२:५३
२०८३ भाद्र २६, शुक्रबार १२:५३
आँखाभरि आँसु बोकेको एउटा विशाल शोक बनेर बगेको छ। हिजोसम्म जीवन बोकेर हिँडेको पानी, आज कसैको घर, कसैको सपना, कसैको आफ्नै मान्छे बोकेर निर्दयी वेगमा दौडियाे कतै आमाको काख रित्तियाे कतै बाबुको सहारा हरायाे न घर रह्यो, न चुलो बल्याे एउटा भयानक गर्जनभित्र मौन चित्कार दबियाे कतै सुरक्षाकर्मीहरू ज्यानको बाजी थापेर डोरी समाउँदै, छालसँग लड्दै, आफ्नो जीवनभन्दा पर अरूको जीवन खोजिरहेका छन् तर त्यही किनारमा अर्को एउटा दृश्य बाढीले बगाएर ल्याएको लाशलाई हेरेर मन कठोर बनाउनुपर्ने विवशता, र त्यही पानीभित्र बगेका सिलिन्डर र सामान टिप्न तँछाडमछाड गरिरहेका छन्। कस्तो विडम्बना! एउटै त्रिशूली प्रियजन बगेको, घर बगेको अनि सपना बगेको छ—…