२०८३ भाद्र १४, आईतवार १४:२०
२०८३ भाद्र १४, आईतवार १४:२०
हेटौँडा, १४ भदौ । विपत्तिमा परेका नागरिकहरूलाई सहयोग पुर्याउने उद्देश्यले आज हेटौँडाको बुद्धचोकमा एकद्वार प्रणालीमार्फत राहत संकलन कार्यक्रम सञ्चालन भइरहेको छ। 'सम्पूर्ण मकवानपुर परिवार' को आयोजनामा सुरु भएको उक्त कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रकाश गौतमको पनि उपस्थिति रहेको छ। कार्यक्रम स्थलबाट प्राप्त जानकारी अनुसार बाढी तथा विपद् प्रभावित क्षेत्रका नागरिकहरूका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा आर्थिक सहयोग एकीकृत रूपमा संकलन गर्न लागिएको हो। राहत वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सबै सहयोग एकद्वार प्रणालीमार्फत मात्रै संकलन गरिने आयोजकले जनाएको छ। बुद्धचोकमा जारी यो राहत संकलन कार्यक्रम आज साँझ ५ बजेसम्म निरन्तर सञ्चालन हुनेछ। सहयोग गर्न…