२०८३ श्रावण ३०, शनिबार २२:२४
२०८३ श्रावण ३०, शनिबार २२:२४
हेटौंडा । बागमती प्रदेशको सत्ता राजनीतिमा एकाएक नयाँ र नाटकीय फेरबदल आउने संकेत देखिएको छ। आगामी भदौ १ गते सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने गरी सचिवालयलाई पत्राचार गरिसकेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मत विभाजनको प्रक्रियामा नगई पदबाट राजीनामा दिने तयारी गरेका छन्। विश्वासको मत लिनका लागि आवश्यक राजनीतिक जोडघटाउ पूरा नभएपछि उनले मतदान सामना गर्नुको साटो मार्गप्रशस्त गर्ने रणनीति अपनाएका हुन्। यसअघि गत साउन ६ गते सरकारमा सहभागी प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिँदै आफ्ना ६ जना मन्त्रीहरूलाई फिर्ता बोलाएपछि बानियाँ नेतृत्वको सरकार स्पष्ट रूपमा अल्पमतमा परेको थियो। एमाले बाहिरिएपछि नेपाली कांग्रेस…