Breaking News 3

भुटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा तिलक पराजुली सर्वसम्मत चयन

भुटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा तिलक पराजुली सर्वसम्मत चयन

हेटौंडा। हेटौंडास्थित श्री भुटनदेवी माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन भएको छ। विद्यालयमा आयोजित अभिभावक भेला तथा विशेष समारोहका बीच तिलकपराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। लामो इतिहास र शैक्षिक गरिमा बोकेको यस विद्यालयको नेतृत्व हस्तान्तरण प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। ​नवगठित समितिको सदस्यहरूमा हरि श्रेष्ठ, रिना वाइवा, निर्मला पौडेल सापकोटा र सुवाष सिन्तान लामा चयन हुनुभएको छ। विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नवीन सिग्देलको उपस्थितिमा नयाँ नेतृत्वको घोषणा गरिएको थियो। नवचयनित टोलीलाई उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। ​नवनिर्वाचित अध्यक्ष तिलकपराजुली तथा सदस्यहरूले विद्यालयको शैक्षिक गुणस्तर…
Read More
“मुटुलाई धड्किन देऊ”: हेटौँडामा २०५ जनाको निःशुल्क मुटु परीक्षण, ७० जनाको इको र १५० जनाको इसीजी

“मुटुलाई धड्किन देऊ”: हेटौँडामा २०५ जनाको निःशुल्क मुटु परीक्षण, ७० जनाको इको र १५० जनाको इसीजी

हेटौँडा। "मुटुलाई धड्किन देऊ" (Don't Miss a Beat) भन्ने मूल नाराका साथ विश्व मुटु दिवसको अवसरमा हेटौँडामा आयोजित एकदिने निःशुल्क मुटु परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठान, मकवानपुर शाखाको आयोजनामा हेटौँडास्थित श्री भुवनेश्वर पशुपति मन्दिरको सभाहलमा सञ्चालित शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। ​शिविरमा कुल २०५ जना नागरिकले आफ्नो मुटुको स्वास्थ्य परीक्षण गराएका छन्। जसमध्ये जटिल समस्याको पहिचानका लागि ७० जनाको इको (ECHO) र १५० जनाको इसीजी (ECG) परीक्षण गरिएको छ। मुटु सम्बन्धी रोगको समयमै पहिचान गरी रोकथाम गर्ने उद्देश्यका साथ यस वर्षको नारालाई आत्मसाथ गर्दै सर्वसाधारणलाई आफ्नै घरआँगनमा विशेषज्ञ सेवा प्रदान गरिएको हो।…
Read More
हेटौँडामा महिला हिंसा र साइबर अपराधविरुद्ध दुई दिने विशेष प्रशिक्षण कार्यक्रम हुने

हेटौँडामा महिला हिंसा र साइबर अपराधविरुद्ध दुई दिने विशेष प्रशिक्षण कार्यक्रम हुने

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा समाजमा बढ्दै गएको महिला हिंसा तथा साइबर अपराध न्यूनीकरण गर्ने उद्देश्यका साथ विशेष प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ। पछिल्लो समय प्रविधिको दुरुपयोगसँगै बढ्दो महिला हिंसा, साइबर अपराध तथा त्यसले पुर्‍याउने शारीरिक र मानसिक असरलाई सम्बोधन गर्न यो जनचेतनामूलक तथा उत्प्रेरणात्मक कार्यक्रम गर्न लागिएको हो। ​कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समेट्ने गरी व्यापक सहभागिता गराइने भएको छ। हेटौँडा-४ का वडा अध्यक्ष नवीन सिग्देलका अनुसार विभिन्न संघ-संस्था, क्याम्पस तथा विद्यालयका शिक्षक, टोल विकास संस्थाका पदाधिकारी, अभिभावक, विद्यार्थी, युवा तथा महिलाहरूलाई लक्षित गरी प्रशिक्षण दिइनेछ। सहभागीहरूलाई शारीरिक र मानसिक रूपमा सुरक्षित भई साइबर अपराध…
Read More
मकवानपुरमा शारीरिक अपाङ्गता पहिचान तथा घुम्ती स्वास्थ्य शिविर सञ्चालनमा, भोलि चितवनमा हुने

मकवानपुरमा शारीरिक अपाङ्गता पहिचान तथा घुम्ती स्वास्थ्य शिविर सञ्चालनमा, भोलि चितवनमा हुने

हेटौँडा, मकवानपुर । विकलाङ्ग मित्र समूह / अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (HRDC) बनेपा, काभ्रेपलाञ्चोक र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा मकवानपुरमा शारीरिक अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनःस्थापना घुम्ती शिविर सञ्चालन भइरहेको छ। यसअघि तीन जिल्लामा सफलतापूर्वक सम्पन्न भइसकेको यो अभियानअन्तर्गत चौथो जिल्लाका रूपमा आज बिहान ९ बजेदेखि मकवानपुरको हेटौँडा अस्पताल परिसरमा शिविर सुरु भई हाल निरन्तर चलिरहेको छ। ​१८ वर्षसम्मका बालबालिकाहरूलाई लक्षित गरी आयोजना गरिएको यस घुम्ती शिविरमा शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको स्वास्थ्य परीक्षण तथा उपचार परामर्श प्रदान गरिँदै छ। शिविरमा जन्मजात खुट्टाको पैतला भित्र फर्केको (क्लब फुट), आगोले पोलेर अङ्गहरू टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको,…
Read More
हेटौंडा वडा नं. ८ मा सञ्चालित शिविरबाट साढे चार सय बढी स्थानीय लाभान्वित

हेटौंडा वडा नं. ८ मा सञ्चालित शिविरबाट साढे चार सय बढी स्थानीय लाभान्वित

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। टोल विकास संस्था वडा समन्वय समितिको आयोजनामा सञ्चालित सो शिविरबाट कुल ४६० जना स्थानीयवासीले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका छन्। स्थानीय तहमा नै सहज र पहुँचयोग्य स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान रिसर्च सेन्टरमा उक्त कार्यक्रम आयोजना गरिएको हो। ​शिविरमा सर्वसाधारणलाई लक्षित गरी विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा उपचार तथा परामर्श प्रदान गरिएको थियो। जसमा हाडजोर्नी तथा नसा, स्त्री तथा प्रसूति, बालरोग, नाक-कान-घाँटी र दन्तरोग जस्ता जटिल स्वास्थ्य समस्याको विशेष परीक्षण गरिएको थियो। यसका साथै, सामान्य शारीरिक जाँच, विभिन्न प्रकारका प्रयोगशाला परीक्षण (ल्याब…
Read More
सुशासन र विपद् व्यवस्थापनमा बागमती प्रदेशको कडाइ: गुणस्तरहीन काम गर्ने प्राविधिक र कर्मचारीमाथि कारबाही हुने चेतावनी

सुशासन र विपद् व्यवस्थापनमा बागमती प्रदेशको कडाइ: गुणस्तरहीन काम गर्ने प्राविधिक र कर्मचारीमाथि कारबाही हुने चेतावनी

दोलखा, ६ असोज । बागमती प्रदेश सरकारले विकास निर्माणका योजनामा हुने ढिलासुस्ती र गुणस्तरहीन कार्यप्रति शून्य सहनशीलताको नीति लिने घोषणा गरेको छ। जिल्ला समन्वय समिति दोलखाद्वारा आयोजित दुई दिने वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री किरण थापाले उपभोक्ता समिति वा निर्माण व्यवसायी जसले काम गरे पनि गुणस्तरहीन निर्माणको मूल्याङ्कन गर्ने र भुक्तानी दिने प्राविधिक तथा कर्मचारीहरूलाई सोझै कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो। विकासका नाममा हुने अनियमितता रोक्न नागरिक समाज र सञ्चारकर्मीले निगरानी बढाउनुपर्नेमा उहाँको जोड थियो। ​विकासको एकीकृत ढाँचाबारे चर्चा गर्दै मुख्यमन्त्री थापाले तीनै तहका सरकारका आ-आफ्नै क्षेत्राधिकार र जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। प्रदेश सरकारले उपलब्ध बजेटलाई सडक सञ्जालका साथै…
Read More
संविधान दिवसको अवसरमा खेलकुद उत्सव: हेटौंडामा जुनियर तेक्वान्दो प्रतियोगिता सुरु, तीनै तहका सरकारको लगानीमा जोड

संविधान दिवसको अवसरमा खेलकुद उत्सव: हेटौंडामा जुनियर तेक्वान्दो प्रतियोगिता सुरु, तीनै तहका सरकारको लगानीमा जोड

हेटौंडा / संविधान दिवसको राष्ट्रिय उत्सवलाई खेलकुदको माध्यमबाट मनाउँदै हेटौंडामा जुनियर खेलाडीहरूको प्रतिभा पहिचान र विकासका लागि नयाँ पहलमञ्च तयार पारिएको छ। हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता शनिबारदेखि रोयल पार्टी प्यालेसमा भव्य रूपमा सुरु भएको हो। मकवानपुर तेक्वान्दो डोजाङ, हेटौंडा–४ को व्यवस्थापन तथा मकवानपुर जिल्ला तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालित यस प्रतियोगिताले स्थानीय स्तरमा रहेका उदीयमान खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ। ​प्रतियोगितामा जिल्लाभित्रका १४ वटा तेक्वान्दो डोजाङहरूबाट करिब १६० जना जुनियर खेलाडीहरूले सहभागिता जनाएका छन्। सानै उमेरदेखि खेलकुदप्रति रुचि जगाउने, खेलाडीहरूलाई प्रोत्साहन गर्ने र राष्ट्रिय स्तरका खेलाडी उत्पादन…
Read More
पूर्व विद्यार्थीको सराहनीय कदम: हेटौँडा-८ का २०० बालबालिकालाई टिफिन बक्स उपहार

पूर्व विद्यार्थीको सराहनीय कदम: हेटौँडा-८ का २०० बालबालिकालाई टिफिन बक्स उपहार

हेटौँडा, भदौ ३ हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयका प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरूले एक विशेष समारोहका बिच खाजा बक्स (टिफिन बक्स) प्राप्त गरेका छन्। टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा-८ को संयोजन एवं सोही विद्यालयमा अध्ययन गरिसकेका पूर्व विद्यार्थीहरूको आर्थिक तथा भौतिक सहयोगमा २०० जना साना बालबालिकाहरूलाई खाजा बक्स हस्तान्तरण गरिएको हो। ​विद्यार्थीहरूको स्वास्थ्य, खानपानको सुरक्षा र नियमित पठनपाठनलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ विद्यालय परिसरमै यो परोपकारी कार्यक्रम सञ्चालन गरिएको थियो। आफ्नै पुराना विद्यार्थीहरूले देखाएको यो आत्मीयता र सामाजिक उत्तरदायित्वले साना बालबालिकाहरूमा छुट्टै उत्साह थपेको थियो। ​कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा-८ का…
Read More
संविधान दिवसको अवसरमा हेटौंडामा मैत्रीपूर्ण फुटसल: मुख्यमन्त्री टिमलाई हराउँदै प्रमुख सचिव टिम विजयी

संविधान दिवसको अवसरमा हेटौंडामा मैत्रीपूर्ण फुटसल: मुख्यमन्त्री टिमलाई हराउँदै प्रमुख सचिव टिम विजयी

हेटौंडा, १ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को शुभ अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी भएको छ। बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा मुख्यमन्त्री टिम र प्रमुख सचिव टिमबीच सो मैत्रीपूर्ण प्रतिस्पर्धा सम्पन्न भएको हो। ​मुख्यमन्त्री किरण थापाको समेत प्रत्यक्ष सहभागिता रहेको सो रोमाञ्चक खेलमा दुवै पक्षका खेलाडीहरूले उत्कृष्ट खेल कौशल र उच्च खेल भावना प्रदर्शन गरेका थिए। जनप्रतिनिधि र प्रशासनिक उच्च अधिकारीहरू मैदानमा उत्रिएर खेलकुदप्रतिको सामीप्यता दर्साएको यस प्रतिस्पर्धात्मक भिडन्तमा प्रमुख सचिव टिमले मुख्यमन्त्री टिमलाई पराजित गर्दै जित आफ्नो पक्षमा पारेको हो।…
Read More
हेटौँडामा नगरस्तरीय क्रिकेट तथा तेक्वान्दो प्रतियोगिता हुने, तयारी तीव्र

हेटौँडामा नगरस्तरीय क्रिकेट तथा तेक्वान्दो प्रतियोगिता हुने, तयारी तीव्र

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को आयोजनामा ‘नगरस्तरीय क्रिकेट तथा तेक्वान्दो प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। "राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद" भन्ने मूल नाराका साथ स्थानीय स्तरमा प्रतिभाशाली खेलाडीको पहिचान, प्रोत्साहन तथा युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। ​नगरस्तरीय क्रिकेट प्रतियोगिताको व्यवस्थापन नगरस्तरीय क्रिकेट प्रतियोगिता व्यवस्थापन समिति हेटौँडा–४ ले गर्नेछ भने मकवानपुर क्रिकेट संघले प्राविधिक सहयोग पुर्‍याउनेछ। वडागत आधारमा सञ्चालन हुने यस क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीहरू सम्बन्धित वडाको स्थायी बासिन्दा हुनुपर्ने प्रावधान राखिएको छ। प्रतियोगिताको उद्घाटन असोज १० गते बिहान ७:३० बजे लोकतान्त्रिक हुप्रचौरमा हुनेछ। क्रिकेटतर्फ सहभागी हुन चाहने टोलीका लागि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.