२०८३ आश्विन २७, मंगलवार २०:२९
२०८३ आश्विन २७, मंगलवार २०:२९
कैलाश, मकवानपुर। नेपाल कम्युनिस्ट पार्टी (एमाले) कैलाश गाउँ कमिटीको विशेष बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम कैलाशमा सम्पन्न भएको छ। नेकपा एमाले कैलाश गाउँ कमिटीका अध्यक्ष सानुभाई विष्टको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। बडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं बागमती प्रदेश सभा सदस्य भारतीय पाठकको प्रमुख आतिथ्यता एवं नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य राजाराम स्याङ्तान विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य भारती पाठकले सम्बोधन गर्दै विजया दशमी तथा दीपावलीको पावन अवसरमा शुभकामना…