२०८३ आश्विन १६, शुक्रबार १९:४१
२०८३ आश्विन १६, शुक्रबार १९:४१
हेटौँडा । स्थानीय तहमा फुटबल खेलको प्रवर्द्धन तथा खेलकुद गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यका साथ जनप्रवाह कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण शनिबारदेखि हेटौँडामा सञ्चालन हुने भएको छ। जनप्रवाह फुटबल क्लबको आयोजनामा हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रङ्गशालामा आयोजना हुन लागेको यस प्रतियोगितामा कुल १६ वटा टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सञ्जीव अर्यालले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्। उनका अनुसार प्रतियोगिता नकआउट प्रणालीका आधारमा सञ्चालन गरिनेछ। शनिबार हुने बहुप्रतीक्षित उद्घाटन खेलमा भीमफेदी–४ को च्यूरी बगैँचा फुटबल क्लब र हेटौँडा–७ को नागस्वती युथ क्लब आमनेसामने हुनेछन्। प्रतियोगिताको औपचारिक उद्घाटन हेटौँडा उपमहानगरपालिकाका नगर…