२०८३ श्रावण २९, शुक्रबार ०९:३१
२०८३ श्रावण २९, शुक्रबार ०९:३१
हेटौँडा,। बागमती प्रदेशकै आफ्नै विश्वविद्यालयका रूपमा स्थापित बागमती विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि औपचारिक रूपमा पठनपाठन सुरु गरेको छ । विश्वविद्यालयको आंगिक क्याम्पस बनेको हेटौँडा क्याम्पसमा बिहीबार आयोजित एक विशेष समारोहका बीच स्नातक तह प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण गरिएको छ । प्रदेशको एकल अधिकार क्षेत्रभित्र रहेर व्यावसायिक र पेशागत उच्च शिक्षा दिने लक्ष्यसहित स्थापना भएको यस विश्वविद्यालयले पहिलोपटक विद्यार्थीहरूलाई शैक्षिक मार्गनिर्देशन गराएको हो । यस शैक्षिक सत्रदेखि हेटौँडा क्याम्पसमा समयसापेक्ष र बजारको मागअनुसारका प्राविधिक तथा व्यावसायिक विषयहरूको अध्यापन सुरु गरिएको छ । क्याम्पसमा अब स्नातक तहतर्फ बिएड, बिएएलएलबी, बिबिए, बिआइटी र बिएचएम जस्ता महत्वपूर्ण विधाहरू सञ्चालनमा आएका छन्…