२०८३ भाद्र १३, शनिबार २१:०९
२०८३ भाद्र १३, शनिबार २१:०९
काठमाडौँ । सामान्यतया चलचित्र रिलिजको पहिलो दिन निर्माता-कलाकारहरूको ध्यान बक्स अफिसको आँकडा र व्यापारिक नाफा-घाटातर्फ मात्रै केन्द्रित हुने गर्छ। तर, शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पार्वती’ को टोली भने अलि फरक शैली र उद्देश्यका साथ दर्शकसँग साक्षात्कार गरिरहेको छ। अटिजम भएकी एउटा विशेष पात्रको सामाजिक कथावस्तु बोकेको यस चलचित्रले हलभित्र दर्शकलाई भावुक मात्र बनाएको छैन, बाहिर बाढीपहिरो पीडितका लागि राहतको बलियो हातसमेत अघि बढाएको छ। नयाँ चलचित्र प्रदर्शनको उत्साहजनक माहोलका बीच निर्मात्री, निर्देशक तथा मुख्य अभिनेत्री नीता ढुङ्गाना स्वयम् चलचित्रको शीर्ष पात्र 'पार्वती' कै विशेष गेटअपमा सिनेमा हलहरूमा पुगेकी छन्। नीतासँगै चलचित्रका बालकलाकार अशोक दर्जी लगायतका अन्य…