स्व. पवित्रा रेग्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एमाले बागमती प्रदेश संगठन कमिटीद्वारा शोकसभा सम्पन्न

चितवन। नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीको आयोजनामा स्वर्गीय पवित्रा रेग्मीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसभा सम्पन्न भएको छ। कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिव महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो।

नेपाल सरकारका पूर्व सहसचिव सूर्य शरण रेग्मीकी धर्मपत्नी, नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीअन्तर्गत साहित्य, कला तथा संस्कृति विभागका सचिव क. प्रकाश रेग्मी, प्रभाश रेग्मी र विनु रेग्मीकी ममतामयी माता तथा हितोमी रेग्मीकी सासूआमा स्व. पवित्रा रेग्मीको २०८३ साल कार्तिक २५ गते ७६ वर्षको उमेरमा आकस्मिक मस्तिष्कघातका कारण असामयिक निधन भएको थियो। उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकसभा आयोजना गरिएको हो।

कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय कमिटी सदस्यद्वय यमबहादुर परियार र निशा अधिकारी तथा बागमती प्रदेश सभा सदस्य हरि सापकोटाको विशिष्ट आतिथ्यता रहेको थियो।

त्यसैगरी, नेकपा (एमाले) बागमती प्रदेश कमिटीका उपसचिव रमेश आचार्य, प्रदेश कमिटी सदस्यहरू मुकुन्द दाहाल र इन्द्रमान स्याङतान तथा नेकपा (एमाले) चितवन जिल्ला कमिटीका अध्यक्ष कमल पाठकलगायत पार्टीका नेता, कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

शोकसभामा उपस्थित नेता तथा कार्यकर्ताहरूले स्व. पवित्रा रेग्मीको सरल जीवनशैली, आत्मीय व्यवहार, पारिवारिक संस्कार र समाजप्रतिको योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा शोकसन्तप्त रेग्मी परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा पार्टी परिवार शोकाकुल परिवारको साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो।

स्व. पवित्रा रेग्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.