समाचार

हेटौंडामा आयोजना गरियो अन्डर–२० भलिबल प्रतियोगिता, सेमिफाइनल र फाइनल भोलि हुने

हेटौंडामा आयोजना गरियो अन्डर–२० भलिबल प्रतियोगिता, सेमिफाइनल र फाइनल भोलि हुने

हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा आजबाट दुई दिवसीय अन्डर–२० भलिबल प्रतियोगिता सुरु भएको छ। मकवानपुर बेरोजगार युवा संगठनको आयोजनामा सञ्चालन भएको यस प्रतियोगिताले स्थानीय स्तरका युवा खेलाडीहरूको प्रतिभा पहिचान र खेलकुदप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। ​नकआउट प्रणालीका आधारमा खेलाइएको यस प्रतियोगितामा कुल सातवटा युवा टिमहरूको सहभागिता रहेको छ। आयोजकका अनुसार उद्घाटन दिनको पहिलो खेल मयुर धाप र पशुपति भलिबल युवा क्लबका बीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको छ। दुवै टोलीका युवा खेलाडीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै दर्शकहरूलाई रोमाञ्चित बनाएका थिए। ​कार्यक्रमको औपचारिक उद्घाटन समारोह मकवानपुर बेरोजगार युवा संगठनका अध्यक्ष सुरेश बेरोजगारको सभाध्यक्षतामा सम्पन्न…
Read More
हेटौँडामा भोलिदेखि जनप्रवाह कपको दोस्रो संस्करण सुरु हुँदै, १६ टोलीबीच भिडन्त हुने

हेटौँडामा भोलिदेखि जनप्रवाह कपको दोस्रो संस्करण सुरु हुँदै, १६ टोलीबीच भिडन्त हुने

हेटौँडा । स्थानीय तहमा फुटबल खेलको प्रवर्द्धन तथा खेलकुद गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यका साथ जनप्रवाह कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण शनिबारदेखि हेटौँडामा सञ्चालन हुने भएको छ। जनप्रवाह फुटबल क्लबको आयोजनामा हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रङ्गशालामा आयोजना हुन लागेको यस प्रतियोगितामा कुल १६ वटा टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। ​शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सञ्जीव अर्यालले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्। उनका अनुसार प्रतियोगिता नकआउट प्रणालीका आधारमा सञ्चालन गरिनेछ। शनिबार हुने बहुप्रतीक्षित उद्घाटन खेलमा भीमफेदी–४ को च्यूरी बगैँचा फुटबल क्लब र हेटौँडा–७ को नागस्वती युथ क्लब आमनेसामने हुनेछन्। प्रतियोगिताको औपचारिक उद्घाटन हेटौँडा उपमहानगरपालिकाका नगर…
Read More
हेटौँडामा वन विज्ञान अध्ययन संस्थानको ‘फर्स्ट ग्राजुएट कन्फ्रेन्स–२०२६’ सुरु

हेटौँडामा वन विज्ञान अध्ययन संस्थानको ‘फर्स्ट ग्राजुएट कन्फ्रेन्स–२०२६’ सुरु

हेटौँडा, १६ असोज । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसमा 'फर्स्ट ग्राजुएट कन्फ्रेन्स–२०२६' भव्यताका साथ सुरु भएको छ। वन, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापनका विविध आयाममा नवीन अनुसन्धान र विचार आदान–प्रदान गर्ने उद्देश्यका साथ दुई दिवसीय सम्मेलन आयोजना गरिएको हो। क्याम्पस प्रमुख डा. यमबहादुर केसीको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। ​उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री किरण थापा मगरले वन, वातावरण र प्राकृतिक स्रोत व्यवस्थापनको क्षेत्रमा वैज्ञानिक अनुसन्धानको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताउनुभयो। शिक्षा र अनुसन्धानबाट प्राप्त ज्ञानलाई केवल सिद्धान्तमा सीमित नराखी व्यावहारिक क्षेत्रसँग जोड्नुपर्नेमा उहाँको जोड…
Read More
हेटौँडामा नगरस्तरीय टी-२० क्रिकेट प्रतियोगिता सुरु: रेफ्रीलाई ब्याट-बल हस्तान्तरण गरी उद्घाटन

हेटौँडामा नगरस्तरीय टी-२० क्रिकेट प्रतियोगिता सुरु: रेफ्रीलाई ब्याट-बल हस्तान्तरण गरी उद्घाटन

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयको आयोजना तथा मकवानपुर जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा नगरस्तरीय टी-२० क्रिकेट प्रतियोगिता आज शुक्रबारदेखि हेटौँडा-४ स्थित हुप्रचौर खेलमैदानमा औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन समारोहमा नगरस्तरीय क्रिकेट व्यवस्थापन समितिका संयोजक विवेक कार्कीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता एवं हेटौडा उपमहानगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले रेफ्रीलाई संयुक्त रूपमा ब्याट र बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक सुरुवात गर्नुभएको थियो। ​स्थानीय स्तरमा क्रिकेट खेलको विकास, क्षमतावान् खेलाडीको पहिचान र उनीहरूलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउने उद्देश्यले आयोजित यस प्रतियोगितामा हेटौँडा…
Read More
हेटौँडामा नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरु: १६ विद्यालयको सहभागिता

हेटौँडामा नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरु: १६ विद्यालयको सहभागिता

हेटौँडा, असोज १६ — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौँडा उपमहानगरपालिका कमिटीको आयोजनामा आज शुक्रबारदेखि हेटौँडामा भव्य रूपमा 'नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता' सुरु भएको छ। "खेलकुद, अनुशासन र विद्यार्थी एकताको उत्सव!" भन्ने मूल नाराका साथ हेटौँडा-१८ स्थित ज्योति स्कूलको चौरमा बिहान ८ बजेदेखि प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो। ​अनेरास्ववियु हेटौँडा उपमहानगर कमिटीका अध्यक्ष रिजन जिसिको सभाध्यक्षतामा सम्पन्न भएको उक्त उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष अनिल कुमार बानियाँ प्रमुख अतिथि रहेका थिए। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बानियाँले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गरे। साथै उनले युवा तथा विद्यार्थीहरूमाझ यस्ता प्रतियोगिताले…
Read More
मकवानपुरबाट खैरो हिरोइनसहित ६ जना प्रहरी नियन्त्रणमा

मकवानपुरबाट खैरो हिरोइनसहित ६ जना प्रहरी नियन्त्रणमा

​हेटौँडा। जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाईहरूले असोज १४ गते जिल्लाका विभिन्न तीन स्थानबाट अवैध लागुऔषध खैरो हिरोइन, प्रतिबन्धित औषधि, नगद र सवारी साधनसहित ६ जनालाई नियन्त्रणमा लिएका छन्। साँझ करिब ७:१० बजे मनहरी गाउँपालिका–९ रजैयास्थित सार्वजनिक स्थलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले शुद्ध तौल ४ ग्राम ८४ मिलिग्राम खैरो हिरोइनसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिका–१९ का ३० वर्षीय अभिषेक थिङ, २६ वर्षीय आकाश भुलुन र २३ वर्षीय रोहित ढुङ्गाना रहेका छन्। ​दोस्रो घटनामा राति ८:३० बजे हेटौँडा–१ चाइना क्वाटरस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ३३ वर्षीय उमेश थिङको घरबाट…
Read More
अपाङ्गता अधिकार र कानुनसम्बन्धी अभिमुखीकरण सम्पन्न: सामाजिक सोच र व्यवहार परिवर्तनमा मन्त्री सरल सहयात्री पौडेलको जोड

अपाङ्गता अधिकार र कानुनसम्बन्धी अभिमुखीकरण सम्पन्न: सामाजिक सोच र व्यवहार परिवर्तनमा मन्त्री सरल सहयात्री पौडेलको जोड

हेटौँडा, १५ असोज । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, बागमती प्रदेशको आयोजना तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको समन्वयमा "अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून, नीति तथा व्यवस्था" सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ। मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा मकवानपुर जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका राष्ट्रसेवक कर्मचारीहरूसहित सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बिरुवा (गमला) मा पानी हालेर तथा ब्यानर वाचन गरी औपचारिक रूपमा उद्घाटन गरिएको उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष उपेन्द्र श्रेष्ठले गर्नुभएको थियो। ​कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री माननीय सरल सहयात्री पौडेलले समाजमा परापूर्वकालदेखि चल्दै…
Read More
जलवायु वित्त तथा वन शासनमा महिलाको भूमिका सम्बन्धी प्रादेशिक क्षमता अभिवृद्धि कार्यशाला हेटौँडामा सुरु

जलवायु वित्त तथा वन शासनमा महिलाको भूमिका सम्बन्धी प्रादेशिक क्षमता अभिवृद्धि कार्यशाला हेटौँडामा सुरु

हेटौँडा, १५ असोज – "जलवायु वित्त तथा वन शासनमा महिलाको भूमिका, नेतृत्व र अर्थपूर्ण सहभागिता" भन्ने मूल नाराका साथ हेटौँडामा प्रादेशिक क्षमता अभिवृद्धि कार्यशाला आयोजना गरिएको छ। प्राकृतिक स्रोत महिला अधिकार सञ्जाल (WRRN), DGM Nepal लगायतका संस्थाहरूको संयुक्त आयोजना तथा विश्व बैंक (The World Bank) र CIF को सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रमको औपचारिक शुभारम्भ प्रमुख अतिथि एवं बागमती प्रदेश सभा सदस्य माननीय भारती पाठकले बिरुवामा पानी हालेर गर्नुभएको थियो। ​प्राकृतिक स्रोत महिला अधिकार सञ्जाल केन्द्रकी अध्यक्ष आरती पाठकको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन सत्रमा स्वागत मन्तव्य सञ्जालकी उपाध्यक्ष पार्वती नगरकोटीले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा ग्रिन फाउन्डेसन नेपालका अध्यक्ष…
Read More
बागमती प्रदेश प्रहरी कार्यालयद्वारा मातहतका १५ कार्यालय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता सम्पन्न

बागमती प्रदेश प्रहरी कार्यालयद्वारा मातहतका १५ कार्यालय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता सम्पन्न

हेटौंडा। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आयोजित एक विशेष कार्यक्रमका बीच आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको छ। नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्की र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीबीच मिति २०८३।०६।०५ मा सम्पन्न कार्यसम्पादन करारको आधारमा यो सम्झौता गरिएको हो। बागमती प्रदेश प्रहरी प्रमुख दिपक रेग्मीको उपस्थितिमा प्रदेश मातहतका १५ वटा प्रहरी कार्यालयका प्रमुखहरूसँग भौतिक उपस्थितिमै कार्यसम्पादन सम्झौता सम्पन्न भएको हो। ​कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ताले गत आर्थिक वर्ष २०८२/०८३ मा हासिल गरिएका उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नुभएको थियो। समीक्षा अनुसार शान्ति सुरक्षा तथा प्रहरी कार्यतर्फ एलआरपी (LRP) मा १५ प्रतिशतले…
Read More
मकवानपुर कांग्रेसको दुवै प्रतिनिधिसभा क्षेत्रको नतिजा सार्वजनिक: क्षेत्र नं. १ मा सुशान्त र क्षेत्र नं. २ मा रञ्जन विजयी

मकवानपुर कांग्रेसको दुवै प्रतिनिधिसभा क्षेत्रको नतिजा सार्वजनिक: क्षेत्र नं. १ मा सुशान्त र क्षेत्र नं. २ मा रञ्जन विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरका दुवै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। कडा प्रतिस्पर्धाका बिच सम्पन्न मतगणनाअनुसार क्षेत्र नम्बर १ मा सुशान्तकुमार श्रेष्ठ र क्षेत्र नम्बर २ मा रञ्जन कालाखेती क्षेत्रीय सभापति पदमा निर्वाचित हुनुभएको छ। ​मकवानपुर क्षेत्र नम्बर १ को सभापति पदमा सुशान्तकुमार श्रेष्ठ ४७५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। कुल ९९२ मत खसेको यस क्षेत्रमा उहाँका निकटतम प्रतिस्पर्धी उत्सव इटानीले ४४९ मत प्राप्त गर्नुभयो भने अर्का आकांक्षी शिवप्रसाद खतिवडा (राजु) ले ४३ मत ल्याउनुभयो। सो क्षेत्रमा २४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। ​त्यसैगरी, मकवानपुर क्षेत्र नम्बर २ को सभापति पदमा रञ्जन कालाखेती…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.