२०८३ भाद्र १५, सोमबार १९:३८
२०८३ भाद्र १५, सोमबार १९:३८
हेटौँडा । उत्तरी रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको आत्माको चिर शान्ति एवं बेपत्ता र घाइतेहरूको उद्धारका लागि मकवानपुरमा विशेष अध्यात्मिक प्रार्थना कार्यक्रम सम्पन्न भएको छ। हेटौँडामा अवस्थित शिच्छेन ङिङमा गुम्बाको आयोजनामा लामा गुरुहरूबाट बौद्ध परम्परा अनुसार विशेष पूजापाठ, मन्त्र पाठ तथा दीप प्रज्वलन (बत्ती बाल्ने) कार्य गरिएको हो। गुम्बामा आयोजित उक्त प्रार्थना सभामा बाढीमा परी अकालमा ज्यान गुमाएका मृतकहरूको दिवङ्गत आत्माको चिर शान्तिको कामना गरिनुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गरिएको थियो। साथै, अझैसम्म बेपत्ता रहेका नागरिकहरूको सकुशल तथा शीघ्र पत्ता लागोस् भन्ने कामना गर्दै लामा गुरुहरू र उपस्थित श्रद्धालुहरूले श्रद्धापूर्वक दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा…