हेटाैँडा/नेकपा एमाले, मकवानपुर जिल्ला कमिटी र हेटाैँडा उपमहानगरपालिकाकाे अन्तिम लेखा परिक्षण गरिएकाे छ । अन्तिम लेखा परिक्षण गर्नु अघि जिल्ला र नगरका लेखा कमिटीले आन्तरिक लेखापरिक्षण गरेकाे थियाे । केन्द्रीय लेखा आयाेगका सदस्यहरू शान्ति पाख्रिन, नवीन सिग्देल र डिल्लीध्वज बराईलीले अन्तिम लेखा परिक्षण गर्नु भएकाे हाे । लेखा परिक्षण प्रतिवेदन केन्द्रीय लेखा आयाेगले मकवानपुर जिल्ला कमिटीकाे कावा जिल्ला अध्यक्ष हिदम लामा र हेटाैँडा नगरकाे लेखा परिक्षण प्रतिवेदन उपाध्यक्ष राजकुमार बाँस्ताेलालाई हस्तान्तरण गरिएकाे हाे । लेखा परिक्षण प्रतिवेदन हस्तान्तरण गर्दै केन्द्रीय लेखा आयाेगका सदस्य शान्ति पाख्रिनले पार्टी केन्द्रीय लेखा आयाेगले प्रदेश, जिल्ला र पालिका सम्मकाे लेखा परिक्षण गर्ने व्यवस्था रहेकाे बताउनु भयाे । परिक्षणकाे क्रममा लेखाकाे दाेहाेराे लेखा प्रणाली अनुसार व्यवस्थित हरहिसाव राखिएकाे, आम्दानीमा पारदर्शी र खर्च मितव्ययी रहेकाे बताउँदै थप व्यवस्थित बनाउन केही सुझावहरू दिँदै केन्द्रीय लेखा आयाेगकाे तर्फबाट लेखा परिक्षणमा सहयाेग गर्नुहुने सबैलाई आयाेगकाे तर्फबाट धन्यवाद दिनुभयाे ।
मकवानपुर जिल्लामा विगतदेखि नै लेखाकाे नियम अनुसार हरहिसाव व्यवस्थित गर्दै लेखा परिक्षण नियमित गर्दै आईरहेकाे केन्द्रीय लेखा आयाेग सदस्य नवीन सिग्देलले बताउनु भयाे । बाग्मती प्रदेश मातहतकाे १० जिल्लाहरूमा मकवानपुर र पालिकामा हेटाैँडा उपमहानगरबाट लेखा परिक्षण शुरू भएकाे र पहिलाे रहेकाे बताउनु भयाे । उहाँले अन्य जिल्ला र पालिकाहरूमा मंसिर मसान्तसम्म लेखा परिक्षण गरिसक्ने उहाँले जानकारी दिनुभयाे । मकवानपुर जिल्ला कै राजनीति दलमा पार्टीकाे आन्तरीक हरहिसाव व्यवस्थित र पारदर्शी राख्ने पार्टी पहिलाे एमाले भएकाे समेत आयाेगका सदस्य सिग्देलले बताउनु भयाे ।
लेखा परिक्षण प्रतिवेदन हस्तान्तरण केन्द्रीय सदस्य तथा मकवानपुर ईञ्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य महेकुमार बर्ताैला, प्रदेश कमिटी सदस्य बलराम बल, जिल्ला कमिटी र उपहानगरपालिकाकाे पदाधिकारीहरूलगायतकाे उपस्थिति गरिएकाे थियाे । लेखा परिक्षण प्रदेश लेखा कमिटीका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ र प्रदेश कमिटी कार्यालय सचिव घनश्याम श्रेष्ठले लेखा परिक्षणमा प्राविधिक सहयाेग रहेकाे थियाे ।









