२०८३ भाद्र १९, शुक्रबार १४:३८
२०८३ भाद्र १९, शुक्रबार १४:३८
चीनको तिब्बत स्वायत्त क्षेत्रबाट भदौ १० गते आएको विनाशकारी रसुवा भोटेकोसी बाढीले देशका विभिन्न सातभन्दा बढी जिल्लाहरूमा ठूलो धनजनको क्षति पुर्याएपछि मकवानपुरका राजनीतिक दलहरूले दलीय धरातलभन्दा माथि उठेर अनुकरणीय एकता प्रदर्शन गरेका छन्। रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायतका जिल्लाहरूमा परेको मानवीय तथा भौतिक बज्रपातप्रति गम्भीर दुःखी हुँदै दलहरूले राज्यका सम्पूर्ण संयन्त्रलाई समन्वयात्मक, तीव्र र प्रभावकारी खोज, उद्धार तथा राहत कार्यमा जुट्न साझा अपिल गरेका छन्। प्राकृतिक विपदको यस कठिन घडीमा जीवन रक्षा, पुनःस्थापना र राहत पहुँचका लागि दलीय राजनीतिक खिचातानी छाडेर सामूहिक एकता र सहकार्य अपरिहार्य रहेको निष्कर्षमा यहाँका दलहरू पुगेका हुन्। बाढीका कारण बेपत्ता भएकाहरूको सकुशल खोजबिन…