मकवानपुर कांग्रेसको दुवै प्रतिनिधिसभा क्षेत्रको नतिजा सार्वजनिक: क्षेत्र नं. १ मा सुशान्त र क्षेत्र नं. २ मा रञ्जन विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरका दुवै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। कडा प्रतिस्पर्धाका बिच सम्पन्न मतगणनाअनुसार क्षेत्र नम्बर १ मा सुशान्तकुमार श्रेष्ठ र क्षेत्र नम्बर २ मा रञ्जन कालाखेती क्षेत्रीय सभापति पदमा निर्वाचित हुनुभएको छ।

​मकवानपुर क्षेत्र नम्बर १ को सभापति पदमा सुशान्तकुमार श्रेष्ठ ४७५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। कुल ९९२ मत खसेको यस क्षेत्रमा उहाँका निकटतम प्रतिस्पर्धी उत्सव इटानीले ४४९ मत प्राप्त गर्नुभयो भने अर्का आकांक्षी शिवप्रसाद खतिवडा (राजु) ले ४३ मत ल्याउनुभयो। सो क्षेत्रमा २४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

​त्यसैगरी, मकवानपुर क्षेत्र नम्बर २ को सभापति पदमा रञ्जन कालाखेती भारी मतान्तरले निर्वाचित हुनुभएको छ। कुल १३१० मत खसेको सो क्षेत्रमा कालाखेतीले ७३९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी शंकर न्यौपानेले ५२७ मत प्राप्त गर्नुभएको छ। यससँगै मकवानपुर कांग्रेसको दुवै सङ्घीय क्षेत्रीय तहमा नयाँ नेतृत्व चयनको प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.