राजनीति

सहिद परिवारलाई घर उपहार दिएर मकवानपुरमा सुरु भयो राष्ट्रिय जागरण अभियान

सहिद परिवारलाई घर उपहार दिएर मकवानपुरमा सुरु भयो राष्ट्रिय जागरण अभियान

२१ कार्तिक, मकवानपुर। नेपाली कम्युनिस्ट पार्टी मकवानपुरले सहिद परिवारको लागि निर्मित आवास हस्तान्तरण गर्दै राष्ट्रिय जागरण अभियानको सुरुवात गरेको छ। बागमती गाउँपालिका वडा नं. ९, बेतिनीमा आयोजित कार्यक्रममा सहिद तथा बेपत्ता योद्धाद्वय क. निरन्तर र क. अर्जुनको स्मरणमा निर्मित तीन कोठे घर आमा बर्तमाया रखाललाई हस्तान्तरण गरिएको हो। ​कार्यक्रममा बोल्दै पार्टीकी केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मोक्तानले सहिद परिवारलाई घर हस्तान्तरण गरेर अभियानको उद्घाटन गर्दा जागरण अभियानमा सकारात्मक ऊर्जा थपिने बताइन्। त्यसैगरी, केन्द्रीय सदस्य विजय गौतमले सहिदका सपना पूरा गर्ने दिशामा सम्पूर्ण पार्टी पंक्ति क्रियाशील हुनुपर्नेमा जोड दिए। जिल्ला संयोजक ध्रुव भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरू प्रमिला लामा…
Read More
काठमाडौँमा कुलमान घिसिङसँग भेटवार्ता: पार्टी प्रवेशको हल्ला निराधार भएको मेयर र वडा अध्यक्षको दाबी

काठमाडौँमा कुलमान घिसिङसँग भेटवार्ता: पार्टी प्रवेशको हल्ला निराधार भएको मेयर र वडा अध्यक्षको दाबी

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, वडा नम्बर १४ का वडा अध्यक्ष दीपक खड्का र वडा नम्बर १३ का वडा अध्यक्ष पेम्बा लामाले काठमाडौँ पुगेर उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग भेटघाट गर्नुभएको तस्बिर सार्वजनिक भएपछि हेटौँडाको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। वडा अध्यक्ष दीपक खड्काको फेसबुक पेजमार्फत "इमानदारिता, कर्म र राष्ट्रसेवाको अर्को नाम – कुलमान घिसिङ" भन्ने क्याप्सनसहित सार्वजनिक गरिएको उक्त तस्बिरपछि स्थानीय निर्वाचन नजिकिँदै गर्दा जनप्रतिनिधिहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गर्न लागेको भन्दै बजारमा व्यापक चर्चा र टिकाटिप्पणी सुरु भएको छ। ​बजारमा फैलिएको पार्टी प्रवेशको हल्लाबारे ‘नवदृष्टि’ का संवाददाताले जिज्ञासा राख्दा हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले सो…
Read More
नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेश कमिटीको विस्तारित बैठक हेटौंडामा सम्पन्न

नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेश कमिटीको विस्तारित बैठक हेटौंडामा सम्पन्न

हेटौंडा। नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेश कमिटीको विस्तारित बैठक नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कार्यालय हेटौंडामा  सम्पन्न भएको छ। संगठनको सुदृढीकरण तथा आगामी कार्यदिशा तय गर्ने उद्देश्यका साथ आयोजित उक्त बैठकमा बागमती प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधि तथा नेताहरूको सहभागिता रहेको थियो। बैठकमा मुस्लिम समुदायको हक, हित र अधिकारका साथै सांगठनिक सुदृढीकरणका विषयमा गहन छलफल भएको थियो। ​कार्यक्रम नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेश कमिटीका अध्यक्ष मोहम्मद समिम खानको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकको सञ्चालन मोहम्मद साहिलले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका उपमहासचिव जवुल मियाँले संगठनलाई जुझारु र गतिशील बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा…
Read More
नेकपा एमाले कैलाश गाउँ कमिटीको विशेष बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न: “दशैँ-तिहारको बीचमा वडा बैठक सकौँ, जागरण अभियान लिएर गाउँ जाऔँ” – भारती पाठक

नेकपा एमाले कैलाश गाउँ कमिटीको विशेष बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न: “दशैँ-तिहारको बीचमा वडा बैठक सकौँ, जागरण अभियान लिएर गाउँ जाऔँ” – भारती पाठक

कैलाश, मकवानपुर। नेपाल कम्युनिस्ट पार्टी (एमाले) कैलाश गाउँ कमिटीको विशेष बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम कैलाशमा  सम्पन्न भएको छ। नेकपा एमाले कैलाश गाउँ कमिटीका अध्यक्ष सानुभाई विष्टको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। बडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं बागमती प्रदेश सभा सदस्य भारतीय पाठकको प्रमुख आतिथ्यता एवं नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य राजाराम स्याङ्तान विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। ​कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश सभा सदस्य भारती पाठकले सम्बोधन गर्दै विजया दशमी तथा दीपावलीको पावन अवसरमा शुभकामना…
Read More
एमाले स्थायी कमिटी बैठक: स्थानीय तहको अधिवेशन मिति तय, वरिष्ठ नेता भण्डारीद्वारा शपथ ग्रहण

एमाले स्थायी कमिटी बैठक: स्थानीय तहको अधिवेशन मिति तय, वरिष्ठ नेता भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौं, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशनको मिति तय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटीको प्रथम बैठकले वडा र पालिका तहको अधिवेशन मिति निर्धारण गरेको हो। बैठकको सुरुआतमै केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत हुनुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो। ​बैठकले गरेको निर्णय अनुसार आगामी मङ्सिर २६ गते देशभरका वडा कमिटीहरूको अधिवेशन र पुस ४ गते पालिका तहको अधिवेशन सम्पन्न गरिनेछ। अधिवेशनअघि मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गरिने भएको छ, जसमा प्रदेश तथा जिल्लाका पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष…
Read More
मकवानपुर कांग्रेसको दुवै प्रतिनिधिसभा क्षेत्रको नतिजा सार्वजनिक: क्षेत्र नं. १ मा सुशान्त र क्षेत्र नं. २ मा रञ्जन विजयी

मकवानपुर कांग्रेसको दुवै प्रतिनिधिसभा क्षेत्रको नतिजा सार्वजनिक: क्षेत्र नं. १ मा सुशान्त र क्षेत्र नं. २ मा रञ्जन विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरका दुवै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। कडा प्रतिस्पर्धाका बिच सम्पन्न मतगणनाअनुसार क्षेत्र नम्बर १ मा सुशान्तकुमार श्रेष्ठ र क्षेत्र नम्बर २ मा रञ्जन कालाखेती क्षेत्रीय सभापति पदमा निर्वाचित हुनुभएको छ। ​मकवानपुर क्षेत्र नम्बर १ को सभापति पदमा सुशान्तकुमार श्रेष्ठ ४७५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। कुल ९९२ मत खसेको यस क्षेत्रमा उहाँका निकटतम प्रतिस्पर्धी उत्सव इटानीले ४४९ मत प्राप्त गर्नुभयो भने अर्का आकांक्षी शिवप्रसाद खतिवडा (राजु) ले ४३ मत ल्याउनुभयो। सो क्षेत्रमा २४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। ​त्यसैगरी, मकवानपुर क्षेत्र नम्बर २ को सभापति पदमा रञ्जन कालाखेती…
Read More
एमाले मकवानपुर जिल्ला र हेटाैँडा उपमहानगरपालिका कमिटीले गर्याे लेखा परिक्षण लेखा व्यवस्थित र पारदर्शी छ: केन्द्रीय लेखा आयाेग

एमाले मकवानपुर जिल्ला र हेटाैँडा उपमहानगरपालिका कमिटीले गर्याे लेखा परिक्षण लेखा व्यवस्थित र पारदर्शी छ: केन्द्रीय लेखा आयाेग

हेटाैँडा/नेकपा एमाले, मकवानपुर जिल्ला कमिटी र हेटाैँडा उपमहानगरपालिकाकाे अन्तिम लेखा परिक्षण गरिएकाे छ । अन्तिम लेखा परिक्षण गर्नु अघि जिल्ला र नगरका लेखा कमिटीले आन्तरिक लेखापरिक्षण गरेकाे थियाे ।  केन्द्रीय लेखा आयाेगका सदस्यहरू शान्ति पाख्रिन, नवीन सिग्देल र डिल्लीध्वज बराईलीले अन्तिम लेखा परिक्षण गर्नु भएकाे हाे । लेखा परिक्षण प्रतिवेदन केन्द्रीय लेखा आयाेगले मकवानपुर जिल्ला कमिटीकाे कावा जिल्ला अध्यक्ष हिदम लामा र हेटाैँडा नगरकाे लेखा परिक्षण प्रतिवेदन उपाध्यक्ष राजकुमार बाँस्ताेलालाई हस्तान्तरण गरिएकाे हाे । लेखा परिक्षण प्रतिवेदन हस्तान्तरण गर्दै केन्द्रीय लेखा आयाेगका सदस्य शान्ति पाख्रिनले पार्टी केन्द्रीय लेखा आयाेगले प्रदेश, जिल्ला र पालिका सम्मकाे लेखा परिक्षण गर्ने व्यवस्था रहेकाे बताउनु…
Read More
रजैया–मनहरी–लोथर सडक मर्मत गर्न नेकपा (एमाले) को सात दिने अल्टीमेटम, आन्दोलनको चेतावनी

रजैया–मनहरी–लोथर सडक मर्मत गर्न नेकपा (एमाले) को सात दिने अल्टीमेटम, आन्दोलनको चेतावनी

पूर्व–पश्चिम राजमार्गअन्तर्गत परेको रजैया–मनहरी–लोथर सडकखण्डमा दिनप्रतिदिन खाल्डाखुल्डी बढ्दै जाँदा दुर्घटनाको जोखिम उच्च बनेको भन्दै नेकपा (एमाले) मनहरी गाउँपालिका कमिटीले डिभिजन सडक कार्यालय, हेटौंडाको ध्यानाकर्षण गराएको छ। लामो समयदेखि सडकको स्तरोन्नति र मर्मत-सम्भार नहुँदा सर्वसाधारण तथा सवारी चालकहरूले सास्ती व्यहोर्नुपरेको र दैनिकजसो साना-ठूला दुर्घटनाहरू भइरहेको विषयलाई गम्भीरताका साथ उठाउँदै एमालेले तत्काल मर्मत कार्य अघि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो। ​ज्ञापनपत्रमार्फत नेकपा (एमाले) मनहरी पालिका कमिटीले डिभिजन सडक कार्यालयलाई ७ दिनभित्र उक्त सडकखण्डका खाल्डाखुल्डी पुर्ने र मर्मतको काम सुरु गर्न स्पष्ट समयसीमा (अल्टीमेटम) दिएको छ। तोकिएको अवधिभित्र मर्मतको काम सुरु नभएमा जनताको जीउधनको रक्षाका लागि कडा आन्दोलनका कार्यक्रमहरू अघि बढाउन बाध्य…
Read More
मकवानपुर कांग्रेसमा प्रादेशिक नेतृत्व तय: ३ क्षेत्रमा चुनाव, १ मा सर्वसम्मति

मकवानपुर कांग्रेसमा प्रादेशिक नेतृत्व तय: ३ क्षेत्रमा चुनाव, १ मा सर्वसम्मति

हेटौँडा — नेपाली कांग्रेसको १५औँ आवधिक महाधिवेशनको सिलसिलामा मकवानपुरका चारवटै प्रादेशिक निर्वाचन क्षेत्रले नयाँ साङ्गठनिक कमान्डर पाएका छन्। मंगलबार सम्पन्न सांगठनिक भेला तथा मतदान प्रक्रियामार्फत तीनवटा भूगोलमा प्रतिस्पर्धाबाट र एउटामा सहमति जुटाएर प्रदेशसभा कार्यसमिति गठन गरिएको हो। ​प्राप्त नतिजाअनुसार मकवानपुर-१ (क) मा शंकरकुमार पराजुलीले भूमिनन्द गौतमलाई १२० मतान्तरले पछि पार्दै ३७९ मतका साथ विजयी हासिल गर्नुभयो। गौतमको पक्षमा २५९ मत खसेको थियो। यस क्षेत्रको बाँकी पदाधिकारी टोलीमा भने उपसभापति राजेन्द्रराज बानियाँ, सचिव विश्वराज न्यौपाने, सहसचिव बलराम दुलाल र मनमाया लोसहित सदस्यहरू बिनाप्रतिस्पर्धा चयन भएका छन्। यस्तै, मकवानपुर-१ (ख) मा रामहरि तिमल्सिना २१० मतसहित सभापतिमा चुनिनुभयो। उहाँका निकटतम प्रतिस्पर्धी प्रदीप कँडेलले…
Read More
एमाले केन्द्रीय बैठकमा भारती पाठकको जोड: ‘नेतृत्वको संरक्षण गरौँ, जलवायु मुद्दा गाउँ तहसम्म पुर्‍याऔँ’

एमाले केन्द्रीय बैठकमा भारती पाठकको जोड: ‘नेतृत्वको संरक्षण गरौँ, जलवायु मुद्दा गाउँ तहसम्म पुर्‍याऔँ’

नेकपा (एमाले) को ललितपुरमा जारी तेस्रो केन्द्रीय कमिटी बैठकमा पार्टीलाई बलियो बनाउन नेतृत्वको संरक्षण र समसामयिक वातावरणीय मुद्दालाई मुख्य प्राथमिकता दिनुपर्ने आवाज उठेको छ। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस साम्य भई विद्यमान नेतृत्वकै निरन्तरता निश्चित भएको परिप्रेक्ष्यमा बुधबारको बैठकमा केन्द्रीय कमिटी सदस्य भारती पाठकले पार्टीको भावी दिशा, नेतृत्वको भूमिका र नीतिगत स्पष्टताबारे आफ्नो धारणा प्रस्तुत गर्नुभएको हो। ​आफ्नो धारणा राख्ने क्रममा पाठकले पार्टी नेतृत्वको संरक्षण गर्दै संगठनलाई मजबुत बनाउनुपर्नेमा विशेष जोड दिनुभयो। उहाँले एमालेलाई जनताको हरेक सुखदुःखको वास्तविक साथीका रूपमा उभ्याउनुपर्ने बताउँदै नेतृत्व बलियो भए मात्रै पार्टीले आफ्नो जनविश्वास पुन: स्थापित गर्न सक्ने तर्क गर्नुभयो। पार्टीभित्रको आन्तरिक समीकरण र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.