२०८३ कार्तिक २८, शनिबार १४:४४
२०८३ कार्तिक २८, शनिबार १४:४४
हेटौंडा, २८ कात्तिक । हेटौंडाबाट अवैध हतियार र अटो सहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुरबाट खटिएको संयुक्त टोलीले जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा सुरक्षा निकायले आवश्यक अनुसन्धान अगाडि बढाइरहेको छ। घटना विवरण अनुसार, मिति २०८३ साल कात्तिक २८ गते मध्याह्न अन्दाजी १२:१५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोल क्षेत्रमा सुरक्षा जाँच भइरहेको थियो। सशस्त्र प्रहरी निरीक्षक ऋषिराम पौडेलको कमाण्डमा खटिएको १० जनाको टोली र सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले बागमती प्रदेश ०३-००१ ह ११८१ नम्बरको अटोलाई रोकी जाँच गर्न खोजेको…