नवोदयलाई शिक्षक फुटसलको उपाधि, सर्वोत्कृष्ट खेलाडी बने सुनिल मल्ल

हेटौँडा। हेटौडा ५  मा आयोजित जिल्ला स्तरीय पुरुष शिक्षक तथा कर्मचारी फुटसल प्रतियोगिताको उपाधि नवोदय विद्यालयले जितेको छ। रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको फाइनल भिडन्तमा नवोदयले लोटस एकेडेमीलाई ७–३ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो।

​उपाधि भिडन्तमा दुवै टोलीले आक्रामक खेल पस्किए तापनि नवोदयले सुरुवातदेखि नै दबदबा बनाएको थियो। नवोदयका स्ट्राइकरहरूले पाएका अवसरलाई गोलमा परिणत गर्दै टोलीलाई फराकिलो जित दिलाए भने लोटस एकेडेमीले ३ गोल फर्काए पनि हार टार्न सकेन।

​प्रतियोगिताभर उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष विधाबाट पुरस्कृत गरिएको छ। नवोदयका तक्षक सिमखडा प्रतियोगितामा सर्वाधिक गोलकर्ता (हाई स्कोरर) बने। त्यसैगरी, उत्कृष्ट बचाउ गर्दै टोलीको जितमा महत्त्वपूर्ण भूमिका खेलेका असिम थापा ‘उत्कृष्ट गोलरक्षक’ (बेस्ट किपर) घोषित भए।

​समग्र प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीलाई च्याम्पियन बनाउन निर्णायक भूमिका खेलेका सुनिल मल्ल प्रतियोगिताकै ‘उत्कृष्ट खेलाडी’ (प्लेयर अफ द टुर्नामेन्ट) चुनिए। विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.