समाचार

राष्ट्रिय युवा सङ्घ नेपाल मकवानपुरको आयोजनामा एमाले पार्टी कार्यालयमा देउसी भैलो तथा शुभकामना आदानप्रदान सम्पन्न

राष्ट्रिय युवा सङ्घ नेपाल मकवानपुरको आयोजनामा एमाले पार्टी कार्यालयमा देउसी भैलो तथा शुभकामना आदानप्रदान सम्पन्न

मकवानपुर, कार्तिक २४ — नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा राष्ट्रिय युवा सङ्घ नेपाल, मकवानपुरको आयोजनामा देउसी भैलो तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। मौलिक तिहार पर्वको सांस्कृतिक परम्परा जोगाउँदै आपसी सद्भाव साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले पार्टी कार्यालयमा छुट्टै उत्सवको रौनक ल्याएको थियो। ​राष्ट्रिय युवा सङ्घ नेपाल मकवानपुर जिल्ला संयोजक प्रीतम रानाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज रामेश्वोर राना प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले देउसी भैलो खेल्नुका साथै तिहारको शुभकामना साटासाट गरेका थिए। ​उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य महेश बर्तौला, केन्द्रीय लेखा…
Read More
“नेपाल संवत नेवारीहरूको मात्रै होइन, सम्पूर्ण नेपालीहरूको मौलिक संवत हो”: पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ

“नेपाल संवत नेवारीहरूको मात्रै होइन, सम्पूर्ण नेपालीहरूको मौलिक संवत हो”: पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ

हेटौँडा-८, देवनगर टोल विकास संस्थाको आयोजनामा नेपाल संवत ११४७ को शुभ अवसरमा 'नेपाल संवत ११४७ भिन्तुना कार्यक्रम' भव्यताका साथ सम्पन्न भएको छ। देवनगर टोल विकास संस्था, हेटौँडा-८ का अध्यक्ष मदन देउलाको सभाअध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री एकालाल श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा-८ का अध्यक्ष कुमार केसी, नव दृष्टि सञ्चारकर्मी गोकर्ण तिवारी, टोल विकास वडा समन्वय समिति हेटौँडा-८ का उपाध्यक्ष भानु गौतम, नेपाली कांग्रेस ८ नम्बर वडाका सभापति लक्ष्मि श्रेष्ठ तथा राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा-८ का प्रतिनिधि हरि कोइरालालगायत अतिथिहरूको उपस्थिति रहेको थियो। ​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख…
Read More
कुकुर तिहार किन मनाइन्छ ? धार्मिक, पौराणिक र व्यावहारिक महत्त्व

कुकुर तिहार किन मनाइन्छ ? धार्मिक, पौराणिक र व्यावहारिक महत्त्व

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन हर्षोल्लासका साथ कुकुर तिहार मनाइन्छ। यस दिन मानिसको बफादार साथी मानिने कुकुरलाई मीठा-मीठा खानेकुरा खुवाएर, टीका लगाई र फूलको माला पहिराएर विशेष सम्मान एवं पूजा गरिन्छ। हिन्दु धर्ममा कुकुरलाई केवल घरपालुवा जनावर मात्र नभई मृत्युका देवता यमराजको दूत र धर्म, निष्ठा तथा सुरक्षाको प्रतीकका रूपमा लिइन्छ। यस दिन कसैले पनि कुकुरप्रति अनादरपूर्ण व्यवहार गर्नु पाप मानिने शास्त्रीय एवं सांस्कृतिक मान्यता रहिआएको छ। ​कुकुर तिहार मनाउनुका पछाडि थुप्रै पौराणिक तथा धार्मिक कारणहरू जोडिएका छन्। पण्डित नारायणप्रसाद दुलालका अनुसार शास्त्रमा कुकुरलाई विधिवत् पूजा गर्ने भनեभनिए तापनि ‘स्वानबलि’ अर्थात् कुकुरलाई मन पर्ने खानेकुरा…
Read More
तिहार तथा छठको अवसरमा मामाघर नेपाललाई हेटौंडा-११ काङ्ग्रेसको सहयोग

तिहार तथा छठको अवसरमा मामाघर नेपाललाई हेटौंडा-११ काङ्ग्रेसको सहयोग

नेपाली काङ्ग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ समितिले मामाघर नेपालमा रहेका बालबालिकाहरूलाई खाद्यान्न तथा आर्थिक सहयोग हस्तान्तरण गरेको छ। तिहार तथा छठ पर्वको अवसरमा डाङ्डुङ्गेस्थित सडक बालबालिकाको संरक्षण गर्दै आएको उक्त संस्थामा पुगी काङ्ग्रेस वडा समितिले शुभकामना आदानप्रदानसहित सहयोग सामग्री उपलब्ध गराएको हो। ​काङ्ग्रेस वडा सभापति विकास नेपालको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा समितिका ६० जना सदस्यहरूको सहभागिता रहेको जानकारी गराइएको छ। ​वडा समितिले संस्थामा संरक्षित बालबालिकाहरूका लागि आवश्यक खाद्यान्न, सरसफाइका सामान र नगदसहित जम्मा २१ हजार ८ सय १० रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको छ। ​सहयोग…
Read More
प्रेस चौतारी मकवानपुरको शुभकामना आदानप्रदान: प्रेस स्वतन्त्रता र अधिकार हननप्रति वक्ताहरूको गम्भीर चिन्ता

प्रेस चौतारी मकवानपुरको शुभकामना आदानप्रदान: प्रेस स्वतन्त्रता र अधिकार हननप्रति वक्ताहरूको गम्भीर चिन्ता

हेटौंडा, २१ कात्तिक (२०८३) – प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा शनिबार हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा चाडपर्व लक्षित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। प्रेस चौतारी मकवानपुरका अध्यक्ष सरिता दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा बागमती प्रदेश प्रमुख माननीय दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्य तथा बागमती प्रदेशकी प्रथम महिला रुक्मणी देवकोटाको विशेष आतिथ्य रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य संस्थाका सहसचिव सुमन दाहालले राख्नुभएको थियो भने कार्यक्रममा जनप्रतिनिधि, पत्रकार महासंघ तथा विभिन्न प्रेस संगठनका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। ​कार्यक्रमका अवसरमा बोल्ने अधिकांश वक्ताहरूले वर्तमान समयमा नेपालमा प्रेस अधिकार कुण्ठित हुने खतरा बढेको र मुलुक निरंकुशतातर्फ उन्मुख हुन खोज्दा…
Read More
सहिद परिवारलाई घर उपहार दिएर मकवानपुरमा सुरु भयो राष्ट्रिय जागरण अभियान

सहिद परिवारलाई घर उपहार दिएर मकवानपुरमा सुरु भयो राष्ट्रिय जागरण अभियान

२१ कार्तिक, मकवानपुर। नेपाली कम्युनिस्ट पार्टी मकवानपुरले सहिद परिवारको लागि निर्मित आवास हस्तान्तरण गर्दै राष्ट्रिय जागरण अभियानको सुरुवात गरेको छ। बागमती गाउँपालिका वडा नं. ९, बेतिनीमा आयोजित कार्यक्रममा सहिद तथा बेपत्ता योद्धाद्वय क. निरन्तर र क. अर्जुनको स्मरणमा निर्मित तीन कोठे घर आमा बर्तमाया रखाललाई हस्तान्तरण गरिएको हो। ​कार्यक्रममा बोल्दै पार्टीकी केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मोक्तानले सहिद परिवारलाई घर हस्तान्तरण गरेर अभियानको उद्घाटन गर्दा जागरण अभियानमा सकारात्मक ऊर्जा थपिने बताइन्। त्यसैगरी, केन्द्रीय सदस्य विजय गौतमले सहिदका सपना पूरा गर्ने दिशामा सम्पूर्ण पार्टी पंक्ति क्रियाशील हुनुपर्नेमा जोड दिए। जिल्ला संयोजक ध्रुव भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरू प्रमिला लामा…
Read More
प्रेस युनियन मकवानपुरद्वारा ५० हजारको ‘सीतादेवी स्मृति सम्मान’ शिवाकोटीलाई प्रदान

प्रेस युनियन मकवानपुरद्वारा ५० हजारको ‘सीतादेवी स्मृति सम्मान’ शिवाकोटीलाई प्रदान

मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरद्वारा स्थापित जिल्लाकै सर्वाधिक राशीको पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी सुदीप शिवाकोटी सम्मानित हुनुभएको छ। शुभदीपावलीको पावन अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान तथा विशेष समारोहका बीच शिवाकोटीलाई नगद रु. ५० हजारसहित ‘स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता सम्मान–२०८३’ प्रदान गरिएको हो। ​नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल हुनुहुन्थ्यो। समारोहमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाल तथा पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट लगायतका अतिथिहरूको सहभागिता रहेको थियो। अतिथिवृन्दले…
Read More
मुक्तिनाथ भगवान्‌को दिव्य रथयात्रा हेटौँडामा, धार्मिक सङ्घसंस्था र नगरवासीद्वारा स्वागत

मुक्तिनाथ भगवान्‌को दिव्य रथयात्रा हेटौँडामा, धार्मिक सङ्घसंस्था र नगरवासीद्वारा स्वागत

हेटौँडा । श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीका पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथबाबा)को संकल्पमा सञ्चालित मेची–महाकाली मुक्तिनाथ भगवान्‌को दिव्य रथयात्रा आज हेटौँडा आइपुगेको छ। मकवानपुरको प्रवेशद्वार चुरियामाईबाट हेटौँडा भित्रिएको रथयात्रालाई स्थानीय धार्मिक सङ्घसंस्था, समाजसेवी तथा आम नगरवासीहरूले अत्यन्त उत्साह र श्रद्धाका साथ स्वागत गरेका छन्। ​रथयात्रा हेटौँडा प्रवेश गरेसँगै आयोजना गरिएको मोटरसाइकल र्‍याली र झाँकीसहितको टोलीले रथलाई गोरक्षेश्वर धामसम्म पुर्‍याएको थियो। हेटौँडाको रानीदरबार अगाडिबाट सुरु भएको नगर परिक्रमामा भक्तजनहरूको सहभागिता रहेको थियो। बजार परिक्रमाका क्रममा नगरका विभिन्न स्थानमा सर्वसाधारणले मुक्तिनाथ भगवान्‌को पूजा-आराधना र दर्शन गरेका थिए। ​स्वागत कार्यक्रममा सांस्कृतिक वेद विद्यालयका बटुकहरूले वैदिक मन्त्रोच्चारण र मङ्गल धुन बजाएर वातावरणलाई पूर्ण रूपमा…
Read More
प्रेस युनियन मकवानपुरको सर्वाधिक राशीको पुरस्कार पत्रकार सुदीप शिवाकोटीलाई

प्रेस युनियन मकवानपुरको सर्वाधिक राशीको पुरस्कार पत्रकार सुदीप शिवाकोटीलाई

हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सर्वाधिक राशीको पत्रकारिता पुरस्कार पत्रकार सुदीप शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ। युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको अध्यक्षतामा बुधबार बसेको कार्यसमिति बैठकले ५० हजार रुपैयाँ नगद राशीको ‘स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता सम्मान–२०८३’ शिवाकोटीलाई समर्पण गर्ने सर्वसम्मत निर्णय गरेको हो। ​उक्त पुरस्कारको स्थापनाका लागि गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय संघ (एनआरएनए) का केन्द्रीय संस्थापक सचिव एवम् हाल बेलायत (यूके) निवासी चिरञ्जीवी ढकालले आर्थिक सहयोग गर्नुभएको हो। मकवानपुरको पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले युनियनले यो अक्षयकोष तथा पुरस्कारको स्थापना गरेको हो। ​पुरस्कार प्राप्त गर्न लाग्नुभएका शिवाकोटी लामो समयदेखि सञ्चार क्षेत्रमा निरन्तर…
Read More
काठमाडौँमा कुलमान घिसिङसँग भेटवार्ता: पार्टी प्रवेशको हल्ला निराधार भएको मेयर र वडा अध्यक्षको दाबी

काठमाडौँमा कुलमान घिसिङसँग भेटवार्ता: पार्टी प्रवेशको हल्ला निराधार भएको मेयर र वडा अध्यक्षको दाबी

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, वडा नम्बर १४ का वडा अध्यक्ष दीपक खड्का र वडा नम्बर १३ का वडा अध्यक्ष पेम्बा लामाले काठमाडौँ पुगेर उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग भेटघाट गर्नुभएको तस्बिर सार्वजनिक भएपछि हेटौँडाको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। वडा अध्यक्ष दीपक खड्काको फेसबुक पेजमार्फत "इमानदारिता, कर्म र राष्ट्रसेवाको अर्को नाम – कुलमान घिसिङ" भन्ने क्याप्सनसहित सार्वजनिक गरिएको उक्त तस्बिरपछि स्थानीय निर्वाचन नजिकिँदै गर्दा जनप्रतिनिधिहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गर्न लागेको भन्दै बजारमा व्यापक चर्चा र टिकाटिप्पणी सुरु भएको छ। ​बजारमा फैलिएको पार्टी प्रवेशको हल्लाबारे ‘नवदृष्टि’ का संवाददाताले जिज्ञासा राख्दा हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले सो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.