सहिद परिवारलाई घर उपहार दिएर मकवानपुरमा सुरु भयो राष्ट्रिय जागरण अभियान

२१ कार्तिक, मकवानपुर।

नेपाली कम्युनिस्ट पार्टी मकवानपुरले सहिद परिवारको लागि निर्मित आवास हस्तान्तरण गर्दै राष्ट्रिय जागरण अभियानको सुरुवात गरेको छ। बागमती गाउँपालिका वडा नं. ९, बेतिनीमा आयोजित कार्यक्रममा सहिद तथा बेपत्ता योद्धाद्वय क. निरन्तर र क. अर्जुनको स्मरणमा निर्मित तीन कोठे घर आमा बर्तमाया रखाललाई हस्तान्तरण गरिएको हो।

​कार्यक्रममा बोल्दै पार्टीकी केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मोक्तानले सहिद परिवारलाई घर हस्तान्तरण गरेर अभियानको उद्घाटन गर्दा जागरण अभियानमा सकारात्मक ऊर्जा थपिने बताइन्। त्यसैगरी, केन्द्रीय सदस्य विजय गौतमले सहिदका सपना पूरा गर्ने दिशामा सम्पूर्ण पार्टी पंक्ति क्रियाशील हुनुपर्नेमा जोड दिए। जिल्ला संयोजक ध्रुव भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरू प्रमिला लामा पुलामी, सर्केश घलान र बागमती पार्टी इन्चार्ज ज्ञानसागर लामा लगायतले पनि सम्बोधन गरेका थिए।

​उक्त आवास निर्माणका लागि मकवानपुरका करिब ११ हजार पार्टी सदस्यहरूले एक महिनाको लेवी बराबरको आर्थिक सहयोग र श्रमदान गरेका थिए। यसका साथै स्थानीय शुभेच्छुक तथा सहयोगीहरूबाट पनि नगद तथा जिन्सी सहयोग प्राप्त भएको बागमती पार्टी संयोजक अरुण बलले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.