प्रेस युनियन मकवानपुरको सर्वाधिक राशीको पुरस्कार पत्रकार सुदीप शिवाकोटीलाई

हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सर्वाधिक राशीको पत्रकारिता पुरस्कार पत्रकार सुदीप शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ। युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको अध्यक्षतामा बुधबार बसेको कार्यसमिति बैठकले ५० हजार रुपैयाँ नगद राशीको ‘स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता सम्मान–२०८३’ शिवाकोटीलाई समर्पण गर्ने सर्वसम्मत निर्णय गरेको हो।

​उक्त पुरस्कारको स्थापनाका लागि गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय संघ (एनआरएनए) का केन्द्रीय संस्थापक सचिव एवम् हाल बेलायत (यूके) निवासी चिरञ्जीवी ढकालले आर्थिक सहयोग गर्नुभएको हो। मकवानपुरको पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले युनियनले यो अक्षयकोष तथा पुरस्कारको स्थापना गरेको हो।

​पुरस्कार प्राप्त गर्न लाग्नुभएका शिवाकोटी लामो समयदेखि सञ्चार क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। उहाँ नेपाल प्रेस युनियन मकवानपुरका सदस्यका साथै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्व सदस्य एवम् मकवानपुर शाखाका पूर्व कोषाध्यक्ष समेत हुनुहुन्छ। हाल उहाँ कान्तिपुर मिडिया ग्रुपका अमेरिका संवाददाताका रूपमा कार्यरत रहनुभएको छ।

​सम्मानित व्यक्तित्व शिवाकोटीलाई आगामी शुक्रबार शुभ दीपावलीको पावन अवसरमा आयोजना गरिन लागिएको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमका बीच उक्त पुरस्कार औपचारिक रूपमा हस्तान्तरण गरिने प्रेस युनियन मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.