राष्ट्रिय युवा सङ्घ नेपाल मकवानपुरको आयोजनामा एमाले पार्टी कार्यालयमा देउसी भैलो तथा शुभकामना आदानप्रदान सम्पन्न

मकवानपुर, कार्तिक २४ — नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा राष्ट्रिय युवा सङ्घ नेपाल, मकवानपुरको आयोजनामा देउसी भैलो तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। मौलिक तिहार पर्वको सांस्कृतिक परम्परा जोगाउँदै आपसी सद्भाव साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले पार्टी कार्यालयमा छुट्टै उत्सवको रौनक ल्याएको थियो।

​राष्ट्रिय युवा सङ्घ नेपाल मकवानपुर जिल्ला संयोजक प्रीतम रानाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज रामेश्वोर राना प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले देउसी भैलो खेल्नुका साथै तिहारको शुभकामना साटासाट गरेका थिए।

​उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य महेश बर्तौला, केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देल, मकवानपुर जिल्ला कमिटी सचिव सीता बिष्ट र उपसचिव आरती पाठकको विशेष आतिथ्यता रहेको थियो। त्यसैगरी नेताहरू मदन दाहाल, पार्वती राना, जुना दाहाल, जिल्ला कमिटी सदस्यहरू नरेन्द्र भण्डारी, गोकर्ण तिवारी, प्रतिमा श्रेष्ठ, राजकुमार तिमल्सिना, राष्ट्रिय युवा सङ्घ नेपालका निवर्तमान अध्यक्ष राजेश नगरकोटी तथा नगर कमिटी सचिव शान्ता गौतम, लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

​सांस्कृतिक परम्पराको संरक्षण र युवा माझ एकताको सन्देश दिने उद्देश्यले युवा सङ्घले आयोजना गरेको यस देउसी भैलो कार्यक्रमले नेता तथा कार्यकर्ताहरूबीचको आत्मीयता र सम्बन्ध अझ प्रगाढ बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रममार्फत पर्वको खुशी साटासाट गर्नुका साथै पार्टीको संगठनात्मक सुदृढीकरणमा एकजुट भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.