तिहार तथा छठको अवसरमा मामाघर नेपाललाई हेटौंडा-११ काङ्ग्रेसको सहयोग

नेपाली काङ्ग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ समितिले मामाघर नेपालमा रहेका बालबालिकाहरूलाई खाद्यान्न तथा आर्थिक सहयोग हस्तान्तरण गरेको छ। तिहार तथा छठ पर्वको अवसरमा डाङ्डुङ्गेस्थित सडक बालबालिकाको संरक्षण गर्दै आएको उक्त संस्थामा पुगी काङ्ग्रेस वडा समितिले शुभकामना आदानप्रदानसहित सहयोग सामग्री उपलब्ध गराएको हो।

​काङ्ग्रेस वडा सभापति विकास नेपालको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा समितिका ६० जना सदस्यहरूको सहभागिता रहेको जानकारी गराइएको छ।

​वडा समितिले संस्थामा संरक्षित बालबालिकाहरूका लागि आवश्यक खाद्यान्न, सरसफाइका सामान र नगदसहित जम्मा २१ हजार ८ सय १० रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको छ।

​सहयोग प्राप्त गरेपछि मामाघर नेपाल मकवानपुरले काङ्ग्रेस ११ नम्बर वडा समितिलाई धन्यवाद ज्ञापन गर्दै निरन्तरको सहयोगका लागि आभार व्यक्त गरेको छ। साथै संस्थाका तर्फबाट तिहार तथा छठ पर्वको शुभकामना समेत आदानप्रदान गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.