२०८३ आश्विन ७, बुधबार २०:५१
२०८३ आश्विन ७, बुधबार २०:५१
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। टोल विकास संस्था वडा समन्वय समितिको आयोजनामा सञ्चालित सो शिविरबाट कुल ४६० जना स्थानीयवासीले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका छन्। स्थानीय तहमा नै सहज र पहुँचयोग्य स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान रिसर्च सेन्टरमा उक्त कार्यक्रम आयोजना गरिएको हो। शिविरमा सर्वसाधारणलाई लक्षित गरी विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा उपचार तथा परामर्श प्रदान गरिएको थियो। जसमा हाडजोर्नी तथा नसा, स्त्री तथा प्रसूति, बालरोग, नाक-कान-घाँटी र दन्तरोग जस्ता जटिल स्वास्थ्य समस्याको विशेष परीक्षण गरिएको थियो। यसका साथै, सामान्य शारीरिक जाँच, विभिन्न प्रकारका प्रयोगशाला परीक्षण (ल्याब…