२०८३ भाद्र २५, बिहीबार २०:०६
२०८३ भाद्र २५, बिहीबार २०:०६
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बिनाशकारी बाढीले घरबारविहीन बनाएका नागरिकका लागि हेटौंडाका स्थानीय बासिन्दाले गास काटेर पठाएको सानो-सानो सहयोग एकत्रित हुँदा ठूलो सहारा बनेको छ। विपद्मा परेका सुदूरका छिमेकीलाई सघाउन हेटौंडाका टोल-टोलमा पुगेर सङ्कलन गरिएको रकमले दूरदराजका बाढीपीडितको उद्धार र पुनर्स्थापनामा नयाँ आशा थपेको छ। कुनै ठूला संस्था वा कर्पोरेट हाउसको सामाजिक उत्तरदायित्व कोषबाट नभई, सर्वसाधारण नागरिकका घरदैलोबाट संकलित १९ लाख रुपैयाँ बराबरको सहयोगले विपद् व्यवस्थापनमा स्थानीय समुदायको शक्ति उजागर गरिदिएको छ। हेटौंडाका विभिन्न टोल विकास संस्थाहरूले नगर समन्वय समितिमार्फत सञ्चालन गरेको घरदैलो अभियानबाट कूल १८ लाख ८६ हजार ६०४ रुपैयाँ रकम जम्मा भएको छ। हेटौंडाका आम नागरिक, पदाधिकारी तथा सदस्यहरूले…