हेटौंडा । श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपालको छैठौं वार्षिक साधारण सभा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा सम्पन्न भएको छ। संस्थाकी केन्द्रीय अध्यक्ष मिरा खतिवडा संजेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका विविध गतिविधि तथा भावी कार्ययोजनाका विषयमा छलफल भएको थियो।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा बागमती प्रदेश सभा सदस्य माननीय भारती पाठक, श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्मा, निवर्तमान केन्द्रीय अध्यक्ष श्याम केसी तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलको उपस्थिति रहेको थियो।
साधारण सभाको अवसरमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल मकवानपुरका अध्यक्ष श्रीराम खतिवडा, कृष्ण प्रणामी युवा परिषद्का केन्द्रीय पूर्व अध्यक्षद्वय रामप्रसाद शर्मा र तिलक प्रसाद दुलाललगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। केन्द्रीय महासचिवले सञ्चालन गर्नुभएको सो कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा विभिन्न महानुभावहरूको उपस्थिति रहेको थियो।



















