२०८३ आश्विन १५, बिहीबार १६:५८
२०८३ आश्विन १५, बिहीबार १६:५८
हेटौँडा, १५ असोज – "जलवायु वित्त तथा वन शासनमा महिलाको भूमिका, नेतृत्व र अर्थपूर्ण सहभागिता" भन्ने मूल नाराका साथ हेटौँडामा प्रादेशिक क्षमता अभिवृद्धि कार्यशाला आयोजना गरिएको छ। प्राकृतिक स्रोत महिला अधिकार सञ्जाल (WRRN), DGM Nepal लगायतका संस्थाहरूको संयुक्त आयोजना तथा विश्व बैंक (The World Bank) र CIF को सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रमको औपचारिक शुभारम्भ प्रमुख अतिथि एवं बागमती प्रदेश सभा सदस्य माननीय भारती पाठकले बिरुवामा पानी हालेर गर्नुभएको थियो। प्राकृतिक स्रोत महिला अधिकार सञ्जाल केन्द्रकी अध्यक्ष आरती पाठकको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन सत्रमा स्वागत मन्तव्य सञ्जालकी उपाध्यक्ष पार्वती नगरकोटीले व्यक्त गर्नुभएको थियो। कार्यक्रममा ग्रिन फाउन्डेसन नेपालका अध्यक्ष…