नव दृष्टि

नव दृष्टि

198 Posts

चाँदीको मूल्य ५ हजार नजिक पुग्दा सुनको मूल्य आज किन घट्यो ?

मकवानपुर। नेपाली बजारमा सोमबार (पुस १४) सुनको मूल्य घटेको छ । अघिल्लो दिन ‘रेकर्ड’ बिन्दुमा पुगेको सुनको मूल्य यस दिन घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँ घटेर दुई लाख ७० हजार रुपैयाँमा झरेको छ ।आइतबार दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार यस दिन चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । आइतबार भने चार हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।
Read More

मकवानपुरका चार नेताले राष्ट्रिय मुक्ति पार्टी परित्याग, सामूहिक राजीनामा सार्वजनिक

मकवानपुर । पुष १२/राष्ट्रिय मुक्ति पार्टीसँग आबद्ध मकवानपुरका चार जना केन्द्रीय तथा जिल्लास्तरीय नेताहरूले सामूहिक रुपमा पार्टी परित्याग गरेका छन्। पार्टी नेतृत्व, काम गर्ने शैली तथा संगठनात्मक प्रक्रियाप्रति असन्तुष्ट रहँदै उनीहरूले आफ्नो जिम्मेवारी पदबाट राजीनामा दिएको पत्र केन्द्रीय सचिवालयमा पठाएका हुन्। राजीनामा पत्रमा उल्लेख भएअनुसार, पार्टीको विविधता दर्ता प्रक्रिया तथा हालै सम्पन्न भएका संगठन विस्तार गतिविधिमा आफूहरूलाई उपेक्षा गरिएको भन्दै नेताहरूले असन्तुष्टि प्रकट गरेका छन्। पत्रमा उनीहरूले पार्टीको आन्तरिक छलफल र निर्णयमा सहभागी हुन नदिइएको तथा जिम्मेवारी प्राप्त गर्नेहरूका माग र मनोभावनालाई बेवास्ता गरिएको आरोप लगाएका छन्। राजीनामा दिनेहरूमा राजनीतिक समिति सदस्य भिम बहादुर रुम्बा, केन्द्रीय समिति सदस्य योग बहादुर…
Read More

दागाची एप सार्वजनिक : एआईमा आधारित बहुभाषिक सूचना प्लेटफर्म अब नेपालमा पनि

मकवानपुर। एआई प्रविधिमा आधारित बहुभाषिक सूचना प्लेटफर्म दागाची एप, मकवानपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। मनसाचोकस्थित डाँफे प्यालेस होटलमा आज पत्रकार सम्मेलन मार्फत एपका नेपाल प्रतिनिधि माधव सापकोटाले दागाची एपको उद्देश्य, कार्यप्रणाली र भविष्यका योजनाबारे विस्तृत जानकारी गराएको हो । प्रतिनिधि सापकोटाका अनुसार यो एपको मुख्य लक्ष्य कोरियामा कार्यरत र भविष्यमा कोरिया जाने तयारीमा रहेका विदेशी नागरिकलाई भाषागत अवरोध बिना सही र विश्वसनीय सूचना उपलब्ध गराउनु हो। हाल कोरियामा रहेका विदेशी कामदार, विद्यार्थी र पर्यटकहरूले सरकारी सूचना बुझ्न, रोजगारी, आवास, इन्टर्नसिप, कानुनी प्रक्रिया र आपतकालीन अवस्थामा सही निर्णय लिन कठिनाइ भोग्दै आएका छन्। यस्ता समस्याको समाधान गर्न यो एप…
Read More

आगामी निर्वाचनका लागि मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना पुगे

मकवानपुर। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । शनिबार (पुस १२) निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको हो । “संवत् २०६२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय भएको छ,” आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई अद्यावधिक गरी मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ । “प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३,३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी जम्मा १,८९,०३,६८९ मतदाता…
Read More

नेकपा मकवानपुरद्वारा प्रतिनिधि सभाको लागि ३७ जना सिफारिश
समानुपातिकमा १७, राष्ट्रिय सभाको लागि तीन

मकवानपुर । नेपाली कम्युनिष्ट पार्टी मकवानपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको उम्मेद्वारका लागि केन्द्रीय कार्यालय समक्ष आकांक्षी उम्मेद्वारहरुको नाम सिफरिश गरेको छ । शनिबार दिउँसो पत्रकार सम्मेलन मार्फत मकवानपुर जिल्ला संयोजक एवम् एकता कार्यदल सदस्य भीम पाख्रिनले प्रत्यक्ष र समानुपातिक उम्मेद्वार आकांक्षीको नाम केन्द्रीय कार्यालय समक्ष सिफारिश गरिएको बताए । दुई निर्वचन क्षेत्र भएको मकवानपुरमा दुई प्रतिनिधिसभा सदस्य पदका लागि २० जनाको नाम सिफारिश भएको छ । क्षेत्र नंं १ मा १३ जना र २ मा ८ जनाको नाम सिफारिश भएको भीम पाख्रिनले बताए । जिल्लाले सिफारिश गरेका नामहरुको अध्ययन गरी पार्टी केन्द्रीय कमिटीले १÷१ जनाको…
Read More

आगामी निर्वाचन लक्षित : निर्वाचन आयोगमा शुक्रवारदेखि मिडिया सेन्टर सञ्चालन

मकवानपुर। आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ । आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचन र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन तथा सञ्चारमाध्यमसँग पारस्परिक सम्बन्ध स्थापित गर्न आयोगले शुक्रवारदेखि आयोगकै कार्यालयमा मिडिया सेन्टर सञ्चालनमा ल्याएको हो । आयोगले शुक्रवारदेखि सञ्चालनमा आएको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्दै निर्वाचनसम्बन्धी सूचना एकीकृत रूपमा प्रवाह गर्नको लागि मिडिया सेन्टरको स्थापना गरिएको जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले मिडिया सेन्टरमार्फत निर्वाचनसम्बन्धी आधिकारिक सूचना प्रवाह, पत्रकार सम्मेलन आयोजना तथा सञ्चारमाध्यमलाई सत्यतथ्य समाचार उपलब्ध उपलब्ध गराउन सेन्टरको…
Read More

नेपाली राजनीतिमा पुराना अनुहारको पुनरावृत्ति : नयाँ पुस्ताको आकांक्षा अझै अधुरै

मकवानपुर। नेपाली राजनीतिको हालको परिदृश्य हेर्दा एउटा गम्भीर प्रश्न उठिरहेको छ — देशको राजनीतिक दिशा कता जाँदैछ? नयाँ पुस्ताले परिवर्तनको आशा बोकेका छन्, तर राजनैतिक दलहरु पुरानै अनुहारमै भर परिरहँदा जनतामा निराशा बढेको छ। नेपाली कम्युनिस्ट पार्टीजस्ता ठूला दलहरुमा अहिले वडास्तरदेखि प्रदेश तहसम्म थुप्रै नेताहरू छन्। कोही वडा अध्यक्ष, कोही नगर प्रमुख, त कोही प्रदेश सभा सदस्य। यिनै नेताहरु अहिले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको टिकट पाउन दौडधुप गरिरहेका छन्। तर यो सन्दर्भमा एउटा गम्भीर प्रश्न उठ्छ— "पाएको जिम्मेवारी पुरा नगरी, अझ ठूलो पदको खोजी गर्नु जनताको विश्वास माथिको धोका होइन र?" ! कुनै नगर प्रमुख वा वडा अध्यक्ष…
Read More

सुनको मूल्यले फेरि बनायो रेकर्ड– तोलामा अब २ लाख ६८ हजारमा कारोबार

मकवानपुर। स्थानीय बजारमा सुनको मूल्य आज पनि बढेर रेकर्ड ब्रेक गरेको छ । अघिल्लो दिन तोलामा ५ हजार ५०० रुपैयाँले बढेर २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको सुनको भाउ आज थप ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १६५ रुपैयाँले बढ्दै ४ हजार ४२० रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।
Read More

शीतलहरको जोखिममा तराईका बासिन्दा, सुरक्षित रहन प्राधिकरणको अपिल

मकवानपुर। विगत केही दिनदेखि तराई क्षेत्रका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागले पुस १० गतेसम्मका लागि तराईमा हुस्सु, कुहिरो र शीतलहरको चेतावनी जारी गरेसँगै प्राधिकरणले सरोकारवाला निकायहरूलाई पूर्वतयारीमा लाग्न निर्देशन दिएको हो। शीतलहर प्रतिकार्य योजना कार्यान्वयनमा प्राधिकरणले ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ तर्जुमा गरी कार्यान्वयनका लागि सबै निकायमा पठाइसकेको जनाएको छ। शीतलहरबाट विशेष गरी गरिब र विपन्न वर्गका नागरिक बढी प्रभावित हुने भएकाले कार्ययोजना अनुसार आ-आफ्नो जिम्मेवारी निभाउन प्राधिकरणले संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरेको…
Read More

सिडिपिएनको सहयोगमा कैलाश–१० गोपीराङमा, दश घरधुरीमा शौचालय निमार्ण

मकवानपुर। मंसिर ०८/ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० गोपीराङमा १० घरधुरीमा शौचालय निर्माण हुने भएको छ। तामाङ र सीमान्तकृत चेपाङ समुदायको बसोबास रहेको उक्त स्थानमा सुरक्षित तथा व्यवस्थित शौचालय निर्माण हुने भएपछि स्थानीयवासीमा खुसी छाएको छ। मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले लाभग्राही परिवारलाई शौचालय प्यान हस्तान्तरण गर्दै तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो। “खाल्डो खनी सक्नुभएको छ, अब तोकिएको समयभित्र शौचालय निर्माण सम्पन्न गर्नुस्,” अध्यक्ष मुक्तानले भन्नुभयो। उहाँले राज्यले अघि सारेको ‘एक घर–एक धारा’ अवधारणाअन्तर्गत शौचालय र सरसफाइ प्रमुख सूचकका रूपमा रहेको उल्लेख गर्दै जथाभावी दिशापिसाबले पानीजन्य तथा अन्य विभिन्न रोग लाग्ने जोखिम बढ्ने बताउनुभयो। “अब…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.