प्रदेश

हेटौँडाको बुद्धचोकमा विपद् पीडितका लागि राहत संकलन जारी

हेटौँडाको बुद्धचोकमा विपद् पीडितका लागि राहत संकलन जारी

हेटौँडा, १४ भदौ । विपत्तिमा परेका नागरिकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले आज हेटौँडाको बुद्धचोकमा एकद्वार प्रणालीमार्फत राहत संकलन कार्यक्रम सञ्चालन भइरहेको छ। 'सम्पूर्ण मकवानपुर परिवार' को आयोजनामा सुरु भएको उक्त कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रकाश गौतमको पनि उपस्थिति रहेको छ। ​कार्यक्रम स्थलबाट प्राप्त जानकारी अनुसार बाढी तथा विपद् प्रभावित क्षेत्रका नागरिकहरूका लागि आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा तथा आर्थिक सहयोग एकीकृत रूपमा संकलन गर्न लागिएको हो। राहत वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सबै सहयोग एकद्वार प्रणालीमार्फत मात्रै संकलन गरिने आयोजकले जनाएको छ। ​बुद्धचोकमा जारी यो राहत संकलन कार्यक्रम आज साँझ ५ बजेसम्म निरन्तर सञ्चालन हुनेछ। सहयोग गर्न…
Read More
भोटेकोशी बाढी: बेलिब्रिज र झोलुङ्गे पुल हालेर सडक खुलाउन बागमती सरकारको सर्वदलीय निर्णय!

भोटेकोशी बाढी: बेलिब्रिज र झोलुङ्गे पुल हालेर सडक खुलाउन बागमती सरकारको सर्वदलीय निर्णय!

हेटौँडा । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले बगाएका सडक तथा यातायातका संरचनाहरूलाई तत्काल सुचारु गर्न बागमती प्रदेश सरकारले द्रुत गतिमा काम अघि बढाउने निर्णय गरेको छ। मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा काठमाडौँमा बसेको सर्वदलीय बैठकले बाढी प्रभावित भेगमा आवतजावत सहज बनाउन आवश्यकता अनुसार तत्काल बेलिब्रिज, झोलुङ्गे पुल तथा तुइन निर्माण प्रक्रिया अगाडि बढाउने सर्वसम्मत निर्णय गरेको हो। ​बैठकले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायत अत्यधिक प्रभावित जिल्लाहरूमा अवरुद्ध बनेका मुख्य सडक तथा पैदल मार्गहरूलाई अविलम्ब सञ्चालनमा ल्याउन प्रदेश सरकारलाई निर्देशन दिएको छ। सडक सञ्जाल बिच्छेद हुँदा राहत र उद्धारमा बाधा पुग्ने भएकाले थप सम्भाव्यता अध्ययन गर्दै वैकल्पिक पूर्वाधार खडा…
Read More
रसुवा बाढी: हेटौँडा–१५ द्वारा मृतकका परिवारलाई तत्काल क्रिया खर्च बापत ५०-५० हजार राहतको घोषणा

रसुवा बाढी: हेटौँडा–१५ द्वारा मृतकका परिवारलाई तत्काल क्रिया खर्च बापत ५०-५० हजार राहतको घोषणा

हेटौँडा । उत्तरी रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का बासिन्दा सुमन गोले र रमेश मगरको परिवारलाई स्थानीय सरकारको तर्फबाट तत्काल राहत सहयोग प्रदान गरिने भएको छ। काजकिरिया तथा अन्तिम संस्कारको खर्चमा राहत पुगोस् भन्ने उद्देश्यले वडा कार्यालयको तर्फबाट मृतकका परिवारलाई जनही रु. ५०/५० हजार रुपैयाँ उपलब्ध गराउन लागिएको हो। ​विपदको यो कठिन समयमा शोकसन्तप्त परिवारजनको पीडामा मल्हम लगाउन र उनीहरूलाई एक्लो महसुस हुन नदिन वडा कार्यालयले यो पहल लिएको हो। हेटौँडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले बाढीका कारण अकालमा जीवन गुमाएका आफ्ना नागरिकका परिवारलाई वडाको तर्फबाट किरिया खर्च बापत उक्त ५०-५० हजार रुपैयाँ राहत…
Read More
रसुवा बाढी: हेटौँडा स्कुल अफ म्यानेजमेन्टद्वारा प्रधानमन्त्री राहत कोषमा २० लाख सहयोग, शैक्षिक क्षेत्रबाट उदाहरणीय पहल

रसुवा बाढी: हेटौँडा स्कुल अफ म्यानेजमेन्टद्वारा प्रधानमन्त्री राहत कोषमा २० लाख सहयोग, शैक्षिक क्षेत्रबाट उदाहरणीय पहल

हेटौँडा । उत्तरी रसुवाको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनरुत्थानका लागि मकवानपुरको अग्रणी शैक्षिक संस्था हेटौँडा स्कुल अफ म्यानेजमेन्टले ठूलो आर्थिक सहयोगको घोषणा गरेको छ। हेटौँडा–४ स्थित उक्त कलेजले नेपाल सरकारद्वारा घोषित 'प्रधानमन्त्री दैवी प्रकोप राहत कोष' मा २० लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो। ​विपदको यो कठिन समयमा सरकारले सञ्चालन गरेको राहत तथा उद्धार अभियानमा ऐक्यबद्धता जनाउँदै कलेज प्रशासनले यो सहयोग घोषणा गरेको हो। बाढीका कारण ठूलो जनधनको क्षति भई मुलुक शोकमा डुबेका बेला एउटा शैक्षिक संस्थाले देखाएको यो उच्च मानवीय संवेदना र सामाजिक उत्तरदायित्व (CSR) लाई स्थानीय स्तरमा निकै सह्रानीय कदमका रूपमा…
Read More
प्राकृतिक विपत्तिका बीच हेटौँडामा ३० हजार जना जुट्ने ‘सर्वधर्म सद्भाव अभियान’ रोकियो

प्राकृतिक विपत्तिका बीच हेटौँडामा ३० हजार जना जुट्ने ‘सर्वधर्म सद्भाव अभियान’ रोकियो

हेटौँडा । प्राकृतिक विपत्तिले मुलुक आक्रान्त बनेका बेला हेटौँडामा आयोजना गर्न लागिएको एक ठूलो धार्मिक तथा सामाजिक भेला स्थगन गरिएको छ। सर्वधर्म समाज नेपाल हेटौँडाले यही भदौ १७ गतेका लागि तय गरेको 'सर्वधर्म सद्भाव ऐक्यवद्धता घोषणा अभियान' रसुवामा आएको विनाशकारी बाढीका कारण अन्तिम समयमा आएर स्थगित गर्ने निर्णय गरेको हो। सिङ्गो देश नै विपद्को शोक र पीडामा रहेका बेला उत्सव वा घोषणा सभा गर्नु सान्दर्भिक नहुने निष्कर्ष निकाल्दै स्थानीय प्रशासनको सहमतिमा कार्यक्रम रोकिएको हो। ​अभियानका लागि लगभग सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा पनि समाजले मानवीय संवेदनालाई प्राथमिकता दिएको छ। देशका सबै धर्मका गुरुहरू र नागरिक समाजका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याउने…
Read More
बागमती प्रदेशमा राजनीतिक स्थिरताको नयाँ अध्याय: मुख्यमन्त्री किरण थापा मगरद्वारा ५७ मतसहित विश्वासको मत प्राप्त

बागमती प्रदेशमा राजनीतिक स्थिरताको नयाँ अध्याय: मुख्यमन्त्री किरण थापा मगरद्वारा ५७ मतसहित विश्वासको मत प्राप्त

हेटौँडा। बागमती प्रदेशले राजनीतिक स्पष्टता र संवैधानिक गतिशीलताको दिशामा महत्त्वपूर्ण सफलता हासिल गरेको छ। भदौ ७ गतेका लागि आह्वान गरिएको र आन्तरिक तयारी तथा व्यवस्थापनका लागि केही समय हेरफेर भई भदौ ९ गते मंगलबार बस्न सफल १८ औँ प्रदेश सभा बैठकबाट नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले दुई तिहाइ नजिकको बहुमत (५७ मत) सहित विश्वासको मत प्राप्त गर्नुभएको छ। यससँगै प्रदेशमा प्रादेशिक समृद्धि र विकासका कामहरूलाई द्रुत गतिमा अघि बढाउने बाटो खुलेको छ। ​नेपालको संविधानको धारा १६८ को उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम संवैधानिक दायित्व पूरा गर्दै मुख्यमन्त्री थापाले सदनसमक्ष विश्वासको मतको प्रस्ताव पेस गर्नुभएको…
Read More
अदालतको निर्णय नआउन्जेल प्रदेशसभा स्थगित गर्न कांग्रेसको माग

अदालतको निर्णय नआउन्जेल प्रदेशसभा स्थगित गर्न कांग्रेसको माग

हेटौँडा। नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले प्रदेशसभाको बैठक तत्काल रोक्न औपचारिक माग गरेको छ। नयनियुक्त मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठकप्रति गम्भीर आपत्ति जनाउँदै कांग्रेसले अदालतको अन्तिम निर्णय नआएसम्म सदनका सम्पूर्ण कारबाही स्थगित गर्न आग्रह गरेको हो। सोमबार संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले प्रदेशसभा सचिवालयमा लिखित निवेदन दर्ता गराउँदै बैठक रोक्न माग गरेका हुन्। ​कांग्रेसद्वारा बुझाइएको पत्रमा उच्च अदालत पाटनको हेटौँडा इजलासमा मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई लिएर परेको रिट विचारधीन अवस्थामा रहेकाले अहिल्यै बैठक राख्नु असंवैधानिक हुने दाबी गरिएको छ। राप्रपा संसदीय दलका प्रमुख सचेतक कुमारी तामाङसहितले दायर गरेको उत्प्रेषण परमादेशको निवेदनमाथि न्यायाधीश बबिता उप्रेतीको…
Read More
शासकीय सुधार र सुशासनका लागि राज्यका हरेक संयन्त्रमा युवाहरूको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड

शासकीय सुधार र सुशासनका लागि राज्यका हरेक संयन्त्रमा युवाहरूको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड

हेटौँडा, ८ भाद्र — देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निर्वाचन प्रणालीको सुधारका लागि अब नयाँ पुस्ताका युवाहरूको पहुँच र निर्णय प्रक्रियामा नेतृत्वदायी भूमिका अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ। गैरसरकारी संस्था महासङ्घ नेपाल, बागमती प्रदेश समितिको आयोजनामा हेटौँडामा सम्पन्न 'सुशासन, भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रक्रिया र राजनीतिक तथा शासकीय संयन्त्रमा युवा सहभागिता' विषयक प्रदेशस्तरीय अन्तरपुस्ता सरोकारवाला संवाद कार्यक्रममा बोल्ने वक्ताहरूले युवा वर्गको सक्रियतामा विशेष जोड दिएका हुन्। ​अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसर पारेर आयोजना गरिएको सो कार्यक्रमको पहिलो चरणमा गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सचिव नरेश कुमार श्रेष्ठले PowerPoint Presentation गर्नुभएको थियो। उहाँले आफ्नो प्रिजेन्टेसनमार्फत राजनीतिक…
Read More
नागरिक समाजको सहज वातावरण निर्माणमा चुनौती: नेपाललाई ‘अवरुद्ध’ श्रेणीबाट निकाल्न हेटौँडामा विज्ञहरूको मन्थन

नागरिक समाजको सहज वातावरण निर्माणमा चुनौती: नेपाललाई ‘अवरुद्ध’ श्रेणीबाट निकाल्न हेटौँडामा विज्ञहरूको मन्थन

हेटौँडा। नागरिक समाजका लागि अनुकूल र सहज वातावरण (Enabling Environment) निर्माण गर्ने उद्देश्यका साथ गैरसरकारी संस्था महासङ्घ नेपाल (NFN) को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा ‘प्रदेश स्तरीय विज्ञ सरोकारवाला बैठक’ सम्पन्न भएको छ। युरोपेली युनियनको सहयोगमा सञ्चालित ‘EU SEE’ परियोजनाअन्तर्गत आयोजित उक्त बैठकमा नागरिक स्वतन्त्रता, कानुन तथा व्यवहारिक अवरोधहरूका विषयमा बृहत् छलफल गरिएको छ। ​कार्यक्रममा अन्तर्राष्ट्रिय संस्था CIVICUS Monitor (2023) को तथ्याङ्क प्रस्तुत गर्दै विश्वका ८० प्रतिशतभन्दा बढी मानिसहरू सङ्कुचित वा अवरुद्ध नागरिक क्षेत्र (Civic Space) मा बस्न बाध्य भएको प्रति चिन्ता व्यक्त गरियो। नेपालको संविधानको धारा १७ ले अभिव्यक्ति, शान्तिपूर्ण भेला र सङ्ठित हुने मौलिक हकको प्रत्याभूति गरे तापनि…
Read More
सडक बालबालिकाको सहारा बन्दै ‘लिटल स्टार्स’: हेटौँडामा च्यारिटि शो सम्पन्न

सडक बालबालिकाको सहारा बन्दै ‘लिटल स्टार्स’: हेटौँडामा च्यारिटि शो सम्पन्न

हेटौँडा । सहरी क्षेत्रमा बढ्दै गएको सडक बालबालिकाको समस्या र तिनको व्यवस्थापनको सवाललाई चलचित्रको माध्यमबाट उजागर गर्दै हेटौँडामा ‘लिटल स्टार्स’ चलचित्रको परोपकारी (च्यारिटि) शो सम्पन्न भएको छ। रेडियो बुलेटिन ८९.७ मेघाहर्जको आयोजना तथा एजे. टिम हेटौँडा प्रा.लि. को निर्माणमा बनेको उक्त चलचित्र ओम्याक्स सिनेमा हलमा प्रदर्शन गरिएको हो। चलचित्रको प्रदर्शनबाट सङ्कलित रकम हेटौँडा–११ मा सडक बालबालिकाको पुनर्स्थापनामा क्रियाशील संस्था ‘मामाघर नेपाल’लाई हस्तान्तरण गरिने रेडियोका प्रबन्ध निर्देशक अनिल कुमार खातिले जानकारी दिनुभयो। ​कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाले सडक बालबालिकामुक्त नगर बनाउने अभियानमा यस्ता सामाजिक सन्देशमूलक चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नगरप्रमुख लामाले चलचित्रले उठाएको संवेदनशील…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.