२०८३ भाद्र १८, बिहीबार १९:२३
२०८३ भाद्र १८, बिहीबार १९:२३
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले कैयौँ बालबालिकाको गाँस र बास मात्र खोसेन, उनीहरूका सहारा बनेका आमा–बुबालाई समेत सधैँका लागि खोसिदियो। एकाएक अभिभावकविहीन बनेर अन्योलमा परेका तिनै बालबालिकाको संरक्षण र भविष्यको जिम्मा अब बागमती प्रदेश सरकारले लिने भएको छ। बाढीको shock र पीडामा रहेका बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन सरकारले कक्षा १२ सम्म आवासीय सुविधासहित निःशुल्क पढाउने महत्त्वाकांक्षी निर्णय गरेको छ। मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा हेटौँडामा बसेको मन्त्रिपरिषद् बैठकले विपद्को यो कठिन घडीमा मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै सो कदम चालेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसीका अनुसार रसुवासहित बाढीबाट बढी प्रभावित नुवाकोट, धादिङ र चितवनका अभिभावक…