हेटौँडा उपमहानगरपालिका

विश्व अण्डा दिवसको अवसरमा हेटौँडामा पत्रकार सम्मेलन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

विश्व अण्डा दिवसको अवसरमा हेटौँडामा पत्रकार सम्मेलन तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

हेटौँडा। ३० औँ विश्व अण्डा दिवसको अवसरमा कुखुरा व्यवसायी सङ्घ मकवानपुरको आयोजनामा अण्डा उत्पादक, वितरक तथा उपभोक्ताबीच अन्तर्क्रिया तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। पल्पसा प्याराडाइज हल हेटौँडामा आयोजित कार्यक्रममा अण्डाको उपभोग, यसको स्वास्थ्यवर्धक गुण तथा बजारको वर्तमान अवस्थाबारे छलफल गरिएको छ। ​कार्यक्रम कुखुरा व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष गोविन्द सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कुखुरा व्यवसायी सङ्घका केन्द्रीय सदस्य राजु अधिकारी प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो भने नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि र अध्यक्षले कुखुरा तथा अण्डा व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउँदै उपभोक्तासम्म गुणस्तरीय अण्डा पुर्‍याउन सङ्घ प्रतिबद्ध रहेको…
Read More
विपद्का मृतकको सम्झनामा हेटौँडा-१५ मा ‘वडा अध्यक्ष कप’: खेलकुदसँगै सचेतना अभियान

विपद्का मृतकको सम्झनामा हेटौँडा-१५ मा ‘वडा अध्यक्ष कप’: खेलकुदसँगै सचेतना अभियान

हेटौँडा, असोज २१ गते। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयको आयोजनामा अन्तरनगर वडास्तरीय 'वडा अध्यक्ष कप-२०८३' खेलकुद तथा बृहत् सामाजिक सचेतना कार्यक्रम सञ्चालन हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत वडा अध्यक्ष सुनिल मोक्तानले वडा सदस्यहरू, स्थानीय युवा बुद्धिजीवी, खेलकुद क्षेत्रका अग्रज तथा प्रशिक्षकहरूको उपस्थितिमा कार्यक्रमको औपचारिक घोषणा गर्नुभएको हो। आउँदै गरेको विजयादशमी, शुभ दीपावली, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा आयोजित यस कार्यक्रमलाई गत भोटेकोशी बाढी तथा विपद्मा परी ज्यान गुमाएका स्थानीय युवा स्व. सुमन गोले र स्व. रमेश मगरको स्मृतिमा समर्पण गरिएको छ। ​प्रतियोगिताअन्तर्गत विभिन्न विधाका खेलहरूमा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। कात्तिक १२ देखि २१ गतेसम्म…
Read More
श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपालको छैठौं वार्षिक साधारण सभा हेटौंडामा सम्पन्न

श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपालको छैठौं वार्षिक साधारण सभा हेटौंडामा सम्पन्न

हेटौंडा । श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपालको छैठौं वार्षिक साधारण सभा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा सम्पन्न भएको छ। संस्थाकी केन्द्रीय अध्यक्ष मिरा खतिवडा संजेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका विविध गतिविधि तथा भावी कार्ययोजनाका विषयमा छलफल भएको थियो। ​कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा बागमती प्रदेश सभा सदस्य माननीय भारती पाठक, श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्मा, निवर्तमान केन्द्रीय अध्यक्ष श्याम केसी तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलको उपस्थिति रहेको थियो। ​साधारण सभाको अवसरमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल…
Read More
हेटौँडामा महिला हिंसा र साइबर अपराध न्यूनीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

हेटौँडामा महिला हिंसा र साइबर अपराध न्यूनीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

हेटौँडा। हेटौँडामा महिला हिंसा र साइबर अपराध न्यूनीकरणका साथै शारीरिक तथा मानसिक सुरक्षा र सशक्तिकरण विषयक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय भारती पाठकको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाका टोल विकास संस्थाका पदाधिकारी, सदस्यहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो। ​कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देल र वडा नम्बर ११ का वडा अध्यक्ष जुना दाहाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी, वडा नम्बर ४ का वडा सदस्यद्वय…
Read More
हेटौँडामा भोलिदेखि जनप्रवाह कपको दोस्रो संस्करण सुरु हुँदै, १६ टोलीबीच भिडन्त हुने

हेटौँडामा भोलिदेखि जनप्रवाह कपको दोस्रो संस्करण सुरु हुँदै, १६ टोलीबीच भिडन्त हुने

हेटौँडा । स्थानीय तहमा फुटबल खेलको प्रवर्द्धन तथा खेलकुद गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यका साथ जनप्रवाह कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण शनिबारदेखि हेटौँडामा सञ्चालन हुने भएको छ। जनप्रवाह फुटबल क्लबको आयोजनामा हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रङ्गशालामा आयोजना हुन लागेको यस प्रतियोगितामा कुल १६ वटा टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। ​शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सञ्जीव अर्यालले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्। उनका अनुसार प्रतियोगिता नकआउट प्रणालीका आधारमा सञ्चालन गरिनेछ। शनिबार हुने बहुप्रतीक्षित उद्घाटन खेलमा भीमफेदी–४ को च्यूरी बगैँचा फुटबल क्लब र हेटौँडा–७ को नागस्वती युथ क्लब आमनेसामने हुनेछन्। प्रतियोगिताको औपचारिक उद्घाटन हेटौँडा उपमहानगरपालिकाका नगर…
Read More
हेटौँडामा नगरस्तरीय टी-२० क्रिकेट प्रतियोगिता सुरु: रेफ्रीलाई ब्याट-बल हस्तान्तरण गरी उद्घाटन

हेटौँडामा नगरस्तरीय टी-२० क्रिकेट प्रतियोगिता सुरु: रेफ्रीलाई ब्याट-बल हस्तान्तरण गरी उद्घाटन

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयको आयोजना तथा मकवानपुर जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा नगरस्तरीय टी-२० क्रिकेट प्रतियोगिता आज शुक्रबारदेखि हेटौँडा-४ स्थित हुप्रचौर खेलमैदानमा औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन समारोहमा नगरस्तरीय क्रिकेट व्यवस्थापन समितिका संयोजक विवेक कार्कीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता एवं हेटौडा उपमहानगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले रेफ्रीलाई संयुक्त रूपमा ब्याट र बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक सुरुवात गर्नुभएको थियो। ​स्थानीय स्तरमा क्रिकेट खेलको विकास, क्षमतावान् खेलाडीको पहिचान र उनीहरूलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउने उद्देश्यले आयोजित यस प्रतियोगितामा हेटौँडा…
Read More
हेटौँडामा नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरु: १६ विद्यालयको सहभागिता

हेटौँडामा नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरु: १६ विद्यालयको सहभागिता

हेटौँडा, असोज १६ — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हेटौँडा उपमहानगरपालिका कमिटीको आयोजनामा आज शुक्रबारदेखि हेटौँडामा भव्य रूपमा 'नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता' सुरु भएको छ। "खेलकुद, अनुशासन र विद्यार्थी एकताको उत्सव!" भन्ने मूल नाराका साथ हेटौँडा-१८ स्थित ज्योति स्कूलको चौरमा बिहान ८ बजेदेखि प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो। ​अनेरास्ववियु हेटौँडा उपमहानगर कमिटीका अध्यक्ष रिजन जिसिको सभाध्यक्षतामा सम्पन्न भएको उक्त उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष अनिल कुमार बानियाँ प्रमुख अतिथि रहेका थिए। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बानियाँले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गरे। साथै उनले युवा तथा विद्यार्थीहरूमाझ यस्ता प्रतियोगिताले…
Read More
भुटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा तिलक पराजुली सर्वसम्मत चयन

भुटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा तिलक पराजुली सर्वसम्मत चयन

हेटौंडा। हेटौंडास्थित श्री भुटनदेवी माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन भएको छ। विद्यालयमा आयोजित अभिभावक भेला तथा विशेष समारोहका बीच तिलकपराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। लामो इतिहास र शैक्षिक गरिमा बोकेको यस विद्यालयको नेतृत्व हस्तान्तरण प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। ​नवगठित समितिको सदस्यहरूमा हरि श्रेष्ठ, रिना वाइवा, निर्मला पौडेल सापकोटा र सुवाष सिन्तान लामा चयन हुनुभएको छ। विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नवीन सिग्देलको उपस्थितिमा नयाँ नेतृत्वको घोषणा गरिएको थियो। नवचयनित टोलीलाई उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। ​नवनिर्वाचित अध्यक्ष तिलकपराजुली तथा सदस्यहरूले विद्यालयको शैक्षिक गुणस्तर…
Read More
हेटौँडामा महिला हिंसा र साइबर अपराधविरुद्ध दुई दिने विशेष प्रशिक्षण कार्यक्रम हुने

हेटौँडामा महिला हिंसा र साइबर अपराधविरुद्ध दुई दिने विशेष प्रशिक्षण कार्यक्रम हुने

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा समाजमा बढ्दै गएको महिला हिंसा तथा साइबर अपराध न्यूनीकरण गर्ने उद्देश्यका साथ विशेष प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ। पछिल्लो समय प्रविधिको दुरुपयोगसँगै बढ्दो महिला हिंसा, साइबर अपराध तथा त्यसले पुर्‍याउने शारीरिक र मानसिक असरलाई सम्बोधन गर्न यो जनचेतनामूलक तथा उत्प्रेरणात्मक कार्यक्रम गर्न लागिएको हो। ​कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समेट्ने गरी व्यापक सहभागिता गराइने भएको छ। हेटौँडा-४ का वडा अध्यक्ष नवीन सिग्देलका अनुसार विभिन्न संघ-संस्था, क्याम्पस तथा विद्यालयका शिक्षक, टोल विकास संस्थाका पदाधिकारी, अभिभावक, विद्यार्थी, युवा तथा महिलाहरूलाई लक्षित गरी प्रशिक्षण दिइनेछ। सहभागीहरूलाई शारीरिक र मानसिक रूपमा सुरक्षित भई साइबर अपराध…
Read More
असोस ११ गते हेटौँडामा जिल्ला स्तरीय पुरुष शिक्षक/कर्मचारी फुटसल प्रतियोगिता हुने

असोस ११ गते हेटौँडामा जिल्ला स्तरीय पुरुष शिक्षक/कर्मचारी फुटसल प्रतियोगिता हुने

हेटौँडा। संस्थागत विद्यालय शिक्षक युनियन (ISTU) हेटौँडा उपमहानगरपालिका समितिको आयोजनामा यही असोज ११ गते 'जिल्ला स्तरीय पुरुष शिक्षक/कर्मचारी फुटसल प्रतियोगिता-२०८३' आयोजना हुने भएको छ। संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबीच आपसी भाइचारा, एकता, स्वास्थ्य, खेलकुद भावना र पेसागत सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ एकै दिनमा सम्पन्न हुने गरी प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। हेटौँडा-४ स्थित निम्बो ब्याम्बो कटेजमा आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष नवीन कुमार मिश्रले प्रतियोगितासम्बन्धी विवरण सार्वजनिक गर्नुभयो। ​असोस ११ गते एकै दिनमा सबै खेलहरू सम्पन्न गरिने यस प्रतियोगितामा मकवानपुर जिल्लाका विभिन्न १६ वटा संस्थागत विद्यालयहरू र आयोजकको १ टोली गरी कुल १७ वटा टिमको सहभागिता रहने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.