हेटौँडा उपमहानगरपालिका

चौथो वडाध्यक्ष कप: नमुना मेनरोड र कालिका माई टोल विजयी, सेराजको ह्याट्रिक

चौथो वडाध्यक्ष कप: नमुना मेनरोड र कालिका माई टोल विजयी, सेराजको ह्याट्रिक

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा जारी 'चौथो वडाध्यक्ष कप फुटबल प्रतियोगिता' अन्तर्गत तेस्रो दिन आज (मङ्गलबार) सञ्चालन भएका दुवै खेलहरू रोमाञ्चक रूपमा सम्पन्न भएका छन्। आज भएका खेलहरूबाट नमुना मेनरोड र कालिका माई टोल विकास संस्था विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन्। ​आज भएको पहिलो खेलमा नमुना मेनरोड टोल विकास संस्थाले ॐ नगर टोल विकास संस्थालाई १-० गोल अन्तरले पराजित गर्दै कठिन जित हात पार्यो। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा नमुना मेनरोडलाई जित दिलाउन जर्सी नम्बर १९ का खेलाडी विश्वास अधिकारीले निर्णायक प्रदर्शन गर्नुभयो। उत्कृष्ट खेल प्रदर्शन गर्नुभएका अधिकारी उक्त खेलको 'म्यान अफ दि म्याच' घोषित…
Read More
“खेलकुदले देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ”: प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, ‘वडा अध्यक्ष कप’ ब्याडमिन्टनमा हेटौँडा-५ विजयी

“खेलकुदले देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ”: प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, ‘वडा अध्यक्ष कप’ ब्याडमिन्टनमा हेटौँडा-५ विजयी

हेटौँडा, असोज २७ गते। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयको आयोजनामा सञ्चालित अन्तरनगर वडास्तरीय ‘वडा अध्यक्ष कप-२०८३’ अन्तर्गत स्व. रमेश मगर तथा स्व. सुमन गोले स्मृति खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता मङ्गलबार भव्य रूपमा सम्पन्न भएको छ। हटियास्थित कभर्डहलमा सम्पन्न सो प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि एवम् बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहकार्यले खेल क्षेत्रको प्रवर्धन भइरहेको बताउनुभयो। उहाँले स्थानीय स्तरमै आयोजना हुने यस्ता प्रतियोगिताले प्रतिभा प्रस्फुटन गराउँदै देशलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। ​कार्यक्रमका सभाध्यक्ष एवम् हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानले विपद्मा ज्यान गुमाएका स्थानीय युवाहरूको स्मृतिमा आयोजित यस्ता…
Read More
‘हेटौँडामा रातारात नियमविपरीत विज्ञापन बोर्ड राखिनु राज्यसंरचनामाथिकै चुनौती’ : मेयर मिनाकुमारी लामा

‘हेटौँडामा रातारात नियमविपरीत विज्ञापन बोर्ड राखिनु राज्यसंरचनामाथिकै चुनौती’ : मेयर मिनाकुमारी लामा

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले नगर क्षेत्रभित्र बिनास्वीकृति र रातारात ‘Xtreme Energy Drink’ का विज्ञापन बोर्डहरू राखिनुलाई राज्यसंरचनामाथिकै चुनौती भएको बताएकी छन्। असोज २७ गते मंगलबार बिहान हेटौँडा शहरका विभिन्न सडकमा रहेका पोलहरूमा एक्कासि विज्ञापन बोर्डहरू देखिएपछि नगर प्रमुख लामाले सामाजिक सञ्जालमार्फत आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो कदम नियमविपरीत रहेको जानकारी दिएकी हुन्। ​नगर प्रमुख लामाका अनुसार उपमहानगरपालिका भित्र कस्ता विज्ञापन गर्न दिने र त्यसको राजस्व दररेट के कस्तो हुने भन्ने स्पष्ट कानुनी कार्यदिशा र मापदण्ड छ। तर, यी सबै कानुनी प्रक्रिया र मापदण्डलाई मिचेर रातारात विज्ञापन बोर्ड राख्ने हर्कत गरिएको उनको भनाइ छ। बिनाअनुमति र बिनासम्झौता…
Read More
चौथो वडाध्यक्ष कप फुटबल: कर्णावतीलाई पराजित गर्दै देवनगर टोल विजयी

चौथो वडाध्यक्ष कप फुटबल: कर्णावतीलाई पराजित गर्दै देवनगर टोल विजयी

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा जारी 'चौथो वडाध्यक्ष कप फुटबल प्रतियोगिता' अन्तर्गत दोस्रो दिनको खेलमा देवनगर टोल विकास संस्था विजयी भएको छ। अत्यन्तै रोमान्चक र प्रतिस्पर्धात्मक बनेको आजको खेलमा देवनगर टोलले कर्णावती टोल विकास संस्थालाई ३-२ को गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो। ​देवनगरका लागि खेलको सुरुवात नै धमाकेदार रह्यो। देवनगरका खेलाडी सञ्जय देउलाले खेल सुरु भएको पहिलो मिनेटमा नै गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाउनुभएको थियो। त्यस्तै, देवनगरको जितमा सन्देश देउला र प्रशान्त देउलाले समान १/१ गोलको योगदान पुर्‍याउनुभयो। कर्णावती टोलले पनि उत्कृष्ट पुनरागमनको प्रयास गर्दै २ गोल फर्काए तापनि देवनगरको अग्रता तोड्न नसक्दा…
Read More
​”सचेतनाले मात्रै स्वस्थ र सुरक्षित समाज निर्माण सम्भव छ”: हेटौँडा-१५ मा साइबर अपराध र लागूऔषध दुर्व्यसनीविरुद्ध बृहत् अभियान सुरु

​”सचेतनाले मात्रै स्वस्थ र सुरक्षित समाज निर्माण सम्भव छ”: हेटौँडा-१५ मा साइबर अपराध र लागूऔषध दुर्व्यसनीविरुद्ध बृहत् अभियान सुरु

हेटौँडा, असोज २६ गते। बढ्दो प्रविधिको गलत प्रयोग र कुलतका कारण समाजमा निम्तिएका जटिल समस्याहरूलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा साइबर अपराध तथा लागूऔषध दुर्व्यसनी सम्बन्धी जनचेतनामूलक कार्यक्रमको औपचारिक सुरुवात भएको छ। हेटौँडा-१५ वडा कार्यालयको सहयोग एवम् सहकार्यमा सञ्चालित सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् वडा अध्यक्ष सुनिल मोक्तानले सामाजिक चेतना र सतर्कताले मात्रै स्वस्थ, सुन्दर र सुरक्षित समाजको निर्माण सम्भव हुने बताउनुभयो। ​सम्बोधनका क्रममा प्रमुख अतिथि मोक्तानले जानेर वा नजानेर दिनप्रतिदिन धेरै मानिसहरू साइबर अपराध र लागूऔषधको दुर्व्यसनमा फसिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "अहिले प्रहरी प्रशासनमा पनि साइबर अपराध, सामाजिक सञ्जालमार्फत हुने…
Read More
हेटौँडा–८ मा चौथो वडाध्यक्ष कप फुटबल सुरु: उद्घाटन खेलमा मनकामना ‘ख’ टोल विजयी

हेटौँडा–८ मा चौथो वडाध्यक्ष कप फुटबल सुरु: उद्घाटन खेलमा मनकामना ‘ख’ टोल विजयी

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ मा 'चौथो वडाध्यक्ष कप फुटबल प्रतियोगिता' भव्य रूपमा सुरु भएको छ। विविध खेलकुद गतिविधिहरू समेटेर सप्ताहव्यापी रूपमा आयोजना गरिएको यस प्रतियोगिताको पहिलो दिन आयोजित उद्घाटन खेलमा मनकामना 'ख' टोल विकास संस्था विजयी बनेको छ। ​उद्घाटन खेल किरणचोक टोल र मनकामना 'ख' टोल विकास संस्थाबीच सञ्चालन भएको थियो। रोमान्चक बनेको उक्त खेलमा मनकामना 'ख' टोलले किरणचोक टोललाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। ​हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम थापाको सभाध्यक्षतामा प्रतियोगिताको समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व वडाध्यक्ष भीमप्रसाद पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भई…
Read More
नगरस्तरीय टी-२० क्रिकेटको उपाधि हेटौँडा-८ लाई: हेटौँडा-४ लाई ५३ रनले पराजित गर्दै बन्यो च्याम्पियन

नगरस्तरीय टी-२० क्रिकेटको उपाधि हेटौँडा-८ लाई: हेटौँडा-४ लाई ५३ रनले पराजित गर्दै बन्यो च्याम्पियन

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयको आयोजनामा सञ्चालन भएको नगरस्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि हेटौँडा वडा नम्बर ८ ले जितेको छ। हुप्रचौर खेल मैदानमा भएको फाइनल भिडन्तमा आयोजक हेटौँडा वडा नम्बर ४ लाई ५३ रनले पराजित गर्दै वडा नम्बर ८ ले सर्वोत्कृष्ट प्रदर्शनसहित उपाधिमाथि कब्जा जमाएको हो। ​फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हेटौँडा वडा नम्बर ८ ले ११२ रन बनाउँदै हेटौँडा वडा नम्बर ४ लाई ११३ रनको विजयी लक्ष्य दिएको थियो। तर ११३ रनको लक्ष्य पछ्याएको हेटौँडा वडा नम्बर ४ को टोली ५८ रनमै अलआउट हुन पुग्यो। वडा नम्बर ८ को कसिलो बलिङ र उत्कृष्ट फिल्डिङसामु ४…
Read More
हेटौँडा-१५ मा ‘वडा अध्यक्ष कप’ खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु, प्रदेश सभा सदस्य पुलामीद्वारा उद्घाटन

हेटौँडा-१५ मा ‘वडा अध्यक्ष कप’ खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु, प्रदेश सभा सदस्य पुलामीद्वारा उद्घाटन

हेटौँडा, असोज २५ गते। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयको आयोजनामा अन्तरनगर वडास्तरीय ‘वडा अध्यक्ष कप-२०८३’ अन्तर्गत स्व. रमेश मगर तथा सुमन गोले स्मृति खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। हटियास्थित ब्याडमिन्टन कभर्डहलमा आयोजित एक विशेष समारोहका बिच बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो। ​हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानको सभाध्यक्षतामा सम्पन्न सो उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सभा सदस्य पुलामीले खेलकुदले युवाहरूमा अनुशासन, भाइचारा र सकारात्मक सोचको विकास गर्ने बताउनुभयो। उहाँले विपद्मा ज्यान गुमाएका स्थानीय युवाहरूको स्मृतिमा खेलकुद प्रतियोगिता आयोजना गरेर वडा कार्यालयले खेलकुद विकासका साथै सामाजिक सद्भाव…
Read More
पशुपतिनगर हेल्थ क्लबद्वारा विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

पशुपतिनगर हेल्थ क्लबद्वारा विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

हेटौँडा, मकवानपुर । "नियमित व्यायाम गरौँ, स्वस्थ रहौँ" भन्ने मूल नाराका साथ स्थापित पशुपतिनगर हेल्थ क्लब, हेटौँडा-९ को आयोजनामा विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। क्लबका कार्यवाहक अध्यक्ष प्रेम प्रसाद बोलखेको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा क्लबका सदस्यहरू तथा स्थानीय महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो। ​कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सुकुराम केसी रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो धन भएको बताउँदै पशुपतिनगर हेल्थ क्लबले स्थानीय तहमा शारीरिक सुगठन, स्वस्थ जीवनशैली र सामाजिक सद्भाव…
Read More
हेटौंडामा ‘वडा अध्यक्ष फिटनेस अभियान’ सम्पन्न: स्वास्थ्य समाज निर्माणका लागि जिम र जुम्बाका प्रशिक्षकलाई तीन दिने तालिम

हेटौंडामा ‘वडा अध्यक्ष फिटनेस अभियान’ सम्पन्न: स्वास्थ्य समाज निर्माणका लागि जिम र जुम्बाका प्रशिक्षकलाई तीन दिने तालिम

हेटौंडा, असोज २४ । "स्वास्थ्य युवा, अनुशासित समाज, समृद्ध वडा" भन्ने मूल नाराका साथ हेटौंडा उपमहानगरपालिका १५ नं. वडा कार्यालयको आयोजनामा सञ्चालित ‘अन्तर नगर वडा स्तरीय वडा अध्यक्ष फिटनेस अभियान-२०८१’ अन्तर्गत तीन दिने जिम तथा जुम्बा तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। हेटौंडा-४ स्थित होटल सामनामा आयोजित उक्त तालिम कार्यक्रममा हेटौंडाका विभिन्न जिम तथा जुम्बा क्लबका गरी ३९ जना प्रशिक्षकहरूले उत्साहजनक सहभागिता जनाउँदै व्यावसायिक प्रशिक्षण प्राप्त गरेका छन्। ​कार्यक्रम हेटौंडा उपमहानगरपालिका १५ नं. वडाका अध्यक्ष सुनिल मोक्तानको सभाअध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख (मेयर) मिना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सुनिल लोप्चनको संयोजनमा भएको उक्त कार्यक्रमको सहजीकरण प्रशिक्षक श्रीनिवास ठन्दासले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.