भुटनदेवी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा तिलक पराजुली सर्वसम्मत चयन

हेटौंडा। हेटौंडास्थित श्री भुटनदेवी माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन भएको छ। विद्यालयमा आयोजित अभिभावक भेला तथा विशेष समारोहका बीच तिलकपराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। लामो इतिहास र शैक्षिक गरिमा बोकेको यस विद्यालयको नेतृत्व हस्तान्तरण प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

​नवगठित समितिको सदस्यहरूमा हरि श्रेष्ठ, रिना वाइवा, निर्मला पौडेल सापकोटा र सुवाष सिन्तान लामा चयन हुनुभएको छ। विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नवीन सिग्देलको उपस्थितिमा नयाँ नेतृत्वको घोषणा गरिएको थियो। नवचयनित टोलीलाई उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

​नवनिर्वाचित अध्यक्ष तिलकपराजुली तथा सदस्यहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधारको सुदृढीकरण र अभिभावक-शिक्षकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ। स्थानीय पाठ्यक्रममा सान्दर्भिक विषयवस्तु समावेश गर्ने र विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि आवश्यक ठोस कदम चाल्दै भुटनदेवी माविलाई हेटौंडाकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा अगाडि बढाउने संकल्प नयाँ नेतृत्वले लिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.