२०८३ भाद्र २४, बुधबार १६:४६
२०८३ भाद्र २४, बुधबार १६:४६
मकवानपुर प्रहरीले सार्वजनिक गरेको वार्षिक तथ्याङ्क अनुसार जिल्लामा लागुऔषध नियन्त्रण र अदालतको फैसला कार्यान्वयनमा उल्लेख्य प्रगति हासिल भएको छ। विगतमा मुख्य चुनौती मानिने चोरी, अभद्र व्यवहार र भौतिक अपराधहरू नियन्त्रणमा आउँदै गर्दा अनलाइन ठगी र प्रविधिजन्य ‘साइबर अपराध’ भने प्रहरीका लागि नयाँ र जटिल चुनौतीका रूपमा देखा परेको छ। तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चोरी र बैंकिङ कसुरजस्ता परम्परागत अपराधमा कमी आए पनि सामाजिक सञ्जाल र प्रविधिमार्फत हुने ठगी दोब्बरभन्दा बढीले वृद्धि भएको छ। आर्थिक वर्षको सुरुवाती चरणमा ५० वटा दर्ता भएको फेसबूक तथा टिकटक ह्याक र फेक आईडीसम्बन्धी उजुरी वर्षको अन्त्य सम्म बढेर कुल १२६ पुगेको छ भने…