हेटौंडामा नेपाल निर्माण उद्योग परिषद् (मकवानपुर) द्वारा बधाई, सम्मान तथा दसैँ, तिहार र छठको शुभकामना आदानप्रदान

हेटौंडा । नेपाल निर्माण उद्योग परिषद् (मकवानपुर) को आयोजनामा निर्माण व्यवसायी संघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सम्मानका साथै महान् पर्व विजया दशमी, शुभ दीपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। परिषद्का अध्यक्ष नरेन्द्र भण्डारीको अध्यक्षतामा आयोजित उक्त समारोहमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

निर्माण व्यवसायी संघ मकवानपुरको २६ औं साधारण सभा तथा १२ औं अधिवेशनबाट कार्यसमितिमा नयाँ निर्वाचित भई आएका नेतृत्वलाई सम्मान र बधाई ज्ञापन गरिएको थियो। सम्मानित हुनेहरूमा संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष राजेन्द्र चौलागाईं, कोषाध्यक्ष प्रकाश लामा, कार्यसमिति सदस्य रोशन ठकुरी, सदस्य ऐसन पौडेल रहनुभएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।

​सोही अवसरमा नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा एक-आपसमा शुभकामना साटासाट गरिएको थियो। कार्यक्रमका वक्ताहरूले चाडपर्वले व्यवसायीहरूबीच एकता र भ्रातृत्वको भावना अभिवृद्धि गर्ने बताउँदै नवनिर्वाचित कार्यसमितिले निर्माण व्यवसायीहरूको हकहित संरक्षण र मकवानपुरको भौतिक पूर्वाधार विकासमा रचनात्मक एवं प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

​उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देल, नेकपा एमाले प्रदेश सचिवालय सदस्य रघुनाथ खुलाल, भिमफेदी गाउँपालिकाका अध्यक्ष एवं एमाले मकवानपुर कार्यवाहक अध्यक्ष हिदम लामा लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। समारोहमा निर्माण क्षेत्रका व्यवसायीहरूका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.