बागमती प्रदेश

बागमती प्रदेश प्रहरी कार्यालयद्वारा मातहतका १५ कार्यालय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता सम्पन्न

बागमती प्रदेश प्रहरी कार्यालयद्वारा मातहतका १५ कार्यालय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता सम्पन्न

हेटौंडा। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आयोजित एक विशेष कार्यक्रमका बीच आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको छ। नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्की र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीबीच मिति २०८३।०६।०५ मा सम्पन्न कार्यसम्पादन करारको आधारमा यो सम्झौता गरिएको हो। बागमती प्रदेश प्रहरी प्रमुख दिपक रेग्मीको उपस्थितिमा प्रदेश मातहतका १५ वटा प्रहरी कार्यालयका प्रमुखहरूसँग भौतिक उपस्थितिमै कार्यसम्पादन सम्झौता सम्पन्न भएको हो। ​कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ताले गत आर्थिक वर्ष २०८२/०८३ मा हासिल गरिएका उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नुभएको थियो। समीक्षा अनुसार शान्ति सुरक्षा तथा प्रहरी कार्यतर्फ एलआरपी (LRP) मा १५ प्रतिशतले…
Read More
मकवानपुर कांग्रेसको दुवै प्रतिनिधिसभा क्षेत्रको नतिजा सार्वजनिक: क्षेत्र नं. १ मा सुशान्त र क्षेत्र नं. २ मा रञ्जन विजयी

मकवानपुर कांग्रेसको दुवै प्रतिनिधिसभा क्षेत्रको नतिजा सार्वजनिक: क्षेत्र नं. १ मा सुशान्त र क्षेत्र नं. २ मा रञ्जन विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरका दुवै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। कडा प्रतिस्पर्धाका बिच सम्पन्न मतगणनाअनुसार क्षेत्र नम्बर १ मा सुशान्तकुमार श्रेष्ठ र क्षेत्र नम्बर २ मा रञ्जन कालाखेती क्षेत्रीय सभापति पदमा निर्वाचित हुनुभएको छ। ​मकवानपुर क्षेत्र नम्बर १ को सभापति पदमा सुशान्तकुमार श्रेष्ठ ४७५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। कुल ९९२ मत खसेको यस क्षेत्रमा उहाँका निकटतम प्रतिस्पर्धी उत्सव इटानीले ४४९ मत प्राप्त गर्नुभयो भने अर्का आकांक्षी शिवप्रसाद खतिवडा (राजु) ले ४३ मत ल्याउनुभयो। सो क्षेत्रमा २४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। ​त्यसैगरी, मकवानपुर क्षेत्र नम्बर २ को सभापति पदमा रञ्जन कालाखेती…
Read More
एमाले मकवानपुर जिल्ला र हेटाैँडा उपमहानगरपालिका कमिटीले गर्याे लेखा परिक्षण लेखा व्यवस्थित र पारदर्शी छ: केन्द्रीय लेखा आयाेग

एमाले मकवानपुर जिल्ला र हेटाैँडा उपमहानगरपालिका कमिटीले गर्याे लेखा परिक्षण लेखा व्यवस्थित र पारदर्शी छ: केन्द्रीय लेखा आयाेग

हेटाैँडा/नेकपा एमाले, मकवानपुर जिल्ला कमिटी र हेटाैँडा उपमहानगरपालिकाकाे अन्तिम लेखा परिक्षण गरिएकाे छ । अन्तिम लेखा परिक्षण गर्नु अघि जिल्ला र नगरका लेखा कमिटीले आन्तरिक लेखापरिक्षण गरेकाे थियाे ।  केन्द्रीय लेखा आयाेगका सदस्यहरू शान्ति पाख्रिन, नवीन सिग्देल र डिल्लीध्वज बराईलीले अन्तिम लेखा परिक्षण गर्नु भएकाे हाे । लेखा परिक्षण प्रतिवेदन केन्द्रीय लेखा आयाेगले मकवानपुर जिल्ला कमिटीकाे कावा जिल्ला अध्यक्ष हिदम लामा र हेटाैँडा नगरकाे लेखा परिक्षण प्रतिवेदन उपाध्यक्ष राजकुमार बाँस्ताेलालाई हस्तान्तरण गरिएकाे हाे । लेखा परिक्षण प्रतिवेदन हस्तान्तरण गर्दै केन्द्रीय लेखा आयाेगका सदस्य शान्ति पाख्रिनले पार्टी केन्द्रीय लेखा आयाेगले प्रदेश, जिल्ला र पालिका सम्मकाे लेखा परिक्षण गर्ने व्यवस्था रहेकाे बताउनु…
Read More
रजैया–मनहरी–लोथर सडक मर्मत गर्न नेकपा (एमाले) को सात दिने अल्टीमेटम, आन्दोलनको चेतावनी

रजैया–मनहरी–लोथर सडक मर्मत गर्न नेकपा (एमाले) को सात दिने अल्टीमेटम, आन्दोलनको चेतावनी

पूर्व–पश्चिम राजमार्गअन्तर्गत परेको रजैया–मनहरी–लोथर सडकखण्डमा दिनप्रतिदिन खाल्डाखुल्डी बढ्दै जाँदा दुर्घटनाको जोखिम उच्च बनेको भन्दै नेकपा (एमाले) मनहरी गाउँपालिका कमिटीले डिभिजन सडक कार्यालय, हेटौंडाको ध्यानाकर्षण गराएको छ। लामो समयदेखि सडकको स्तरोन्नति र मर्मत-सम्भार नहुँदा सर्वसाधारण तथा सवारी चालकहरूले सास्ती व्यहोर्नुपरेको र दैनिकजसो साना-ठूला दुर्घटनाहरू भइरहेको विषयलाई गम्भीरताका साथ उठाउँदै एमालेले तत्काल मर्मत कार्य अघि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो। ​ज्ञापनपत्रमार्फत नेकपा (एमाले) मनहरी पालिका कमिटीले डिभिजन सडक कार्यालयलाई ७ दिनभित्र उक्त सडकखण्डका खाल्डाखुल्डी पुर्ने र मर्मतको काम सुरु गर्न स्पष्ट समयसीमा (अल्टीमेटम) दिएको छ। तोकिएको अवधिभित्र मर्मतको काम सुरु नभएमा जनताको जीउधनको रक्षाका लागि कडा आन्दोलनका कार्यक्रमहरू अघि बढाउन बाध्य…
Read More
“मुटुलाई धड्किन देऊ”: हेटौँडामा २०५ जनाको निःशुल्क मुटु परीक्षण, ७० जनाको इको र १५० जनाको इसीजी

“मुटुलाई धड्किन देऊ”: हेटौँडामा २०५ जनाको निःशुल्क मुटु परीक्षण, ७० जनाको इको र १५० जनाको इसीजी

हेटौँडा। "मुटुलाई धड्किन देऊ" (Don't Miss a Beat) भन्ने मूल नाराका साथ विश्व मुटु दिवसको अवसरमा हेटौँडामा आयोजित एकदिने निःशुल्क मुटु परीक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठान, मकवानपुर शाखाको आयोजनामा हेटौँडास्थित श्री भुवनेश्वर पशुपति मन्दिरको सभाहलमा सञ्चालित शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। ​शिविरमा कुल २०५ जना नागरिकले आफ्नो मुटुको स्वास्थ्य परीक्षण गराएका छन्। जसमध्ये जटिल समस्याको पहिचानका लागि ७० जनाको इको (ECHO) र १५० जनाको इसीजी (ECG) परीक्षण गरिएको छ। मुटु सम्बन्धी रोगको समयमै पहिचान गरी रोकथाम गर्ने उद्देश्यका साथ यस वर्षको नारालाई आत्मसाथ गर्दै सर्वसाधारणलाई आफ्नै घरआँगनमा विशेषज्ञ सेवा प्रदान गरिएको हो।…
Read More
मकवानपुर कांग्रेसमा प्रादेशिक नेतृत्व तय: ३ क्षेत्रमा चुनाव, १ मा सर्वसम्मति

मकवानपुर कांग्रेसमा प्रादेशिक नेतृत्व तय: ३ क्षेत्रमा चुनाव, १ मा सर्वसम्मति

हेटौँडा — नेपाली कांग्रेसको १५औँ आवधिक महाधिवेशनको सिलसिलामा मकवानपुरका चारवटै प्रादेशिक निर्वाचन क्षेत्रले नयाँ साङ्गठनिक कमान्डर पाएका छन्। मंगलबार सम्पन्न सांगठनिक भेला तथा मतदान प्रक्रियामार्फत तीनवटा भूगोलमा प्रतिस्पर्धाबाट र एउटामा सहमति जुटाएर प्रदेशसभा कार्यसमिति गठन गरिएको हो। ​प्राप्त नतिजाअनुसार मकवानपुर-१ (क) मा शंकरकुमार पराजुलीले भूमिनन्द गौतमलाई १२० मतान्तरले पछि पार्दै ३७९ मतका साथ विजयी हासिल गर्नुभयो। गौतमको पक्षमा २५९ मत खसेको थियो। यस क्षेत्रको बाँकी पदाधिकारी टोलीमा भने उपसभापति राजेन्द्रराज बानियाँ, सचिव विश्वराज न्यौपाने, सहसचिव बलराम दुलाल र मनमाया लोसहित सदस्यहरू बिनाप्रतिस्पर्धा चयन भएका छन्। यस्तै, मकवानपुर-१ (ख) मा रामहरि तिमल्सिना २१० मतसहित सभापतिमा चुनिनुभयो। उहाँका निकटतम प्रतिस्पर्धी प्रदीप कँडेलले…
Read More
प्रदेश सरकारका कामलाई नतिजामुखी बनाउन वागमतीका मुख्यमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन करार, ढिलासुस्ती नगर्न कडा निर्देशन

प्रदेश सरकारका कामलाई नतिजामुखी बनाउन वागमतीका मुख्यमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन करार, ढिलासुस्ती नगर्न कडा निर्देशन

हेटौँडा। वागमती प्रदेश सरकारको कार्यशैलीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यका साथ मुख्यमन्त्री किरण थापाले आफ्ना मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच मुख्यमन्त्री थापाले सरकारका ६ जना विभागीय र एक जना विनाविभागीय गरी कुल ७ जना मन्त्रीहरूसँग उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। ​कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, भौतिक पूर्वाधार मन्त्री भरत केसी, खानेपानी तथा ऊर्जा सिँचाइ मन्त्री राजु विष्ट, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री राजेन्द्र प्रजापति र कृषि, पशुपन्छी तथा वन मन्त्री रामा आलेमगरले मुख्यमन्त्रीसमक्ष कार्यसम्पादन…
Read More
हेटौँडामा महिला हिंसा र साइबर अपराधविरुद्ध दुई दिने विशेष प्रशिक्षण कार्यक्रम हुने

हेटौँडामा महिला हिंसा र साइबर अपराधविरुद्ध दुई दिने विशेष प्रशिक्षण कार्यक्रम हुने

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा समाजमा बढ्दै गएको महिला हिंसा तथा साइबर अपराध न्यूनीकरण गर्ने उद्देश्यका साथ विशेष प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ। पछिल्लो समय प्रविधिको दुरुपयोगसँगै बढ्दो महिला हिंसा, साइबर अपराध तथा त्यसले पुर्‍याउने शारीरिक र मानसिक असरलाई सम्बोधन गर्न यो जनचेतनामूलक तथा उत्प्रेरणात्मक कार्यक्रम गर्न लागिएको हो। ​कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समेट्ने गरी व्यापक सहभागिता गराइने भएको छ। हेटौँडा-४ का वडा अध्यक्ष नवीन सिग्देलका अनुसार विभिन्न संघ-संस्था, क्याम्पस तथा विद्यालयका शिक्षक, टोल विकास संस्थाका पदाधिकारी, अभिभावक, विद्यार्थी, युवा तथा महिलाहरूलाई लक्षित गरी प्रशिक्षण दिइनेछ। सहभागीहरूलाई शारीरिक र मानसिक रूपमा सुरक्षित भई साइबर अपराध…
Read More
हेटौंडास्थित भुटनदेवी माविमा अभिभावक भेला: व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन हुँदै, विद्यार्थीलाई छात्रवृत्ति वितरण

हेटौंडास्थित भुटनदेवी माविमा अभिभावक भेला: व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन हुँदै, विद्यार्थीलाई छात्रवृत्ति वितरण

हेटौंडा। हेटौंडास्थित श्री भुटनदेवी माध्यमिक विद्यालयको अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयनको प्रक्रिया अगाडि बढ्नुका साथै जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्तिसमेत वितरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त भेलामा शिक्षा क्षेत्रका प्रतिनिधि, पत्रकार तथा स्थानीय निकायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। ​कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले भुटनदेवी स्कुल केवल पुरानो मात्र नभई ठूलो इतिहास बोकेको संस्था भएको बताउनुभयो। देशको समग्र व्यवस्था परिवर्तनमा यस विद्यालयका शिक्षकहरूको अतुलनीय योगदान रहेको स्मरण गराउँदै उहाँले भन्नुभयो, "हामी आज जुन व्यवस्थामा छौँ, त्यसमा यहाँका शिक्षकहरूको ठूलो योगदान…
Read More
मकवानपुरमा शारीरिक अपाङ्गता पहिचान तथा घुम्ती स्वास्थ्य शिविर सञ्चालनमा, भोलि चितवनमा हुने

मकवानपुरमा शारीरिक अपाङ्गता पहिचान तथा घुम्ती स्वास्थ्य शिविर सञ्चालनमा, भोलि चितवनमा हुने

हेटौँडा, मकवानपुर । विकलाङ्ग मित्र समूह / अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (HRDC) बनेपा, काभ्रेपलाञ्चोक र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा मकवानपुरमा शारीरिक अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनःस्थापना घुम्ती शिविर सञ्चालन भइरहेको छ। यसअघि तीन जिल्लामा सफलतापूर्वक सम्पन्न भइसकेको यो अभियानअन्तर्गत चौथो जिल्लाका रूपमा आज बिहान ९ बजेदेखि मकवानपुरको हेटौँडा अस्पताल परिसरमा शिविर सुरु भई हाल निरन्तर चलिरहेको छ। ​१८ वर्षसम्मका बालबालिकाहरूलाई लक्षित गरी आयोजना गरिएको यस घुम्ती शिविरमा शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको स्वास्थ्य परीक्षण तथा उपचार परामर्श प्रदान गरिँदै छ। शिविरमा जन्मजात खुट्टाको पैतला भित्र फर्केको (क्लब फुट), आगोले पोलेर अङ्गहरू टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.