२०८३ आश्विन ९, शुक्रबार २१:०३
२०८३ आश्विन ९, शुक्रबार २१:०३
वर्षौँदेखि बर्खा लाग्नासाथ हेटौँडा उपमहानगरपालिका–४ का बासिन्दाले भोग्दै आएको डुबान र हिलो-धुलोको सास्ती अब एकादेशको कथा बन्ने मोडमा पुगेको छ। ठूला र महत्वाकाङ्क्षी आश्वासनभन्दा पनि नागरिकका दैनिक समस्या सुल्झाउने तर्फ वडा नेतृत्व केन्द्रित बनेपछि हेटौँडा–४ को मुहार फेरिन थालेको हो। सडक स्तरीकरण, ढलको उचित निकास र कालोपत्रे ओभरल्यापिङ्ग जस्ता पूर्वाधारका जगमा टेकेर वडालाई पूर्ण रूपमा डुबानमुक्त बनाउने अभियानले अहिले तीव्रता पाएको छ। बर्खायाममा पानी जमेर जलमग्न हुने हुप्रचौरस्थित पानी ट्याङ्कीबाट पशुपति मन्दिर जोड्ने मुख्य सडक सुधारको कामले गति लिएपछि स्थानीयमा नयाँ उत्साह छाएको छ। हेटौँडा उपमहानगरपालिका र सडक बोर्डको संयुक्त बजेट साझेदारीमा टेन्डर प्रक्रिया सकिएर निर्माण सुरु भएसँगै वडाको सबैभन्दा…