युवाहरूमा मोबाइलको लत बढ्दा समाज र परिवारबाट टाढिए”: वडा अध्यक्ष फुर्वा दोर्जे लामा

हेटौँडा, मकवानपुर – हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा युवाहरूलाई लक्षित गर्दै “साइबर क्राइम तथा लागुऔषध दुव्र्यसनीसम्बन्धी जनचेतनामूलक कार्यक्रम” सुरु भएको छ। नवयुवा दृष्टि हेटौँडा-४, मकवानपुरको आयोजना तथा हेटौँडा उपमहानगरपालिका १० नं. वडा कार्यालयको सहयोगमा यो सचेतनामूलक अभियान अघि बढाइएको हो।

​नवयुवा दृष्टिका अध्यक्ष गोकर्ण तिवारीको सभाध्यक्षतामा भएको यस कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा मामाघर नेपालका अध्यक्ष एवं प्राध्यापक डा. अर्पण पराजुली, भुटनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सोम लामा तथा न्युरेनी टोल विकास संस्थाका अध्यक्ष फुलमाया गुरुङको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको सहजीकरण मामाघर नेपालका अध्यक्ष एवं प्राध्यापक डा. अर्पण पराजुली र अस्मिता नेपालकी कार्यक्रम संयोजक शान्ति कार्कीले संयुक्त रूपमा गर्नुभएको थियो।

​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं वडा अध्यक्ष फुर्वा दोर्जे लामाले आजको युगमा युवाहरूले धेरै समय मोबाइलमा बिताउने गरेका कारण समाज र परिवारबाट टाढिँदै गएको चिन्ता व्यक्त गर्नुभयो। युवा शक्तिलाई व्यवस्थित ढङ्गले प्रशिक्षित गर्दै जिम्मेवारी प्रदान गरेर उनीहरूमा नेतृत्व विकास गर्नुपर्ने आजको मुख्य आवश्यकता रहेको उहाँले औँल्याउनुभयो। शिक्षा केवल व्यक्तिगत कमाइका लागि मात्र नभई घर, समाजलाई रूपान्तरण गरी असल बनाउनुपर्नेमा जोड दिँदै उनले राजनीतिप्रति वितृष्णा नभई युवाहरूमा राजनीतिक चेतना अनिवार्य हुनुपर्ने धारणा राख्नुभयो।

​कार्यक्रममा सहभागी वक्ता तथा प्रशिक्षकहरूले वर्तमान समयमा युवापुस्तामा देखिएका विकृति, विसङ्गति, साइबर अपराधका जोखिम र लागुऔषध दुव्र्यसनीले समाजमा पार्ने नकारात्मक असरबारे गहिरो छलफल गरेका थिए। युवाहरूलाई सही मार्गमा डोर्‍याउन र सचेत गराउन यस्ता जनचेतनामूलक कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

​आजबाट औपचारिक रूपमा सुरु भएको यस सचेतनामूलक अभियान हेटौँडा १० का विभिन्न चारवटा स्थानहरूमा सञ्चालन हुनेछ। सोही तालिकाअनुसार भोलि दिउँसो १२ बजे हेटौँडा-१० स्थित टोनी हेगन पार्कमा अर्को कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.