२०८३ मंसिर ३, बिहीबार १९:३८
२०८३ मंसिर ३, बिहीबार १९:३८
हेटौँडा । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै किशोरकिशोरीमाथि निम्तिन सक्ने अनलाइन जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जेसीआई हेटौँडाले साइबर सुरक्षा सम्बन्धी सचेतनामूलक अभिमुखीकरण सम्पन्न गरेको छ । बिहीवार हेटौँडा उपमहानगरपालिका–११, नवलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत ९० जना विद्यार्थीहरूलाई इन्टरनेटको सुरक्षित र जिम्मेवार प्रयोगबारे जानकारी गराइएको हो । जारी ‘जेसीज सप्ताह २०२६’ अन्तर्गतको तेस्रो कार्यक्रमका रूपमा उक्त अभिमुखीकरण सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका श्याम श्रेष्ठ, आईटी इन्जिनियर तथा क्यान महासंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष श्रीराज खतिवडा र क्यान महासंघ मकवानपुरका पूर्व अध्यक्ष एवं जेसीआई हेटौँडा वर्ष २०२६ का अध्यक्ष सल्लाहकार…