हेटौँडा–८ खेलकुद महोत्सव सम्पन्न: कालिका टोल बन्यो वडाध्यक्ष कप फुटबलको च्याम्पियन, अन्य विधाका विजेता पनि घोषित

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा सञ्चालित सप्ताहव्यापी खेलकुद कार्यक्रमअन्तर्गत चौथो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि कालिका टोल विकास संस्थाले जितेको छ। रोमाञ्चक फाइनल खेलमा मनकामना ‘ख’ टोल विकास संस्थालाई ३-० गोल अन्तरले पराजित गर्दै कालिकाले उपाधिमाथि कब्जा जमाएको हो। ​सप्ताहव्यापी विविध खेलकुद प्रतियोगिताअन्तर्गत सञ्चालित तेस्रो कमाने रन (खुल्ला दौड) को पुरुषतर्फ ५ किलोमिटरको दुरी १९.१८ मिनेटमा पूरा गर्दै बादल घलान प्रथम हुनुभएको छ। त्यसैगरी १९.३३ मिनेटमा दौड पूरा गरी जोएल गुरुङ दोस्रो र २०.२० मिनेटमा दुरी पार गर्दै सुरज तामाङ तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो।

​त्यस्तै कमाने रनअन्तर्गत महिलातर्फको ३ किलोमिटर दुरी ७.४२ मिनेटमा पूरा गर्दै सिर्जना स्याङ्तान प्रथम हुनुभएको छ। प्रतिस्पर्धामा ७.५० मिनेटमा दौड पूरा गरेकी अनिषा थोकर दोस्रो र ८.१८ मिनेटमा दुरी पार गर्दै रियाना थिङ तेस्रो हुनुभएको छ। ​महिलाहरू लक्षित गरी आयोजना गरिएको स्लो स्कुटी रेस प्रतियोगितामा अमृता गुरुङ प्रथम स्थान हासिल गर्नुभएको छ। सोही प्रतियोगितामा सिर्जना भट्टराई दोस्रो र सोबिता अधिकारी तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो।

​यसैगरी निकै शक्ति र उत्साहका साथ खेलिएको डोरी तान्ने खेलमा किरणचोक फारलाइन टोल विकास संस्था प्रथम भएको छ। फाइनल भिडन्तमा मनकामना ‘ख’ टोललाई पराजित गर्दै फारलाइनले डोरी तान्ने खेलको उपाधि आफ्नो नाममा पारेको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.