विपद् व्यवस्थापनमा जनस्तरको उत्कृष्ट उदाहरण: हेटौँडाका ३७७ टोलमध्ये कालिकामाई टोल विकास संस्थाद्वारा सर्वाधिक १ लाख १८ हजार बढी राहत संकलन

हेटौँडा । प्राकृतिक विपद्‌बाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि स्थानीय तहका टोल विकास संस्थाहरूको योगदान अतुलनीय देखिएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र क्रियाशील रहेका कुल ३७७ वटा टोल विकास संस्थाहरूमध्ये हेटौँडा-८ स्थित कालिकामाई टोल विकास संस्थाले सबैभन्दा बढी राहत रकम सङ्कलन गरी उदाहरणीय कार्य गरेको छ।

​टोलबासी तथा सदस्यहरूबाट स्वस्फूर्त रूपमा जुटाइएको रु. १,१८,१२५/- (एक लाख अठार हजार एक सय पच्चीस रुपैयाँ) रकम नेपाल बैंक लिमिटेडमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को आधिकारिक खातामा जम्मा गरिएको छ। ‘दैवी प्रकोप उद्धारका लागि सहयोग’ उद्देश्यका साथ टोलका सर्वसाधारण नागरिकहरूले ऐक्यबद्धता जनाउँदै यो सहयोग रकम संकलन गरेका हुन्।

​विपद्को घडीमा जनस्तरबाटै देखाइएको यो उच्च सामाजिक उत्तरदायित्व र आत्मीयताको वडा समन्वय समितिले विशेष प्रशंसा गरेको छ। नगरभरिका ३८५ वटा टोलहरूमध्ये सर्वाधिक रकम सङ्कलन गरी बाढीपीडित नागरिकहरूको मलम बन्न पुगेको भन्दै वडा समन्वय समितिका अध्यक्ष कुमार केसीले कालिकामाई टोल विकास संस्थाका सम्पूर्ण पदाधिकारी, सदस्य तथा स्थानीय बासिन्दाहरूलाई धन्यवाद ज्ञापन गर्दै उहाँहरूको योगदानको उच्च मूल्यांकन गर्नुभएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.