भोटेकोसीको विनाशकारी बाढीका पीडितप्रति पशुपति हेल्थ क्लब हेटौंडाद्वारा दीप प्रज्वलन गरी श्रद्धाञ्जली

हेटौंडा। रसुवा, धादिङ, नुवाकोट र चितवन क्षेत्रमा हिमपहिरोका कारण भोटेकोसीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति हेटौंडामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। भदौ १० गते गएको उक्त भीषण विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै पशुपति हेल्थ क्लब, हेटौंडा-९ ले सामूहिक रूपमा मैनबत्ती बालेर ऐक्यबद्धता प्रकट गरेको हो।

​प्राकृतिक प्रकोपको यो कठिन घडीमा ज्यान गुमाउनेका परिवारजनप्रति समवेदना व्यक्त गर्दै पशुपति हेल्थ क्लबका पदाधिकारी तथा स्थानीयबासीहरूले शोक सन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्। साथै बाढी तथा विपत्तिमा परी घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको समेत सामूहिक कामना गरिएको छ।

​कार्यक्रममा बोल्दै पशुपति हेल्थ क्लबका कार्यवाहक अध्यक्ष प्रेम प्रसाद बोलखेले माथिल्लो क्षेत्रमा गएको हिमपहिरोले तल्लो तटीय क्षेत्रमा अकल्पनीय क्षति पुर्‍याएको भन्दै यस्तो विपत्तिको समयमा देशभरका नागरिक एक भएर पीडितको मलम बन्नुपर्ने बताउनुभयो। उहाँले उद्धार, राहत र पुनस्थापनाका कार्यलाई थप दु्रत र प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँग आग्रह समेत गर्नुभयो।

​विपत्तिले देशभर नै स्तब्ध र शोकमग्न वातावरण सिर्जना गरेको उल्लेख गर्दै उपस्थित सहभागीहरूले हेटौंडाबाट ऐक्यबद्धता जनाएका हुन्। मैनबत्ती प्रज्वलन कार्यक्रममा पशुपति हेल्थ क्लबका पदाधिकारी, सदस्यहरू तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.