२०८३ असार २२, सोमबार ०८:५२
२०८३ असार २२, सोमबार ०८:५२
हेटौँडा, २२ असार । किताबी ज्ञानमा सीमित परम्परागत विद्यालय शिक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै हेटौँडालाई डिजिटल हबका रूपमा विकास गर्ने नयाँ रणनीति सुरु भएको छ। बाग्मती प्रदेशको राजधानी हेटौँडा-४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा स्थापना हुन लागेको 'आईटी पार्क (पब्लिक नलेज सेन्टर)' ले विद्यालय तहका विद्यार्थीलाई मात्र नभई आम नागरिकलाई समेत सूचना प्रविधिको मूलधारमा जोड्ने भएको छ। यो परियोजना केवल एउटा पूर्वाधार निर्माण मात्र नभएर, स्थानीयस्तरमै प्रविधिको खोज, अनुसन्धान र डिजिटल सीप विकास गरी भविष्यका लागि प्राविधिक जनशक्ति उत्पादन गर्ने एउटा दीर्घकालीन शैक्षिक क्रान्ति बन्ने देखिन्छ। स्थानीय सरकार र प्रादेशिक मन्त्रालयको यो संयुक्त प्रयासले हेटौँडामै बसेर प्रविधि क्षेत्रमा करियर बनाउन चाहने…