२०८३ जेष्ठ २४, आईतवार २२:१५
२०८३ जेष्ठ २४, आईतवार २२:१५
मकवानपुर। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरीमा मेयर कप फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा वडा नं. १३ को समन्वयमा असार ५ गतेदेखि १२ गतेसम्म पदमपोखरीस्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगिताको आयोजना पदमपोखरी युथ क्लब ले गरेको हो भने नगर खेलकुद विकास समिति, ANFA मकवानपुर र हेटौंडा–१३ खेलकुद विकास समिति ले सहकार्य गरेका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा वडा नं. १३ का अध्यक्ष पेम्बा लामाले प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहने जानकारी दिए। उनका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न तथा फुटबल खेलको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। प्रतियोगिताको विजेता टोलीले २ लाख रुपैयाँ…