नव दृष्टि

नव दृष्टि

360 Posts
नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेश कमिटीको विस्तारित बैठक हेटौंडामा सम्पन्न

नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेश कमिटीको विस्तारित बैठक हेटौंडामा सम्पन्न

हेटौंडा। नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेश कमिटीको विस्तारित बैठक नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कार्यालय हेटौंडामा  सम्पन्न भएको छ। संगठनको सुदृढीकरण तथा आगामी कार्यदिशा तय गर्ने उद्देश्यका साथ आयोजित उक्त बैठकमा बागमती प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधि तथा नेताहरूको सहभागिता रहेको थियो। बैठकमा मुस्लिम समुदायको हक, हित र अधिकारका साथै सांगठनिक सुदृढीकरणका विषयमा गहन छलफल भएको थियो। ​कार्यक्रम नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेश कमिटीका अध्यक्ष मोहम्मद समिम खानको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकको सञ्चालन मोहम्मद साहिलले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका उपमहासचिव जवुल मियाँले संगठनलाई जुझारु र गतिशील बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा…
Read More
हेटौँडा-७ मा निःशुल्क बृहत् योग विज्ञान शिविर हुने, मुख्यमन्त्रीले समुद्घाटन गर्ने

हेटौँडा-७ मा निःशुल्क बृहत् योग विज्ञान शिविर हुने, मुख्यमन्त्रीले समुद्घाटन गर्ने

हेटौँडा। स्वास्थ्य, शान्ति र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ हेटौँडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयको फुटबल चौरमा आगामी कार्तिक १३ गतेदेखि १७ गतेसम्म निःशुल्क बृहत् योग विज्ञान शिविर सञ्चालन हुने भएको छ। 'घरघरमा योग, जनजनमा योग, सबै निरोग सदा मेरो आरोग्य नागरिक' भन्ने मूल नाराका साथ आयोजना हुन लागेको शिविरबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा योग अभियान्ताहरू रामकृष्ण थापा, राजन थापालगायतको उपस्थिति रहेको थियो। ​हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ कार्यालयको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको यस शिविरमा पतञ्जली योगपीठ नेपालका अध्यक्ष लवदेव मिश्रले मुख्य प्रशिक्षकका रूपमा योग अभ्यास गराउनुहुनेछ। शिविरमा करिब १५ सय जना योगप्रेमी तथा…
Read More
​‘वडा अध्यक्ष कप’ राष्ट्रिय स्नुकर च्याम्पियनसिप उद्घाटन: खेलकुदको विकासका लागि विशेष बजेट विनियोजन गर्ने उपमेयर बानियाँको प्रतिबद्धता

​‘वडा अध्यक्ष कप’ राष्ट्रिय स्नुकर च्याम्पियनसिप उद्घाटन: खेलकुदको विकासका लागि विशेष बजेट विनियोजन गर्ने उपमेयर बानियाँको प्रतिबद्धता

हेटौँडा, कात्तिक ११ गते। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ वडा कार्यालयको आयोजनामा सञ्चालित ‘वडा अध्यक्ष कप-२०८३ राष्ट्रिय स्नुकर च्याम्पियनसिप (टप-१६)’ मंगलबारदेखि सुरु भएको छ। हेटौँडाको लियम स्नुकर हाउसमा आयोजित एक विशेष उद्घाटन समारोहका बीच प्रतियोगिताको शुभारम्भ गरिएको हो। हेटौँडा-१५ खेलकुद विकास समितिका अध्यक्ष एवम् कार्यक्रमका संयोजक प्रितम रानाको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। ​कार्यक्रममा स्वागत मन्तव्य राख्दै हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानले प्रतियोगितामा प्रतिस्पर्धा गर्न देशैभरिबाट उपस्थित भएका सम्पूर्ण खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै खेललाई स्वस्थ र सौहार्दपूर्ण बनाउन आग्रह गर्नुभयो। स्नुकर खेलको पृष्ठभूमि र विकासक्रमबारे चर्चा गर्दै वडा अध्यक्ष…
Read More
बागमती प्रदेश: मुख्यमन्त्री थापा र मन्त्री रमा आलेबिच कार्यसम्पादन सम्झौता

बागमती प्रदेश: मुख्यमन्त्री थापा र मन्त्री रमा आलेबिच कार्यसम्पादन सम्झौता

हेटौँडा। बागमती प्रदेश सरकारको कामकारबाहीलाई थप परिणाममुखी र चुस्त बनाउने उद्देश्यका साथ मुख्यमन्त्री किरण थापा मगरले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने क्रमलाई निरन्तरता दिएका छन्। यसै अभियानअन्तर्गत मुख्यमन्त्री थापाले कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरसँग औपचारिक रूपमा कार्यसम्पादन सम्झौता सम्पन्न गरेका छन्। प्रदेशका अन्य मन्त्रीहरूसँग यसअघि नै सम्झौता भइसकेको भए पनि मन्त्री आले मगरको स्वास्थ्यमा आएको समस्याका कारण यो प्रक्रिया केही समय पछि धकेलिएको थियो। ​स्वास्थ्य प्रतिकूलताका कारण अन्य मन्त्रीहरूसँगै शपथ लिन नसकेकी मन्त्री आले मगरले गत असोज २ गते मात्रै आफ्नो पद तथा गोपनीयताको शपथ लिएर मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन्। जिम्मेवारी सम्हालेसँगै प्रदेश सरकारको घोषित लक्ष्य अनुसार मुख्यमन्त्री…
Read More
​‘वडा अध्यक्ष कप’ राष्ट्रिय स्नुकर च्याम्पियनसिपको टाइसिट सार्वजनिक, प्रतियोगिता भोलीदेखि सुरु हुने

​‘वडा अध्यक्ष कप’ राष्ट्रिय स्नुकर च्याम्पियनसिपको टाइसिट सार्वजनिक, प्रतियोगिता भोलीदेखि सुरु हुने

हेटौँडा, कात्तिक १० गते। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ वडा कार्यालयको आयोजनामा सञ्चालन हुने ‘वडा अध्यक्ष कप-२०८३ राष्ट्रिय स्नुकर च्याम्पियनसिप (टप-१६)’ को टाइसिट सार्वजनिक गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। हेटौँडाको लियम स्नुकर हाउस (Liam Snooker House) मा आयोजना हुने यस राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगितामा देशैभरिबाट चयन भएका १६ जना उत्कृष्ट खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानको समुपस्थितिमा टाइसिट तान्ने र खेल तालिका टुंगो लगाउने कार्य सम्पन्न गरिएको हो। ​टाइसिट सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी गोकर्ण तिवारी, हेटौँडा-१५ का खेलकुद विकास समिति अध्यक्ष गोबिन्द नेगि, तथा समाजसेवी एवं हेटौँडा-१५ निवासी शेखर पोखरेललगायत विशिष्ट महानुभावहरूको आतिथ्यता रहेको थियो। कार्यक्रमको…
Read More
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा भवानीको पूजाआराधना, जात्रा सञ्चालनका लागि १ लाख सहयोग हस्तान्तरण

राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा भवानीको पूजाआराधना, जात्रा सञ्चालनका लागि १ लाख सहयोग हस्तान्तरण

भक्तपुर, कात्तिक ८ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाका अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र श्री नवदुर्गा भवानीको दर्शन एवम् पूजाआराधना गर्नुभएको छ। कला, संस्कृति र मौलिक परम्पराले समृद्ध भक्तपुरको पवित्र भूमिमा नवदुर्गा भवानीको मन्दिर पुग्नुभएका राष्ट्रपति पौडेललाई स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा भक्तजनहरूले न्यानो स्वागत तथा अभिनन्दन गरेका थिए। ​उक्त विशेष धार्मिक कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाको समेत सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा मुख्यमन्त्री थापाले कला र सम्पदाको धनी भक्तपुरमा सम्माननीय राष्ट्रपतिलाई स्वागत तथा अभिनन्दन गर्न पाउँदा आफूलाई अत्यन्तै हर्षित तुल्याएको बताउनुभयो। ​यसै अवसरमा नवदुर्गा भवानीको ऐतिहासिक जात्राको निरन्तरता तथा सहज सञ्चालनमा…
Read More
जुगलको समग्र विकासमा मन्त्री पौडेलको प्रतिबद्धता: शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार प्राथमिकतामा

जुगलको समग्र विकासमा मन्त्री पौडेलको प्रतिबद्धता: शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार प्राथमिकतामा

सिन्धुपाल्चोक: बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय सरल सहयात्री पौडेलले निर्वाचनका क्रममा जनतासमक्ष गरेका प्रतिबद्धताहरू पूरा गर्न आफू निरन्तर लागिपर्ने बताउनुभएको छ। जुगल क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै स्थानीय जनअपेक्षाअनुसारका कामहरूलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको हो। ​जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो, पर्यटन अभियन्ता मिलन तामाङ तथा गुम्बा गाउँस्थित ल्हालुङ्पाल होमस्टेका सञ्चालक सदस्यहरूसँग भएको विशेष भेटघाट तथा छलफलका क्रममा मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो। छलफलका क्रममा जुगल गाउँपालिकाको समग्र पूर्वाधार विकास, स्थानीय नागरिकको दैनिक जीवनसँग जोडिएका आधारभूत आवश्यकता तथा विभिन्न विकास निर्माणका योजनाहरूबारे गहन विचार-विमर्श भएको थियो। ​भेटघाटका…
Read More
मौलिक कला-संस्कृतिको संरक्षणमा बागमती प्रदेश प्रतिबद्ध: मुख्यमन्त्री किरण थापा मगर

मौलिक कला-संस्कृतिको संरक्षणमा बागमती प्रदेश प्रतिबद्ध: मुख्यमन्त्री किरण थापा मगर

काठमाडौँ, कात्तिक २ — बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले देशको धर्म, कला, संस्कार, संस्कृति र मौलिक परम्पराको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि प्रदेश सरकारले उचित नीति तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हाम्रा अमूल्य सांस्कृतिक निधिहरू नै राष्ट्रको वास्तविक पहिचान र चिनारी भएकाले यसको जीवन्तता जोगाउनु आजको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ छ। ​नेपालीहरूको महान् चाड विजयादशमी तथा नेपाल संवत्‌को मोहनी नखःको पावन अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले सो धारणा राख्नुभएको हो। लायन्स क्लब अफ नखेलको पहलमा नखेल सांस्कृतिक परिवारद्वारा ‘नखेल सांस्कृतिक बाजा नाच २०८३’ नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। ​कार्यक्रमका प्रमुख…
Read More
हेटौँडाको धार्मिक आस्थाको केन्द्र भुटनदेवीमा सांस्कृतिक र रौनकपूर्ण रूपमा भित्र्याइयो फूलपाती

हेटौँडाको धार्मिक आस्थाको केन्द्र भुटनदेवीमा सांस्कृतिक र रौनकपूर्ण रूपमा भित्र्याइयो फूलपाती

हेटौँडा । बडादसैँको विशेष पर्व नवरात्रअन्तर्गत महासप्तमीका दिन मकवानपुरको प्रमुख धार्मिक तथा सांस्कृतिक केन्द्र मानिने ऐतिहासिक भुटनदेवी मन्दिरमा भव्यताका साथ फूलपाती भित्र्याइएको छ। सनातन धार्मिक परम्परा अनुसार नौ प्रकारका शुभ वनस्पती (नवपत्रिका) लाई देवीका विभिन्‍न स्वरूपका रूपमा पूजा-आराधना गर्दै मन्दिर प्राङ्गणमा भित्र्याइएपछि मकवानपुरवासीमा दशैँको रौनक झनै चुलिएको छ। ​हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती रोडमा रहेको गोरक्षेश्वर मन्दिरबाट सुरु भएको धार्मिक शोभायात्रा सांस्कृतिक बाजागाजा र भक्तिमय वातावरणका साथ भुटनदेवी मन्दिर प्राङ्गण पुगेको थियो। फूलको सजाइएको डोली र वैदिक मन्त्रोच्चारणसहित निकालिएको पदयात्राले नगर परिक्रमा गर्दा स्थानीय भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो। गोरक्षेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उत्तम शर्मा ढकालको नेतृत्वमा सम्पन्न यस शोभायात्राले…
Read More
हेटौँडा–८ खेलकुद महोत्सव सम्पन्न: कालिका टोल बन्यो वडाध्यक्ष कप फुटबलको च्याम्पियन, अन्य विधाका विजेता पनि घोषित

हेटौँडा–८ खेलकुद महोत्सव सम्पन्न: कालिका टोल बन्यो वडाध्यक्ष कप फुटबलको च्याम्पियन, अन्य विधाका विजेता पनि घोषित

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा सञ्चालित सप्ताहव्यापी खेलकुद कार्यक्रमअन्तर्गत चौथो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि कालिका टोल विकास संस्थाले जितेको छ। रोमाञ्चक फाइनल खेलमा मनकामना 'ख' टोल विकास संस्थालाई ३-० गोल अन्तरले पराजित गर्दै कालिकाले उपाधिमाथि कब्जा जमाएको हो। ​सप्ताहव्यापी विविध खेलकुद प्रतियोगिताअन्तर्गत सञ्चालित तेस्रो कमाने रन (खुल्ला दौड) को पुरुषतर्फ ५ किलोमिटरको दुरी १९.१८ मिनेटमा पूरा गर्दै बादल घलान प्रथम हुनुभएको छ। त्यसैगरी १९.३३ मिनेटमा दौड पूरा गरी जोएल गुरुङ दोस्रो र २०.२० मिनेटमा दुरी पार गर्दै सुरज तामाङ तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो। ​त्यस्तै कमाने रनअन्तर्गत महिलातर्फको ३ किलोमिटर दुरी ७.४२ मिनेटमा पूरा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.