नव दृष्टि

नव दृष्टि

360 Posts
काठमाडौँमा कुलमान घिसिङसँग भेटवार्ता: पार्टी प्रवेशको हल्ला निराधार भएको मेयर र वडा अध्यक्षको दाबी

काठमाडौँमा कुलमान घिसिङसँग भेटवार्ता: पार्टी प्रवेशको हल्ला निराधार भएको मेयर र वडा अध्यक्षको दाबी

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, वडा नम्बर १४ का वडा अध्यक्ष दीपक खड्का र वडा नम्बर १३ का वडा अध्यक्ष पेम्बा लामाले काठमाडौँ पुगेर उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग भेटघाट गर्नुभएको तस्बिर सार्वजनिक भएपछि हेटौँडाको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। वडा अध्यक्ष दीपक खड्काको फेसबुक पेजमार्फत "इमानदारिता, कर्म र राष्ट्रसेवाको अर्को नाम – कुलमान घिसिङ" भन्ने क्याप्सनसहित सार्वजनिक गरिएको उक्त तस्बिरपछि स्थानीय निर्वाचन नजिकिँदै गर्दा जनप्रतिनिधिहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गर्न लागेको भन्दै बजारमा व्यापक चर्चा र टिकाटिप्पणी सुरु भएको छ। ​बजारमा फैलिएको पार्टी प्रवेशको हल्लाबारे ‘नवदृष्टि’ का संवाददाताले जिज्ञासा राख्दा हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले सो…
Read More
जिसस मकवानपुरको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न: व्यक्ति विशेषका योजना प्रदेश सरकारले समावेश गर्दैन, टुक्रे बजेटको अन्त्य गरिन्छ—मुख्यमन्त्री किरण थापा

जिसस मकवानपुरको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न: व्यक्ति विशेषका योजना प्रदेश सरकारले समावेश गर्दैन, टुक्रे बजेटको अन्त्य गरिन्छ—मुख्यमन्त्री किरण थापा

हेटौँडा, १७ कात्तिक। जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ। नेपालको संविधानको धारा २२० र स्थानीय सरकार सञ्चालन ऐनको प्रावधानअनुसार नियमित चौमासिक समीक्षाका रूपमा आयोजित उक्त कार्यक्रममा मकवानपुरका १० वटै स्थानीय तहहरूले पावरपोइन्ट प्रिजेन्टेसनमार्फत आफ्ना गतिविधि, प्रगति विवरण तथा विकास निर्माणका अभ्यासहरू प्रस्तुत गरेका छन्। ​समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अब प्रदेश सरकारले व्यक्ति विशेषको पहुँच र आग्रहका आधारमा योजना समावेश नगर्ने स्पष्ट पार्नुभयो। पहुँचका आधारमा योजना छनोट गर्दा अत्यधिक टुक्रे बजेट बढेको र लगानीको प्रतिफल नदेखिएको उल्लेख गर्दै उहाँले स्थानीय तहबाट सिफारिस भई…
Read More
मुक्तिनाथ भगवान्‌को दिव्य रथयात्रा कात्तिक १९ गते हेटौँडा आइपुग्ने, भव्य स्वागत र नगर परिक्रमाको तयारी तीव्र

मुक्तिनाथ भगवान्‌को दिव्य रथयात्रा कात्तिक १९ गते हेटौँडा आइपुग्ने, भव्य स्वागत र नगर परिक्रमाको तयारी तीव्र

हेटौँडा । श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीका पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथबाबा)को संकल्पमा सञ्चालित मेची–महाकाली मुक्तिनाथ भगवान्‌को दिव्य रथयात्रा आगामी कात्तिक १९ गते हेटौँडा आइपुग्ने भएको छ। रथयात्रालाई मकवानपुरको प्रवेशद्वार चुरियामाईमा भव्य स्वागत गरी हेटौँडा भित्र्याउने तयारी थालिएको छ। हेटौँडामा रथयात्राको स्वागत तथा शहर परिक्रमालाई व्यवस्थित र भव्य बनाउन दुई वटा समिति गठन गरी तयारीका कामहरू तीव्र पारिएको छ। ​गत ३ वर्षदेखि निरन्तर रथयात्रालाई हेटौँडामा स्वागत गरिँदै आएकोमा यसवर्ष अझ विशेष र फराकिलो ढङ्गले आयोजना गर्न लागिएको समितिका अध्यक्ष उत्तम शर्मा ढकालले जानकारी दिए। उनका अनुसार चुरियामाईबाट मोटरसाइकल र्‍यालीसहित रथयात्रालाई स्वागत गर्दै गोरक्षेश्वर धामसम्म ल्याइनेछ। त्यसपछि हेटौँडाको रानीदरबार अगाडिबाट सुरु…
Read More
सहकारी, विपद् व्यवस्थापन र नागरिक भेटघाटमा केन्द्रित मन्त्री पौडेलको चितवन भ्रमण

सहकारी, विपद् व्यवस्थापन र नागरिक भेटघाटमा केन्द्रित मन्त्री पौडेलको चितवन भ्रमण

चितवन, कार्तिक १६ — बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल चितवनका विभिन्न महत्वपूर्ण कार्यक्रमहरूमा सहभागी हुनुभएको छ। नेपाल शिक्षक संगठन भरतपुर महानगर समितिको तेस्रो अधिवेशनमा सहभागी हुने मुख्य उद्देश्यका साथ चितवन पुग्नुभएका मन्त्री पौडेलले भ्रमणका क्रममा विकास निर्माण, आर्थिक गतिविधि, विपद् जोखिम र राजनीतिक-सामाजिक विषयहरूसँग सम्बन्धित विविध क्षेत्रको वस्तुस्थिति बुझ्नुभएको छ। ​भ्रमणका क्रममा मन्त्री पौडेलले स्थानीय आर्थिक गतिविधि र सहकारी क्षेत्रको सम्भावनालाई नजिकबाट अवलोकन गर्नुभएको छ। उहाँले दुग्ध सहकारीद्वारा भरतपुरमा सञ्चालित मार्टको प्रत्यक्ष निरीक्षण गर्दै सहकारीमार्फत भइरहेका व्यावसायिक प्रयास र आगामी आर्थिक सम्भावनाहरूबारे जानकारी लिनुभयो। त्यसैगरी, उद्योग वाणिज्य संघ चितवनद्वारा आयोजित स्वागत कार्यक्रममा सहभागी भई…
Read More
बागमती प्रदेशका मुख्यमन्त्री थापा मगरद्वारा नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमन

बागमती प्रदेशका मुख्यमन्त्री थापा मगरद्वारा नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर, कात्तिक १५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिनुभएको छ। मध्यपुर थिमि नगरपालिकास्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमनका क्रममा मुख्यमन्त्री थापा मगरले स्वास्थ्य सेवा प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको बताउनुभएको हो। ​अनुगमनका अवसरमा मुख्यमन्त्रीले अस्पतालमा उपचाररत बिरामीहरूसँग भेटघाट गरी उनीहरूले प्राप्त गरिरहेको सेवाप्रवाहको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो। साथै, उहाँले अस्पतालको समग्र भौतिक तथा चिकित्सकीय अवस्था, सेवा प्रवाहमा गर्नुपर्ने सुधार र स्वास्थ्य सेवाको आगामी विस्तारबारे गहन चासो व्यक्त गर्नुभएको थियो। ​सोही क्रममा मुख्यमन्त्री थापा मगरले नागरिकलाई सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकार…
Read More
खेल पर्यटनले देशको अर्थतन्त्र बढाउँछ, स्नुकर अनुशासित र धैर्यताको खेल हो’: मन्त्री गिर बहादुर तामाङ; हेटौँडाका सोम लामा बने ‘वडा अध्यक्ष कप’ राष्ट्रिय स्नुकर च्याम्पियन

खेल पर्यटनले देशको अर्थतन्त्र बढाउँछ, स्नुकर अनुशासित र धैर्यताको खेल हो’: मन्त्री गिर बहादुर तामाङ; हेटौँडाका सोम लामा बने ‘वडा अध्यक्ष कप’ राष्ट्रिय स्नुकर च्याम्पियन

हेटौँडा, कात्तिक ११ गते। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयको आयोजनामा सञ्चालित ‘वडा अध्यक्ष कप-२०८३ राष्ट्रिय स्नुकर च्याम्पियनसिप (टप-१६)’ को समापन समारोहमा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङले खेलकुदलाई पर्यटन र देशको आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। हेटौँडाको लियम स्नुकर हाउसमा सम्पन्न समापन कार्यक्रम हेटौँडा-१५ खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगिको सभाध्यक्षतामा भएको थियो। कार्यक्रममा मन्त्री तामाङ प्रमुख अतिथिका रूपमा र हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तान विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। ​समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री तामाङले खेलकुदको बदलिँदो आयामबारे महत्त्वपूर्ण विचार व्यक्त गर्नुभयो। "कुनै समय खेल दाजुभाइबीच भाइचारा र सामाजिक सद्भावका…
Read More
हेटौँडा–७ मा पाँच दिवसीय निःशुल्क बृहत् योग शिविर सुरु, वर्षाका कारण स्थान परिवर्तन

हेटौँडा–७ मा पाँच दिवसीय निःशुल्क बृहत् योग शिविर सुरु, वर्षाका कारण स्थान परिवर्तन

हेटौँडा, १३ कात्तिक । हेटौँडा उपमहानगरपालिका–७ मा आज (शुक्रबार) देखि पाँच दिवसीय निःशुल्क बृहत् योग शिविर औपचारिक रूपमा सुरु भएको छ । पतञ्जली योग समिति हेटौँडा–७ को आयोजना तथा ७ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको शिविरको उद्घाटन जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले पानसमा दीप प्रज्ज्वलन गरी गर्नुभयो । ‘घर–घरमा योग, जन–जनमा योग, सदा योग, सदा निरोग’ भन्ने मूल ध्येयका साथ सुरु भएको यो शिविर कात्तिक १७ गतेसम्म हरेक दिन बिहान पौने ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछ । ​मौसममा आएको प्रतिकूलताका कारण शिविरको स्थानमा केही हेरफेर गरिएको छ । साविक निर्धारण गरिएको नवज्योति माध्यमिक विद्यालयको फुटबल…
Read More
युवाहरूमा मोबाइलको लत बढ्दा समाज र परिवारबाट टाढिए”: वडा अध्यक्ष फुर्वा दोर्जे लामा

युवाहरूमा मोबाइलको लत बढ्दा समाज र परिवारबाट टाढिए”: वडा अध्यक्ष फुर्वा दोर्जे लामा

हेटौँडा, मकवानपुर – हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा युवाहरूलाई लक्षित गर्दै "साइबर क्राइम तथा लागुऔषध दुव्र्यसनीसम्बन्धी जनचेतनामूलक कार्यक्रम" सुरु भएको छ। नवयुवा दृष्टि हेटौँडा-४, मकवानपुरको आयोजना तथा हेटौँडा उपमहानगरपालिका १० नं. वडा कार्यालयको सहयोगमा यो सचेतनामूलक अभियान अघि बढाइएको हो। ​नवयुवा दृष्टिका अध्यक्ष गोकर्ण तिवारीको सभाध्यक्षतामा भएको यस कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा मामाघर नेपालका अध्यक्ष एवं प्राध्यापक डा. अर्पण पराजुली, भुटनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सोम लामा तथा न्युरेनी टोल विकास संस्थाका अध्यक्ष फुलमाया गुरुङको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको सहजीकरण मामाघर नेपालका अध्यक्ष एवं…
Read More
अमेरिकामा रहेका सञ्चारकर्मी सुदीप शिवाकोटीद्वारा नेपाल पत्रकार महासंघ मकवानपुरलाई १ लाख सहयोग

अमेरिकामा रहेका सञ्चारकर्मी सुदीप शिवाकोटीद्वारा नेपाल पत्रकार महासंघ मकवानपुरलाई १ लाख सहयोग

​हेटौँडा–२ निवासी तथा कान्तिपुर मिडिया ग्रुपका संयुक्त राज्य अमेरिकास्थित संवाददाता सुदीप शिवाकोटीले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई नगद १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। महासंघका पूर्व कोषाध्यक्ष समेत रहेका शिवाकोटी र उनका सहकर्मीहरूले वैदेशिक रोजगारीका क्रममा अमेरिकामा रहेर पनि आफ्नो मातृभूमि र गृहजिल्लाको सञ्चार क्षेत्रप्रतिको दायित्व बोध गर्दै उक्त सहयोग रकम उपलब्ध गराएका हुन्। ​हेटौँडामा आयोजित एक विशेष कार्यक्रमका बिच शिवाकोटी तथा उनका सहकर्मीहरूको तर्फबाट हस्तान्तरण गरिएको यो रकम महासंघको ‘महिला पत्रकार, प्रजनन स्वास्थ्य तथा सुरक्षित स्वास्थ्य प्रवर्द्धन कोष’ मा जम्मा हुनेछ। यस आर्थिक सहयोगले मोफसलमा कार्यरत महिला पत्रकारहरूको स्वास्थ्य सुरक्षा, आपतकालीन सहयोग तथा क्षमता अभिवृद्धि सम्बन्धी गतिविधिहरू…
Read More
वार्षिक कार्यसम्पादन सम्झौता सम्पन्न: जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न प्रहरी उपरीक्षक खत्रीको निर्देशन

वार्षिक कार्यसम्पादन सम्झौता सम्पन्न: जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न प्रहरी उपरीक्षक खत्रीको निर्देशन

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालय प्रमुखहरूबीच आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ। कार्तिक ११ गते आयोजित विशेष कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री र मातहतका जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय सानोपोखरा तथा विभिन्न इलाका प्रहरी कार्यालयका प्रमुखहरूबीच कार्यसम्पादन सम्झौतामा औपचारिक हस्ताक्षर भएको हो। ​कार्यक्रम पश्चात् मातहतका कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले सम्झौतामा तोकिएका लक्ष्यहरू तोकिएकै समयमा हासिल गर्न कडा निर्देशन दिनुभयो। उहाँले जिल्लामा शान्ति सुरक्षा कायम राख्न, चुस्त अपराध अनुसन्धान गर्न, विपद् व्यवस्थापनमा अग्रसर हुन र प्रहरी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.